Home आहा बिचार नयाँ राजनीतिक ध्रुविकरणको आवश्यकता र संकेत

नयाँ राजनीतिक ध्रुविकरणको आवश्यकता र संकेत

482
0

अमर ओली
”आँखा चिम्लेर विश्वास गर्न छोड्नुहोस र कुनै पनि कुरा स्वीकार्नुभन्दा अघि प्रश्न सोध्नुहोस्” बर्तोल्त ब्रेख्त जर्मन कवि एवंम नाटककारले भनेझै अव हामीले आम नागरिकलाई आँखा चिम्लेर विश्वास गर्ने होईन निरन्तर रुपमा प्रश्न गर्नसक्ने जागरण पैदा गर्न आवश्यक छ किनकि वर्तमान समयमा हामी नेपालीहरुले जुन प्रकारको समस्याको शिकार इतिहासदेखि हालसम्म भोग्यौ यसको प्रमुख कारण हो आँखा चिम्लेर कसैले भनेको र अभिव्यक्त गरेको आधारमा मतादेश दिनु !
त्यसैले वर्तमान समयमा नेपालमा ३ प्रमुख मुद्धाहरु निकै चर्चा परिचर्चाको साथै नेपाल र नेपाली जनताका लागि निकै दुर्गामी महत्व बोकेका र सर्वाधिक चाँसो र राष्ट्रिय चिन्ताका विषयहरु छन् पहिलो विषय हो छिमेकी मूलुक भारतले नेपालको कालापानी, लिपुलेख र लिपियाँधुरी आफनो नक्शामा राखी नक्शा प्रकाशित गरेको विषय यसमा सरकारले कुटनीतिक ढङ्गले शिघ्र पहल गरी पुर्खाहरुले आर्जेको आफ्नो भूमि फिर्ता गराउँनुपर्छ नत्र झन्डै तिन वर्ष पहिले टुडिखेलमा गुञ्जिएको प्रचार मुखी “राष्ट्रवाद”बच्चाहरूले गाई कि त्रिशलु भनरे पैशा उफार्ने केटाकेटीहरूको खेलजस्तो मात्र हुन्छ । अर्को दोस्रो महत्वपुर्ण विषय छ तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल पार्टी बिच भएको नयाँ राजनीतिक धु्रविकरण र यसको संभावित संकेत,यसले अवको केहि वर्षमा नेपालमा एउटा निश्चित कम्युनिष्ट, काङगे्रस धुव्र बाहेक तेस्रो समाजवादी धु्रव निमार्ण हुँने स्पष्ट संकेत पनि गर्दछ । तेश्रो महत्वपुर्ण विषय हो संविधानको सर्वस्वीकार्यता यि र यस्ता महत्वपुर्ण विषयहरुको आम नागरिकहरुलाई निकै आशा,अपेक्षा,चाँसो ,चिन्ता ,जिज्ञासा र उत्सुकता समेत पैदा भएको छ । अव पछिल्लो राजनीतिक धु्रवीकरणको महत्वपुर्ण कदमको शुरुवात वैकल्पिक शक्ति निर्माणको अभिष्ट बोकेर तत्कालिन नयाँ शक्ति पार्टी,नेपाल र संघिय समाजवादी फोरम नेपाल बिच २०७६ बैशाख २३ मा भएको पार्टी एकता र केहि समयपछि हुँने भनिएको समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल बिच हुँने पार्टी एकताले नेपालमा अवश्यपनि ठुलो राजनीतिक धु्रविकरण बन्ने प्राय निश्चित छ । यसले वास्तविक रुपमा पुर्व विभिन्न कम्युनिष्ट पार्टीमा र सो घटकहरुमा रहेर ठुलो योगदान पु¥याएका महत्वपुर्ण क्रान्तिकारी नेताहरु र नेपाली काङग्रेस लगाएतका प्रजातान्त्रीक शक्तिमा रहेका क्रान्तिकारी नेताहरु विचको एकता हुँनेछ । सारमा यो नेपालको राजनीतिक इतिहासमा वास्तविक प्रजातान्त्रिक क्रान्तिकारीहरु र बामपन्थी क्रान्तिकारीहरु बिचको एकता हुँनेछ । यसबाट जन्मने तेस्रो राजनीतिक ध्र्र्रुव शक्तिको हिसावले तेस्रो नभई देशको पहिलो राजनीतिक शक्ति हुँनसक्ने स्पष्ट संकेत समेत गर्दछ भन्ने आकलन र चर्चा समेत हुँन थालेको यो सन्र्दभमा समुन्नत संघिय समाजवाद निर्माण गरिछाड्ने अठोट बोकेर स्थापना भएको समाजवादी पार्टी,नेपाल नै अवको नयाँ राजनीतिक धु्रविकरणको प्रमुख केन्द्र बन्ने प्राय निश्चित छ । समाजवादी पार्टीको तुलनामा अब नेपाली काङग्रेस र कम्युनिष्ट पार्टीमा त्यति ठुलो राजनीतिक धुव्रीकरणको संभावना न्युन नै देखिन्छ ।
यो एकता पश्चात राष्ट्रिय राजनीतिमा हुँने संविधान संशोधनको मुद्धालाई अझ जोडदार रुपमा उठाउँने र ति मागहरको जगमा ठुलो जनसंघर्ष हुँने र त्यसले संविधान संशोधन ठुलो जनमत सृजना गर्ने आकलन समेत गर्न थालिएको छ । संविधानमा मुख्य गरी शासकिय स्वरुपमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था, पहिचानका पाँच आधार जस्तै जातिय समुदायगत, भाषिक, साँस्कृतिक, भौगोलिक क्षेत्रगत निरन्तरता र ऐतिहासीक अनि सामथ्र्यका चार आधार जस्तै आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य,पुर्वाधार विकासको अवस्था,प्राकृतिक स्रोतको उपलब्धता र संभावना, प्रशासनिक सुगमता आदीको आधारमा पहिचानमा आधारित दश र एक विशेष प्रदेश गरी १०+१ प्रदेशको निर्माण गरी संघियताको प्रबद्धन,समावेशी समानुपातिक र सहभागीतामूलक लोकतन्त्रको स्थापना गर्न ठुलो फाईदा पुग्दछ । यो एकता मनोबैज्ञानिक र समाजशास्त्रीय सिद्धान्तमा टेकेर मात्र गरिने एकता र धु्रविकरण होईन नेपाल र नेपाली जनताको बदलिँदो राजनीतिक चाहनाको घटनाक्रमलाई समेत सुत्रबद्ध ढङ्गले हेरि गरिने एकता समेत हो । आज कुनै पनि विचारधाराप्रति मान्छेको आकर्षण र विकर्षण कारण केलाउँन जरुरी छ । मान्छे कुनै पनि राजनीतिक दल वा विचारधारामा आवद्ध हुँनुका पछाडी उसको ठुलो वैचारिक पृष्ठभूमि त हुन्छ नै तर सत्ताको गरिमाले सिद्धान्तलाई भलै गौण बनाईदिएको होस् तर समय अनुसार राजनीतिक दलहरुले बोक्ने सैद्धान्तिक विचारधाराको परिवर्तन र विकासको ठुलो महत्व र महिमा आज पनि उस्तै छ । साम्यवादीहरुको सैद्धान्तिक विचलन नेपालको विरलै अनूभव मात्रै पनि होईन,इतिहासले देखाउँछ कि साम्यवाद संसारभरी यहि नियतबाट गुज्रियो । साम्यवादको उद्गम स्थल मानिने सोभीयत संघमा अहिले के छ । सन् १९१७ पछि को सोभियत संघलाई हेरे मात्रै पनि पुग्छ । त्यसैले मानिसलाई सिद्धान्तको आवरणमा बाँधेर मात्रै होईन भावनाले भिजाँएर पानीझै छर्लङ्ग पार्ने खुवि अव नयाँ राजनीतिक धु्रविकरणबाट बन्ने वैकल्पिक शक्तिले र यसका नेतृत्वले राख्न आवश्यक छ ।

चिनमा कम्युनिष्ट पार्टीको शासन भएपनि उनिहरुको व्यावहारिक सिद्धान्त व्यवहारवाद नै हो । चिनियाँ नेताहरु कम्युनिष्ट कम र व्यापार प्रवन्धकहरु बढि देखिन्छन् यसबाट हामीले के सिक्ने ? नेपालमा राजनीतिक दलहरुको स्थापनाको इतिहासमा हालसम्म नेपाली काङग्रेसको सबैभन्दा राम्रो र सकारात्मक पक्ष भनेको उ लोकतन्त्रमा विश्वास राख्ने लोकतान्त्रिक पार्टी हो तर कमजोर पक्ष भनेको उ क्रान्तिकारी हुँन नसक्नु नै हो । अर्कोतिर कम्युनिष्ट पार्टीहरुको सबैभन्दा राम्रो पक्ष भनेको क्रान्तिकारी हुँनु तर पद्धति प्रक्रियामा लोकतान्त्रीक नहुँनु नै हो । यि दुवै राजनीतिक समस्याको जगमा अव बन्ने शक्ति एकैसाथ वामलोकतान्त्रिक हुँनुपर्दछ । लोकतान्त्रिक पद्धति प्रणाली पनि अपनाउँने र अग्रगामी पनि बन्ने शक्ति नेपालमा आवश्यक भएको महशुस सर्वत्र गर्न थालिएको छ ।
पृथ्वीनारायण शाहले नेपालको माटोको एकिकरण गरे तर नेपाली जनताको भावनाको एकिकरण गरेनन् त्यो अवको नेतृत्वले गर्ने क्षमता राख्नुपर्दछ । देशको पुरानो राजनीतिक पार्टी नेपाली काङग्रेस र कम्युनिष्ट पार्टीहरुले राजनीतिक परिवर्तन त गरे मुख्य गरी प्रजातन्त्र र गणतन्त्र अनि समाजवाद उन्मुख संविधान बनाए तर अवको मूल कार्यभार भनेको देशको तिब्र विकास र समृद्धि नै हो । यो पुरा अब बन्ने नयाँ राजनीतिक शक्तिले गर्नुपदछ । किनकि कुनै पनि पार्टी निश्चित लक्ष्य र उदेश्य बोकेर स्थापित भएका हुन्छ्न नेपालमा मूलतःनेपाली काङग्रेस र कम्युनिष्ट शक्ति दुवै राजनीतिक व्यवस्था परिवर्तनको लागि स्थापित भएका शक्ति हुँन ,विकास र समृद्धिको लागि होईनन् । राजनीतिक परिवर्तनका अध्याय पुरा भएपछि अब देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउँनुपर्छ । त्यसको लागि अवश्यपनि नयाँ सोच, विचार, चिन्तन र दुरदृष्टी सहितको राजनीतिक शक्ति चाहिन्छ । पुराना राजनीतिक पार्टीहरुको औचित्य समाप्त प्रायःभईसकेको छ । प्रत्येक चरण,अध्याय वा युगले पुरानो प्रणाली,शैलि र परम्परामा निरन्तरता होईन कि त्यसको विकाशको माग गर्दछ । कुनै खास दर्शन,विचार र दृष्टिकोण पनि सजाउँने वा बेलाबेलामा अध्यय्न गर्ने ग्रन्थ मात्रै होईनन । बरु त्यसले समकालीन जनताका समस्याहरुको सम्बोधन र सहजिकरण गर्दै राज्यमा आफ्नो गतिशील भूमिका निर्वाह गर्नसक्नु पर्दछ । हिजो राजनीतिक परिवर्तनको समय थियो । जस्तैःजतिबेला हामी रुख ढाल्न खोज्छौ त्यतिवेला बञ्चरो चलाउँने सिप मात्र भए पुग्छ । आज ति रुखहरुबाट घरका चौकोस,पल्ला,ढोका आदी बनाउँनु पर्छ यस्तो समयमा बञ्चरो चलाउँने सिप पर्याप्त हुँदैन त्यसको लागि विशेष प्रकारको सिप र दखलता अवश्यपनि चाहीन्छ ।
अहिलेको समयमा राज्य र त्यसको नेतृत्वले मुख्यगरी राष्ट्रिय स्वाधिनता, संघिय शाषणको सदृढिकरण ,समुन्नत समाजवाद निर्माणको योजना, सहभागिता मूलक समावेशी लोकतन्त्रको अभ्यास ,राष्ट्रिय पहिचान, सहभागीतामूलक समृद्धि र सामाजिक न्याय , सुशासन र सदाचार, समानुपातिक समावेशीकरण, स्वशासण तथा स्वायत्तता, साँस्कृतिक बहुलता ,लोक कल्याणकारी राज्यको स्थापना, बहुलतायुक्त राष्ट्रवाद र राष्ट्रिय एकता कायम गर्नु वर्तमान नेपालको राजनीतिक समस्याको तत्कालीन समाधानका उपायहरु हुँन