आहा सञ्चार संबाददाता
रुकुम १७, फागुन : कृषि विकास बैक लिमिटेड रुकुमले बिभिन्न शिर्षकमा बैंकबाट कर्जा लिएर पनि लामो समय सम्म नबुझाउने कर्जाग्राहिहरुको धितो लिलाम गरेर पनि रकम असुल गर्ने तयारी गरेको छ । बैंकले भाका नघाएका कर्जाग्राहिहरुलाई कार्यालयमा आएर कर्जा बुझाउन २१ दिने सूचना प्रकाशन गर्दा समेत कर्जाग्राहिहरु सम्पर्कमा नआएपछि पुनः १५ दिने अन्तिम सूचना प्रकाशन गरेको छ ।

कर्जाग्राहिहरु र मञ्जुरीनामा दिनेहरुको फोटो सहितको अन्तिम सूचना बैंकले स्थानीय आहा सञ्चार साप्ताहिकमा मंगलबार प्रकाशन गरेको छ । उपशाखा कार्यालय रुकुमका प्रबन्धक प्रकाश श्रेष्ठले १५ दिनको समय दिएर कर्जा बुझाउन आग्रह सहितको यो अन्तिम सूचना भएको बताए । ‘यो कर्जा बुझाउने अन्तिम सूचना हो, यदि यो समयमा पनि कर्जा नबुझाएमा हामी धितो लिलामको प्रकृयामा गएर धितो लिलामको सूचनाका प्रकाशन गर्छौ’ उनले भने, ‘कृषि विकास बैंक बाट बिभिन्न शिर्षकमा कर्जा लिने तर जति पटक सूचना निकालेपनि नबुझाएनी केहि हुदैन भन्नेहरुका लागि हामी यसपटक कानुन अनुसार लिलामै गरेर रकम असुल गछौं ।’ बैंकका अनुसार ब्यवसाय तथा घरायसी कामकाजको लागि भन्दै ४ लाखदेखि ५४ लाख सम्म कर्जा लिईएको थियो । सूचनामा प्रकाशित अनुसार भाका नाघेका ७ जना कर्जाग्राहिहरुको १ करोड १६ लाख बढी रकम छ ।

election adv.

‘कृषि विकास बैंकले यसअघि प्रदान गरेको स्वरोजगार कोषको रकम जस्तो असुल गर्न यो समस्या छैन’ प्रबन्धक श्रेष्ठले भने, ‘स्वरोजगारको कर्जा त बिनाधितो थियो र मात्र केहि समस्या हो तर यसमा त धितो छ हामी कानुन अनुसार धितो लिलाम गरेर पनि यसपटक जसरी नि कर्जा असुल गछौं ।’ खराब कर्जा बढेपछि हाललाई नयाँ कर्जा दिन पनि बैंकले रोकेको छ । यसअघिका सबै भाका नाघेका कर्जा असुल गरेर मात्र नयाँ कर्जा दिने तयारी बैंकले गरेको छ । बैंकबाट कर्जा लिने तर नतिरेपनि बैंकले पछि मिनाह गर्छ भन्ने संस्कारलाई अन्त्य गर्न कानुन अनुसार लिलामी प्रकृयामा गएको बैंकको भनाई छ । यो अन्तिम पटकको सूचनालाई ध्यान दिदै कर्जा बुझाएर घरजग्गा वा अन्य धितो लिलामी हुनबाट बचाउन पनि बैंकले सम्बन्धीत सबैमा अनुरोध गरेको छ । हेर्नुहोस यस्तो छ पत्रिकामा प्रकाशित सूचना

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto