Home मुख्य समाचार एक दिने जनरल स्वास्थ्य शिबिर सम्पन्न

एक दिने जनरल स्वास्थ्य शिबिर सम्पन्न

113
0

आहा सञ्चार संबाददाता
राप्ती समाज स्वास्थ्य सहकारी सस्था द्वारा संचालित राप्ती समाज अस्पतालको प्राविधिक सहयोग र सिस्ने गाउँपालिका ३ न. वडा कार्यालयको आयोजना एक दिने जनरल स्वास्थ्य शिविर सचालन गरिएको छ । स्वास्थ्य शिविरको उद्घाटन वडा अध्यक्ष पशुपति खड्काले गरे । शिबिर मार्फत जम्मा २ सय ८ जना बिरामीहरुको चेक जाच तथा उपचार गरेका छन । जन्डिस, निमोनिया, नशा सम्बन्धि समस्या, भाइरल जरो, छाला सम्बन्धि समस्या लगायत अन्य विरामिहरुको उपचार गरिएको थियो । जटिल खालका ४ जना लाई थप उपचारका लागि रेफर गरिएको छ । शिबिरमा भिडियो. एक्सरे र प्रयोगशाला लगायतको सेवा समेत रहेको अस्पतालका प्रबन्धक गणेश गौतमले जानकारी दिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here