सक्छ्न तर नेतृत्व यसप्रति सचेत छैन र इच्छाशक्ति पनि देखाएको छैन् । यि समस्या समाधानका उपायहरु पनि नपहिल्याउँने र जनतालाई भविष्य पनि नदेखाउँने समस्याले अवश्य पनि यि मुद्धाहरु सहित नयाँ राजनीतिक शक्तिको खाँचोलाई देखाउँछ । यसको अलावा नेपाल र नेपाली समाजको समृद्धि र अग्रगमनको लागि मुख्य रुपमा राज्यव्यवस्था र शासकिय स्वरुपमा परिवर्तन,अर्थव्यवस्थामा व्यापक सुधार,सामाजिक नीतिमा सुधार ,साँस्कृतिक रुपान्तरण ,राष्ट्रिय सुरक्षा तथा सार्वजनिक प्रशासन,गतिशिल तटस्थतामा आधारित परराष्ट्र नीति जस्ता आधारभूत नीतिहरु राज्यले लिनुपर्दछ । यी सबै विषयमा वर्तमान सरकार र यसको नेतृत्व क्रमशःअसफल भएको देखिन्छ । विचार र दर्शनको कुरा गर्दा कुनै पनि दर्शन समय,काल र परिस्थिति अनुसार परिवर्तन र विकास हुँनुपर्दछ, विज्ञान र विचार त्यस युगको चेतनाअनुरुप प्रतिपादन भएको हुन्छ तर पछि तिनका अनुयायीहरुले समयानुकुल त्यसलाई विकास गर्न सकेनन् भने त्यो रुढीवाद र कर्मकाण्डमा परिणत हुन्छ अतःयसको लागि दुरदृष्टि, इमान्दारी, निष्ठावान र कार्य गर्नसक्ने नेतृत्व सहितको राजनीतिक शक्ति आवश्यक छ ।
विगतका असमानताका घाउहरूको कुटनीतिक प्रक्रियाले सन्तुलित समाधान गर्न, समुन्नत नेपाली चरित्रको समाजवाद स्थापित गर्न, सुशासित र सदाचारी शासन प्रणाली र नागरिकको जीवन बनाउन, इमान्दारितापूर्वक नेपाली चरित्रको सदाचारी शैलीसहित नयाँ विचार , सिद्धान्त र दर्शनको खोजी गर्न नयाँ राजनीतिक ध्रुवीकरणको आवश्यकता भइसकेको छ । इतिहासबाट पलायन भएर वा निरास भएर होइन सुन्दर देश निर्माण गर्ने सपना सहित नयाँ ध्रुवीकरण सिर्जना गर्न अघि बढ्नुपर्दछ । त्यसैले समानता, स्वतन्त्रता, सामाजिक न्याय र समानता माथी आश्रीत समाजवाद निर्माण कसरी गर्ने, शिक्षा र स्वास्थ्यलाई कसरी निशुल्क बनाउँने, आर्थिक सिद्धान्त र सहृदयता अर्थतन्त्र नयाँ समाजविकासको सिद्धान्त अनि लोककल्याणकारी राज्यको निर्माण अहिलेको ज्वलन्त आवश्यकताहरु हुन । आम मानिसहरुमा युगपरिवर्तनको चेत, अन्तर्राष्ट्रिय क्षेत्रीय भूराजनीतिको सन्तुलित व्यवस्था र सन्तुलन,राजनीतिक प्रणालीमा सुधार जस्तै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पुर्ण समानुपातीक संसद, संघियताको वास्तविक कार्यान्वयन,शुसासन र सदाचार, राष्ट्रिय विकास र समृद्धिको मार्गचित्र,द्धन्द व्यवस्थापन, संसदको रुपान्तरण,लैङ्गिक समानता कायम गर्न वर्तमान राजनीतक शक्ति क्रमश असफलतातिरै उन्मुख देखिन्छन् । त्यसकारण स्टेफन स्पेन्डर लगाएत ६ जनाले तजभ नयम तजबत ाबष्भिम भनि पुस्तक लेखेझै हाम्रा परम्परागत सिद्धान्त र सैद्धान्तिक इश्वर पनि अब असफल भैसकेका छन् र नयाँ सोच,विचार,चिन्तन र राजनीतिक कार्यक्रम सहितको राजनीतिक धु्रवको आवश्यकता भैसकेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here