आहा संबाददाता
रुकुम १, चैत ः रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको आयोजनामा भएकोे ऐतिहाँसिक सानीभेरी– मौराखारा गुरिल्ला म्याराथुन २०७४ को उपाधि सानीभेरी ३ का अर्जुन बस्नेतले प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा मुसिकोट नगरपालिका ६ का दुर्गराज बुढा र तेस्रो स्थानमा नौबनी गाउँपालिका प्युठानका दामोदर बुढा रहेका छन् ।
विहान ७ः ५० बजे सानीभेरी गाउँकार्यपालिकाको प्रांगणबाट सुरु भई सानीभेरी नदि पार गरी पर्यटकिय स्थल मौराखारा हुदै टुरा, चाख्लीमेला, सानीभेरी र ठुलिभेरी नदिको संगम स्थल रिम्ना दोभान, जाजरकोटको रिम्ना, रुकुम ,पश्चिमको चाइनाबगरबाट मध्यपहाडी लोकमार्ग हुदै पुनः विहान ११ः०५ मा सिम्लीमा रहको गाउँकार्यपालिका कार्यलयमा पुगी समापन भएको हो । प्रतिसप्रधी पहिलो दोस्रो र तेस्रोका आइपुग्ने समय २÷२ मिनेटको फरक रहेको थियो । म्याराथनको दुरी २३ किलोमिटर रहेकोमा प्रथम स्थान हाँसिल गर्ने ३ घण्टा १५ मिनेट, दोस्रो ३ घण्टा १७ मिनेट र तेस्रो ३ घण्टा १९ मिनेटमा आईपुगेका थिए । सानीभेरी गाउँपालिकाको पर्यटन विकासको लागि आयोजना गरिएको गुरिल्ला म्याराथनले सानीभेरी गाउँपालिकाको विभिन्न पर्यटकिय क्षेत्रहरु समेटिएको छ ।
सानीभेरी गाउँपालिकाको पूर्वदेखि पश्चिम भाग सम्म बग्ने सानीभेरी नदि तथा तत्कालिन जनययुद्धमा जनमुक्ति सेनाले तालिम गरेको स्थान मौराखारा आफैमा ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । समुद्री सतहबाट ३ हजार मिटरको उचाईमा रहेको मौराखाराबाट विभिन्न जिल्लाहरुको अवलोकन गर्न सकिने र विशाल फाँट भएको रमणिय स्थल हो । सानीभेरी गाउँपालिकाले मौराखारा क्षेत्रलाई पर्यटकिय स्थल निर्माण गर्न प्याराग्लाइडिङ, भ्यू टावर तथा सिम्लीबाट मौराखारा केबलकारको विस्तार गर्ने आफ्नो गुरुयोजनामा समाबेश गरेको छ । म्याराथनमा १७ जना प्रतियोगिले भाग लिएका थिए ।
विभिन्न रुटहरु गरायलाको पेदी, तिमिले, कमैदे, नाग्ना, चेत्रे ओढार, मौराखारा टप मुलथला, टुरा, चाख्लीमेरा, गौरा, रिम्ना, चाइनाबागर, गिठाकोट क्षेत्रहरुमा स्वयं सेवक तथा प्राथमिक उपचारको टोली खटाइएको थियो । उक्त म्याराथमा प्रथम हुनेलाई नगद रु ५० हजार, कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई नगद रु ४० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्र रहेको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto