आहा सञ्चार संबाददाता
नेपाल पत्रकार महासंघ पत्रकारहरुको छाता संगठन हो । पत्रकारिता गर्नलाई पत्रकार महासंघको सदस्यता आवश्यक छैन तर पत्रकारीता र पत्रकारको पेशागत सुरक्षाको लागि पत्रकार महासंघमा आवद्ध हुने गरिन्छ । पत्रकार महासंघले प्रत्येक बर्ष नयाँ सदस्यता फारम खालेर नयाँ पत्रकारहरुलाई सदस्यता दिने गरेको छ ।
जसमा स्वतन्त्र पत्रकारीता गर्ने भन्दा पनि पत्रकारहरुको पनि राजनीतिक दलसंग सम्बन्धीत संगठन प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर जस्ता संगठनहरुबाट नयाँ सदस्यताको लिष्ट जाने गरेको छ । त्यसका साथै पत्रकार महासंघको सदस्यता आफुअनकुलको बितरण गरेर जिल्ला, प्रदेश र केन्द्रिय महासंघको समितिमा चुनाब लड्न प्रयोग गर्ने गरिएको छ । रुकुम जस्तो सानो मिडिया बजार भएको जिल्लामा पनि हाल १ सय ७ जना पत्रकार महासंघका साधारण सदस्यहरु रहेका छन । यो संख्या अझै ठुलो भएपनि केहि बर्ष अघि दुई दर्जन बढीलाई गैरपत्रकार भएको भन्दै हटाइएको भएपनि पछिल्लो बर्षमा त्यस्तो काम गरिएको छैन ।

जसले गर्दा पत्रकार भएको बेला सदस्यता लिएका तर हाल पत्रकारीता छोडेर बिभिन्न पेशा व्यवसायमा लागेका ब्यक्तिहरु पनि पत्रकार महासघको सदस्य भईरहेका छन । जिल्लामा संचालनमा रहेका धेरै मिडिया हाउसहरु दक्ष पत्रकारको अभाबमा जेनतेन चलिरहेको भएपनि पत्रकार महासंघको सदस्यता बिवरण भने धेरै संख्याको छ ।

election adv.

हाल पत्रकार महासंघको सदस्यता रहेका करिब २ दर्जन बढी ब्यक्तिहरु पनि केहि सक्रिय राजनीति त केहि सरकारी जागीरे र केहि पत्रकारीता क्षेत्र छोडेर बर्षाैदेखि अन्य पेशा व्यवसाय गरिएको अवस्था छ । जसले गर्दा गैरपत्रकार बनेकाहरुको सदस्यता नबिकरण नगर्नुपर्ने आवाज महासंघभित्रै उठ्ने गरेको भएपनि गैरपत्रकार भएपनि उनीहरुलाई हटाउदा आफ्नो संगठनबाट प्रतिनिधित्व गर्ने सदस्यहरु घटेर चुनाबमा समस्या हुने भन्दै हटाउनमा निकै समस्या भएको बताइएको छ । तर यसबर्ष लामो समयदेखि पत्रकारीता नगरेका, सरकारी जागिरे भएका, सक्रिय राजनीति गरीरहेका र अन्य पेशा व्यवसायमा संलग्न पत्रकार महासंघका सदस्यहरुलाई छानबिन गरी हटाउने तयारी गरिएको पत्रकार महासंघ रुकुमले बताएको छ । 

 

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto