Home मुख्य समाचार महिला हिंसा र १६ दिने अभियान

महिला हिंसा र १६ दिने अभियान

212
0

अधिवक्ता रचनामल्ल
विषय प्रवेश

लिगंका आधारमा कुनै पनि ब्यक्ति माथि हुने शारीरिक मानसिक तथा सामाजिक दुर्ब्यवहारलाई लैगिक विभेदमा आधारित हिसां भनिन्छ । महिलाविरुद्ध हुने हिसां उन्मुलन सम्वन्धी  संयुक्त राष्टसंघीय घोषणापत्र १९९३ को धारा १ अनुसार महिलाको निजि वा सार्वजनिक जीवनमा शारीरिक यौनिक तथा मनोवैज्ञानिक रुपमा आघात पुर्याउने धम्की दवाव वा स्वतन्त्रावाट वन्चित गरिनुलाई महिलामाथि हुने हिसाँ भनि परिभाषित गरेको छ ।महिला हिसां मानव अधिकार उल्लघंनको विषय भएको हुदाँ प्रत्येक वर्ष नोभेम्वर २५ वाट सूरु हुने यो अभियान १०डिसेम्वर सम्म मनाईने गरिन्छ । यसरी प्रत्येक वर्ष अन्य अभियान भन्दा केहि लामो समयसम्म विभिन्न कार्यक्रमका साथ मनाईने यो अभियान नै महिलामाथि हुने हिसां विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान हो । यो दिवसको सूरुवात सर्वप्रथम ल्याटिन अमेरीकावाट गरिएको थियो । सन १९८१ को नोभेम्वर २५ का दिन ल्याटिन अमेरीकामा यो दिवस मनाउदा निकै अनौठो मानिएको थियो । त्यहि दिवसको सूरुवातपछि ल्याटिन अमेरीकी महिला कस्ता कस्ता हिसांवाट पिडीत भएका छन् भन्ने कुराको पहिचान पनि भएको थियो । त्यसपछि महिलामाथी हुने घरेलु हिसांदेखि लिएर राजनितिक वन्दी र राजनीतिक हिसांसम्मका बहसले स्थान पाएका थिए ।सन १९९९मा डोमिनिकन गणराज्य तथा अन्य ७४ वटा सदस्य राष्ट्रले नोभेम्वर २५ लाई महिला विरुद्ध हुने हिसां उन्मुलन दिवसको रुपमा मनाउन संयुक्त राष्ट्रसंघमा पेश गरेको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभावाट सोही वर्षको डिसेम्वर १७ का दिन सर्वसम्मत रुपमा पारित भएपछि संयुक्त राष्ट्रसंघीय प्रणालीका राष्ट्रहरु विश्वब्यापी रुपमा यो अभियानमा सहभागी हुदै अन्तराष्ट्रिय अभियानको रुपमा मनाउदै आएका छन ।

ऐतिहासिक पृष्ठभुमि

 नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म महिलामाथि हुने हिसा विरुद्ध १६ दिने अभियान अन्तराष्ट्रिय रुपमा मनाउनुको छुट्टै ईतिहास छ।यो दिवसको सन्दर्भ डोमिनिकल गणतन्त्रका एकै परिवारका तिन दिदीवहिनीको हत्यासँग जोडीएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीवहिनी राजनीतिक कार्यकर्ता थिए ।त्यतिखेरको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन १९६० मा उनिहरुको निर्मम रुपमा हत्या गरेको थियो । जसलाई लिङ्गको आधारमा हुने राजनितिक हिसांको प्रतिरुप मानिन्छ ।पेट्रिया, मिनर्भा र मारिया नाम गरेका ति तिन दीदीवहिनी इनरिक रिमवल र मारिया मार्सिडिज रेजका सन्तान थिए । क्रमश सन १९२४,१९१७ र १९३५ मा डोमिनिकन गणतन्त्रको सिवास भन्ने ठाउँमा जन्मिएका थिए । शिक्षित र सचेत यी तिन दिदीवहिनी तत्कालीन त्रुजिलो तानाशाहीको बिरुद्धमा थिए । तत्कालीन सरकारले यी तिन दीदीवहिनी र तिनका सवै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यीनीहरु पटक पटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिईन ।जेलमा दिईने चरम यातनाका बाबजुद यी दिदीवहिनीहरुले तानाशाही सरकारको विरोध गर्न छोडेका थिएनन ।यसै क्रममा सन १९६० मा निरङकुश सरकारका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने उदेश्यले डोमीनिकल गणराज्यको एउटा शहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा पेट्रिया मिनर्भा र मारिया तिनैजनाले सम्वोधन गर्ने कार्यक्रम थियो । तर राज्यको हस्तक्षेपका कारण उक्त कार्यक्रम सफल हुन सकेन उनिहरु पक्राउ परे ।सन १९६० को सूरुवातमै त्यहाको सरकारले यीनीहरुलाई मुलुकको ठुलो समस्याको रुपमा घोषणा गर्यो।यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्वर २५ तारिखका दिन यिनिहरुको हत्या गरियो ।यिनीहरुको हत्या गर्नुअघि यिनका पतिहरुलाई जेलमा राखियो र जेलमा आफ्ना पतिहरुलाई खान पुर्याउन गएको समय पारी यीनिहरुको हत्या गरिएको थियो । यी मिरावेल दिदीवहिनीहरुको हत्याले त्रुजिलो सरकार विरुद्ध आन्दोलन अरु सशक्त वनायो ।परिणामस्वरुप सो हत्याकाण्डको एक वर्षभित्रै डोमिनिकन गणराज्यमा निरङकुश त्रुजिलो सरकारको अन्त्य भयो ।यी दिदीवहिनीको हत्यालाई महिला विरुद्धको हिसांको रुपमा लिईयो र यी दीदीवहिनीहरुको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकल गणराज्यमा थुप्रै गित, कविता र पुस्तक यी दीदीवहिनीको सम्झना र योगदानमा लेखिएका छन । सन १९९१ मा रुत्गर्स विश्वविधालयका महिलाहरुको भुमण्डलीय नेतृत्व केन्द्र (center for women’s global leadership CWGL)ले प्रायोजन गरि सञ्चालन गर्न थाले पछि यसले अन्तराष्टिय अभियानको रुप ग्रहण गरेको हो ।

विश्वब्यापी १६ दिने अभियान

सन १९८०को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिसां विरुद्धको दिवस मनाउदै आएका भए पनि सन १९९९मा सयुक्त राष्टसंघले यसको अनुमोदन गरेपछि महिलामाथि हुने हिसां विरुद्धको विभिन्न अभियानहरु सुरु भए सयुक्त राष्ट संघले प्रत्येक वर्ष यो दिवसका लागि एउटा विशेष नारा तय गर्दै आएको छ  । यस वर्षOrange the world: generation equality stand against rape भन्ने नाराका साथ अन्तराष्ट्रिय लैगिक हिसाँ विरुद्धको १६ दिने अभियान मनाईदै छ । नोभेम्वर २५ देखि डिसेम्वर १० का पर्ने अन्य दुईवटा महत्वपुर्ण दिवसलाई पनि यहि १६ दिने अभियान अन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्वर १ विश्व एड्स दिवस र डिसेम्वर १० विश्व मानव अधिकार दिवस पर्दछन यस १६ दिने अभियान अन्तर्गत विश्वब्यापी रुपमै लैगिकहिसांसँग सम्वन्धित चरणवद्ध अन्तरक्रिया  नाटक, सडक नाटक, पोष्टर तथा पम्पलेट प्रतियोगिता, गीत, कविता प्रतियोगिता, सार्वजनिक सुनुवाई, सुचना शिक्षा सामाग्रीहरुको प्रदशन सञ्चार अभियान, गोलमेच छलफल आदी कार्यक्रम गरि मनाउने गरिएको छ ।

नेपालमा १६ दिने अभियान

 नेपालमा यो दिवस सन १९९७देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाउन थालिएको हो । सयुक्त राष्टसंघ महिला विकास कोष युनिफेमको तत्परतामा महिला अधिकारको क्षेत्रमा कार्यरत साथी लगायत केही गैर सरकारी संस्थाहरुमा सिमित यो अभियानमा सन २००६(वि स २०६३)देखि नेपालि सरकार महिला वालवालिका तथा समाज कल्याण मन्त्रालयवाट समायोजन हुदै आएकोमा सन २००७ ( वि स२०६४)देखि राष्टिय महिला आयोगले संयोजन गर्दै आएको थियो । यस वर्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यस वर्षको लैगिक हिसां बिरुद्ध १६ दिने अभियानको नारा ” समानताको पुस्ता ­बलात्कार बिरुद्ध एक्यबद्धता ” नारा तय गरेको छ । यस वर्ष देश भर बलात्कारका घटना बृद्धि भैरहेको कारण यस पटकको नारा बलात्कार केन्द्रित वनाईएको स्पष्ट छ।नेपालमा यस वर्ष राष्ट्रब्यापी रुपमा १६ दिने अभियान संचालन गर्न सातै प्रदेश, प्रदेश सभाका सांसद , जिल्ला समन्वय समितिका प्रमुख , स्थानिय तहका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालाहरुलाई  लैगिकहिसां विरुद्ध १६ दिने अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी गराउने मन्त्रालयको योजना रहेकोछ ।

