१७ औ नरविर स्मृति दिवश मनाईयो

Byआहा सञ्चार

२०७४ फाल्गुन १२, शनिबार १७:२०

आहा संचार संबाददाता
रुकुम १२ फागुन । रुकुममा १७ औ नरविर विक स्मृति दिवश मनाईएको छ । अनेरास्ववीयु रुकुम पश्चिमले एक कार्यक्रम गरी एमाले पार्टी कार्यालय बागबजारमा १७ औ स्मृति दिवश मनाएको हो । तत्कालिन अनेरास्ववीय रुकुमका उपाध्यक्ष नरविर विकलाई २०५७ सालमा नेपाली सेनाले अपहरण गरी बोहरागाउँ ब्यारेकमा मारेको थियो ।

election adv.

मुसिकोट खलंगा रातामाटा निबासी नरविर विक घरबाट मुसिकोटतर्फ आउँदैगर्दा बाटोमै अपहरण गरी ब्यारेकमा लिएर निर्ममतापूर्वक मारिएको थियो । उक्त स्मृति दिवशमा बोल्दै नेकपा एमाले रुकुमका अध्यक्ष विमल पुनले नागरिकहरुलाई बचाउनुको सट्टा मार्ने जुनसुकै आन्दोलन र शक्तिहरु कायर भएर गलत बाटो अपनाएकोले यस्तो स्थिति आएको बताए । उक्त स्मृति दिवशमा एमाले रुकुमका उपसचिव माधव गौतम, मुक्ति समाजका अध्यक्ष मोतिराम विक, युवासंघ नेपाल रुकुमका अध्यक्ष कुमार हमाल, ज्ञानेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता अनेरास्ववीय सचिवालय सदस्य गोपाल पौडेलले गरेका थिए भने कार्यक्रमको सञ्चालन मार्शल ओलीले गरेका हुन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto