Home आहा बिचार ह्याँती गर्ने कुरा : हाम्रो जमिन फिर्ता गर !

ह्याँती गर्ने कुरा : हाम्रो जमिन फिर्ता गर !

118
0

एमएल ओली
“अति गर्नु अत्याचार नगर्नु” भन्ने सुनेइका छौ क्यारै । “पापीष्टले अत्यारचार गरेल्यो गरे । कस्तोरी चुप्पै लाक्न सक्केला र ? यो बेला हामी रगत सुक्नलाहरूको खुन्ले सिमेत उम्लेलास्तो गर्च भन्या तन्नेरीहरू क्या अन्नेरी गर्दै हे¥याहेरेई छौं ?” बुराबुरीया यस्ता जोसिला कुरा सुन्दारी “हाम्ले पनि खुक्रा, बन्चरा बोक्केल्ने होई भन्चौं ?” भन्ने ज्वानाहरू ह्याँ भइद्यास्तो भया कल्ले हेप्दो ? यस्तै भन्ने गर्दान भन्ने नसोच्या हुन्च । वीर गोरखालियौं तन बुरिर्या पनि जोस र होस कइलै बुरिन्न । “बुरो बाघका अघेट तरुनो स्याल” भन्ने आनौं हेक्का रहक्या भइयो नत्र ? अतिक्रमण गर्ने अत्याचारी खोज्न टारा जानै पर्दैन छिमेकमै देख्यान्चन । तमाँइको घरबस्ति, जग्गा, जिमिनसित साँदी जो¥याउ हुन्च हेर्नोई । छरछिमेक्नु बल्या र निरबल्या दुइटै हुन्चन । बल्याले निर्धालाई हेप्ने, थिच्ने, मिच्ने र अतिक्रमणसम्म गरेल्च । त्यो गर्न नपायो भन्या त्यल्लाई दानापानी सिमेत पच्तैन गरे । सिङौरी खेल्ने, उध्धिने छिमेकीयौं कइरमले सोज्जालाई बात्ती पारेच भन्नु हुन्च । तमाँइको तप्कान्य मुन्नियौं विरुवास्तो हेर्नोई । “खानेले कति खान्च र ? सनेउ सइ सिद्धि हुन्च, पाप धुरीमाँट्ट कुर्लिन्च, सत असत माथ्यिाले देख्नेईछन् क्यारै ।” भन्किन निर्दाले चित्त बुजाउनु प¥यो । या ता “जस्तालाई त्यस्तै धिरालाई निस्तै” भन्किन पाखुरा इमेठ्नु प¥यो । त्यो गर्ने हाम्रो बरकत र बुत्ता कत्ति छन् भन्ने कुराउ पाइन छाम्नै पर्दैन इतिहास काफ्फी छ ।

बैरीले खाइकिन हग्दा सिमेत अतिक्रमण भन्याउ क्या हो ? भन्ने कुरा चाल नपाउ ता को होला र ? बर्ता जान्यास्तो नहोई “कुनै कुराउ अनुमति नलगी, आँपूm खुसी साँदीसीमा नाङ्ने, तोक्याउ अधिकारौं परिधि क्षेत्र नाङ्ने र अर्काउ सम्पत्ति जबरजस्ती हडप्ने” काज्र्यलाई अतिक्रमण भन्निछ । यस्तोरी मान, मर्यादा र सीमाभन्दा पर पुगी अचाक्ली अन्या र अकन्या गर्ने कामकार्य सिमेत अतिक्रमण हो । हाम्रो छिमेकी कल्ट्यिाउ स्यान्दाइले आँपूmलाई ठूल्ठाली र जाक्तो ठान्किन अज्जरो व्यवहार ग¥यागरेई छ । “रक्षान खोर्सी मुख्नु छिटोे” भन्दाइनी लाजसरम पाचाइकिन कइलै साँदी मिच्ने, कइलै नाक्का बन्द गर्ने, कइलै अतिक्रमण गर्नेस्ता घिनलाग्दा व्यवहार ग¥याउ दुनियाले बुजयाउछ । यल्ले कस्मिरलाई केन्द्रशासित प्रदेश बनास्तै हाम्रो जिमिन लिम्पियाधुरादेखि कालापानी, लिपुलेकसम्मको करिपन एक जिल्ला जत्तियौ क्षेत्रफल स्यान्दाइले आफ्नो नक्सानु गाभ्याउ खपर सुन्दारी स्वाविमानी, देशभक्त नेपाली जनताहरूले स्यान्दाइको विस्तारवादी नीतियौं चर्को बिरोद हुन थाल्याउछ । हाम्रो परराष्ट्र मन्त्रालयले पनि वक्तव्यद्वारा सो कार्यप्रति असमति जनायो । हाम्रा परेलहरू स्यान्दाइको विस्तारवादी नीतिया बिरोदमा एकजुट हुँदै गइरा छन् । हाम्रो सरकारले पनि सो विषयमा केन्द्रीत सर्वदलीय बैठक डाक्यो । त्यो बैठकमा घरपरेलहरूले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएकोमा एउटै स्वरले सहमति प्रकट गर्नु जाक्तै काम हो ।

विस्तारवादी कथित छिमेकी कल्ट्याउ स्यान्दाइले हाम्रो सिंगो घरलाई हडप्न बाफती बन्दैछ । स्यान्दाइकोे सो कार्य नेपाल र नेपालीया तर्पmबाट कुनै पनि हालतमा स्वीकार्य हुँदैन । “नेपाल, चिन र भारतौं त्रिदेशीय सीमाना सिमेत भएको सो भूमिलाई नेपालकै हो भनेर सन् १९०३ को एटलसमा उल्लेख छ” भन्दै ठुल्दाइले पनि स्वीका¥याउ छ गरे । वि. सं. २०१८ सालको जनगणनामा सिमेत सो क्षेत्र उल्लेख भई हालसम्म नेपालकै नक्सामा रहेको हाम्रो भूमिलाई गिद्धे नजरले एकाएक ठुङ्न खोज्नु बहादुर नेपालीलाई सइय हुने ता कुरै भएन क्यारै । स्यान्दाइले आफ्नो घरबाट ब्रिटिस साम्रराज्यवादलाई खेदन कान्छो भाइले ग¥याउ मद्दतौं पैचो साँदी चाप्दै र लिपुलेकदेखि लिम्पियाधुरासम्मौं ३९५ वर्ग किलोमिटर जिमिन अतिक्रमण गरिकिन ति¥यास्तो ठान्याउ होला । कठैबरा “दाजुमा नसकी भाउज्यूमा लाग्ने” भन्याउ यइहोई क्या हो ? आपूmभन्दा २२ गुना स्यानो भाइसित निहुँ खोज्ने म ता लाज पनि मान्दाउ बाल । बुज्नेलाई लाजमर्दो मात्र नभई घिन लाग्दो काम हो । लाज र सरम पोलिखाउ नाक्काटोलाई क्या को लाज ? आँपूmभन्दा स्यानो र कम्जोरहरूको अस्तित्व स्वीकार गर्न नसक्नु र ती घरवा¥याहरूलाई आफ्नै विर्तानु गाभेर साम्रराज्यवादी बन्ने दिउसै सुइना क्यार्न देख्छ ? चट्कापट्कै जाला र ।

हाम्रो घर्नु प¥याउ सङ्कटलाई हटाउना लागि राष्ट्रिय एकता बलियो बन्दै ग्याउँछ । यो एकताले २०४६ र २०६२÷६३ सालमा अभूतपूर्व परिवर्तन भ्याउ ता इतिहास ताज्जै छ क्यारै । त्यस्तै सङ्घीय गणतन्त्र नेपालको संविधान निर्माणमा पनि त्यो एकता देख्याकै थ्यो । त्यसउस्ले आवश्यकता पर्दारी कुनै पनि बखत्नु हाम्रो एकता अभूतपूर्व रुपले होइन्च । असत्ती, अधर्मी स्यानदाइले कोई कान्छाउ परेल आफ्नो पक्षमा उभ्यान्चई भन्ने सोचाई नरहक्या भइयो । ह्याँको दुनिन्या कस्तो छ भन्ने कुरा नालापानी र किल्ला काँगडा च्यापचि पत्तालाक्च । अघिया कुरा क्यार्न गर्ने हो र ? त्यो बेला माटो जोगाउने माम्लानु को दोख्खी र को निर्दोख्खी थ्यो ? निया निसापौं छिनोफाँनो इतिहासले गरेल्च हेर्नोई । अर्काउ भलो हेर्न नचाने पापीपर्लोकीले लोभलालचौं पोको देखाइकिन फसाउन सक्च होई ज्वाँनौं ? जकचेत गर्दै चनाँखो बन्नैपर्छ । उइछारी आज स्यान्दाइका कान्नु “भारतीय विस्तारवाद मूर्दावाद, हाम्रो भूमी फिर्ता गर, साँदी मिच्न बन्द गर, दुष्ट छिमेकी चाइन्न सीमा मिच्न पाइन, छोडछोड विस्तावाद नेपाल भूमी छोड, गो ब्याक ईन्डिया” लगाइता नाराहरू गुञ्जिरा छन् । यसरी जनस्तरबाट भ्याको व्यापक दवावले मात्र हाम्रो जिमिन सुरक्षीत हुन सक्च । यस्ले गर्दारी हाम्रो घरमूलीलाई सिमेत कूटनीतिक पहल गरी समस्याउ समाधान गर्न थप हौसला र प्रेरणा मिल्ने छ ।

समस्या समाधानका लागि संयुक्त राष्ट्र संघको मध्यस्ततामा त्रिपक्षीय वार्ता र संवात हुन पनि आवश्यक छ । स्यान्दाइका पक्षबाट आएको भन्निएको नक्साबाट हाम्रो जमिन निःशर्थ नेपाललाई नै फिर्ता दिने र कालापानीया आफ्ना फौज तत्काल फिर्ता गर्ने विषयमा छलफल गरी सहमती नहुँदासम्म नेपालका कुनाकप्चाबाट कुर्लियाउ विरोधको गुञ्जनले विश्राम लैन्चई भन्ने नसोच्या भइयो । वास्तवमा यो त्रिपक्षीय सीमाना भएकोले आवश्यक पर्छ भने ता सरसल्ला गरी तीनै भाइका फौजीहरू रहक्दारी प जाति होला क्यारै । त्याँनु स्यान्दाइले मात्रै कान्छाऔं ६२ वर्ग किलोमिटरसम्म भूमी कब्जा गरी बङ्कर लगाइतौं स्थायी सैनिक संरचना भ्याउ सैनिक क्याम्प रहक्नु न्याय होई अन्याय ? भाइरन्वा अघेल्नाले देख्नु प¥यो आँनी ? यो समस्या समाधानका लागि अन्तर्राष्ट्रियकरण हुन पनि आवश्यक देख्याउछ । यो विषयमा विश्वन्वा अन्य स्याना ठूला सप्पै राष्ट्रहरूले चिन्ता र चासो नरहक्ने हो भन्या “लाटो म¥याउ पीर होइन काल पल्केला भन्ने डर” भन्दाइनी नहुन क्या बेर ? त्यसकाणले गर्दारी संयुक्त राष्ट्र संघलाई यो समस्या समाधान गराई माङ्न तत्काल नेपाल सरकारले नालिस गर्न ढिलो गर्न हुन्न हेर्नोई । नत्र “ढिलाइयो ता बिलाइयो” भन्यास्तो होइन्च भन्नु हुन्च । ह्याँती गर्ने कुरा हाम्रा घरपरेल मध्ये कोइकसैबाट “त हान्यास्तो गर, म रुयास्तो गर्चु” होइन्चई भन्ने आशंका कोइलाई नहोई दात्तौं । बरु सप्पैले एउटै स्वरमा “हाम्रो जमिन फिर्ता गर !” भन्दै माटो जोगाएमा भोल्लिया पुस्ता र इतिहासले सराइरहने छ । समाप्त


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here