Post ads Jai Khairawang

आहा संबाददाता
रुकुम ८, माघ : सोमबार सल्यानमा भएको बस दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम माछिकि पुष्पा केसी खड्का र सल्यान बागचौरकी छन्चली विक रहेका छन । मृतक अन्य एकको सनाखत हुन सकेको छैन । दुर्घटनामा दुई दर्जन बढी घाईते भएका छन ।

ritu ads

रुकुमबाट दाङको तुलसीपुरतर्फ जादै गरेको ना ५ ख ५३१ नम्बरको बस सोमबार दिउँसो सल्यान लुहामको बैघारे खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेमध्य केहिलाई नेपालजंज लगिएको छ भने केहिलाई स्थानीय मेडिकलमा उपचार भैरहेको छ । घटनाबारे थप जानकारी आउन बाँकी छ । प्रहरीले शुरुमा ४ जना भनेर जानकारी गराएपनि पछि ३ जना नै मृत्यु भएको पुष्ट भएपछि समाचार सम्पादन गरिएको :सम्पादक

फेसबुक प्रतिक्रियाहरु