रुकुम पश्चिममा १६ दिने अभियान

रुकुम पश्चिम जिल्लामा पनि लैगिकहिसां विरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रमहरु गरि मनाउन थालीएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत सरकारी निकायहरु,गैर सरकारी संस्थाहरु, नगरपालिका, गाउँपालिकार विभिन्न  राजनीतिक दलहरुका महिला संगठनहरु आदीले  महिला हिसाँ विरुद्ध १६ दिने अभियानमनाउदा विभिन्न कार्यक्रमहरु हाजिरि जवाफ प्रतियोगिता, वकतृत्वकलाप्रतियोगिता, लोकगित प्रतियोगिता, र महिला हिसां न्युनिकरण गर्नका लागि के कस्ता उपायहरु अपनाउन सकिन्छ भनेर वहस छलफल , सावर्वजनिक सुनुवाई, महिलाहिसां सम्वन्धी सुचना तथा शिक्षा सामाग्री प्रकाशन, अन्तर्रक्रिया कार्यक्रम, हस्ताक्षर संकलन र  स्थानिय सरकारलाई ज्ञापनपत्र वुझाउने आदी विविध कार्यक्रम गरी १६ दिन सम्म महिला हिसां विरुद्ध १६ दिने अभियानलाई संचालन गर्न लागेको छ ।

१६ दिने अभियानले पारेको प्रभाव

 सन १९९७ देखि अहिलेसम्म आईपुग्दा नेपालमा महिलामाथि हुने हिसाका सम्वन्धमा ब्यापक रुपमा आवाजहरु उठेका छन । यो अभियानले महिलामाथी हुने हिसांलाई राष्टिय वहसको रुपमा ल्याउन महत्वपुर्ण भुमिका खेलेको छ। हिजोआज यो विषयमा खुलेर कुराकानी हुन थालेको छ । घरेलु हिसाँलाई घरभित्र सिमित राख्न हुन्न भन्ने मान्यता स्थापित भएको छ । नेपालको संविधान २०७२ मा महिला अधिकारले मौलिक हकको मान्यता पाउनुको साथै महिलामाथि हुने सवै प्रकारका भेदभाव उन्मुलन महासन्धी नेपाल सरकारले अनुमोदन गरि सकेको छ भने मानव बेचविखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ लागु भै सकेको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ हाम्रो सामु आईसकेको छ । हिसां पिडितहरुलाई उद्धार तथा पुनस्थापन गर्न अल्पकालिन सेवा सुविधाका लागि राज्यकोषवाट रकम विनियोजन भएको छ । सरकारी निकाय तथा महिला अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुको विच सहकार्यको संस्कृति वढदै गएको छ । सरकारले सातै प्रदेश, प्रदेश सभाका सांसद , जिल्ला समन्वय समितिका प्रमुख , स्थानिय तहका प्रमुख, उपप्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव तथा सरोकारवालाहरुलाई  लैगिकहिसां विरुद्ध १६ दिने अभियान अवधिभर विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने निती लिएको छ जसले गर्दा यसको प्रभाव अझ बढ्दै जाने दिखिन्छ ।

अन्तमा सवैभन्दा महत्वपुर्ण कुरा समानुपातिक समाजको निर्माण हो । जहाँ कसैले आफुमाथी भेदभाव नभएको महसुस गर्न सकुन । राज्य हाम्रो पनि हो हाम्रो समान अधिकार र कर्तब्य छ भन्ने कुरा सवै नागरिकले महसुस गर्न पाउनुपर्छ ।महिला र पुरुष होईन सवै नागरिक समान छन भन्ने भावनाको विकास गर्न सकेमा कसैले पनि भेदभाव र हिसां भएको छ भन्ने महसुस गर्नुपर्दैन महिलामाथि हुने हिसां विरुद्धको अन्तराष्ट्रिय अभियानले पनि यहि कुराको वकालत गर्दछ ।धन्यवाद । महिलामाथि हुने हिसाविरुद्ध १६ दिने अभियान२०१९ दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकाट खलंगामा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here