Home आहा बिचार मेलाउ मेस्सो : ह्याँती गर्ने कुरा

मेलाउ मेस्सो : ह्याँती गर्ने कुरा

238
0

एमएल ओली
“अई जाने होइनौ क्या ? माज्जो होला र ? मान्स बुरो भयाता पनि रङ्ङ बुरो हुने रह्न्च क्यारै । क्या कुरा र्दाउ र ज्वाँनौ !” सात्याहरूऔं यो खप्परले “जानी हो नि किन नजानी ? आँनी म नग्यापचि ता काँमाँट्ट लाक्ला र ज्वाँनौं ?” उन्ताक्नु सुन्ने र सुनाउने गरिर्या यस्ता कुराकानी सम्जीदारी अइचेल पनि आल्लै र साँच्चै होलास्तो लाक्च भन्चौ । उत्निबेला ख्यालठट्टास्तो लाग्याता पनि अइल सद्दे मान्यान्च क्यारै । ऊ ट्याम्मा दायित्व सम्जिनेले मात्र त्यस्तो भन्याउ ठर्च । भन्नेले ख्यालख्यालै भन्याता पनि दिन छिप्पल भ्यापची सुन्नेलाई सद्दर लाइजाने रैच क्यारै । म भन्ने कुरा सप्पैले आत्मासात गर्दारी जात्राउ सोवालो र मेल्लाउ मेस्सो भ्याउ ठर्च । “एक एक मिलि हजार बन्छ” भन्ने आत्तिलाई यल्ले पुष्टि गर्च । “जाँगर ला छैनन्, मरिरह्न्च कोले गर्च धाँमा ?” भन्ककिन सप्पै जना घरैनु चोच्क्यिास्तो भ्या आज न मेला न मेस्सो, क्या हुँन्त्यो क्या ? “कोई उठी सोबालो कोई बसी सोबालो हुन्छ । बाँच्याले ता हो क्यारै च्याँउने दे हर चाँरो गइजाउ बगालौं ?” भन्किन उत्निबेला ठूल्ठालीले नाम्रै रिवाजा बनाइद्या रह्ैचन भन्नु हुन्च । “अइलास्तो भ्या यस्तो जात्रासात्रा र मेलो मेस्सो काँपाई र ?” यस्तो भन्नेहरू पनि खुप्पै भेटिन्चन् । अइला जुक्नु शङ्का उपङ्का गर्दै कँजाई लाउनेहरू घोच्चाले पिटि नसक्किने कति हो कति ?
“डाँराकाँरा, ओख्खाकोख्खामाँट्ट मान्सहरू खेरबोटल र जम्घट गराइकिन आपस्नु समागम, भेटघाट, मिलन, मेलाखेला, यात्रा, उत्सव, तीर्थवर्त र जात्राजुत्राउ आविस्कार कइल, कोले क्यार्न ग¥या हुँन ? त्यतिकाल्ला मान्सहरूऔ जमघट गराउने उबेलान्वा मान्सहरू पनि विज्ञानिक्कै हुन ।” अचेल पनि पछारी फर्किन र अगारी निउरिन जान्याले मात्रै सरनी गर्चन गरे । यो सुन्दारी कोइकोई फरदङी मध्याले लेब्रो कच्चाल्दान । बल्लै होइन केई होइन, अघेट्टाले ज्यादै नाम्रो सिस्टिम उबाज्द्या छन् भन्चौ । सद्या साँचो भन्ने हो भन्या नीतिनियम र रीतिरिवाजा बाँन्ने उइलाहरू जाक्तै हुन । कत्नाम्रो कामकाज सक्याउ हुन्च । तेइबेला चिरिच्याँटै परिकिन जात्रानु ढक्यिाउ, छोट्याछोट्टी लक्याउ र बैंसजोबन फक्यिाउ देख्दारी स्वायाउ पनि कति हो दात्तौं । विभिन्न गाउँठाउँन्वाउ नाँचगान, गाज्जाबाज्जा, ओइरन, पैरन, फै–फल्लार चाख्न सिमेत पाइने भन्चौं । नइयाँ–नइयाँ मुहार हेर्न, साट्टो फेर्न, कोसेलीपात बेर्न, धितनमरुन्जेलसम्म हेर्न, शत्रुबैरीलाई घेर्न र इष्टमित्र सङसात्यासित्त मायापिरिम फेर्न पाइने । साइनो खुट्याई नालनेस गाँस्दै, खुद्रा दामपैसा माँस्न, फत्कि–फत्कि हाँस्न लगाइत कति हो कति फाइदा ? यस्तो औसर जुराउने उइला मान्सलाई अइचेला जम्मैको सजौटी धन्यावात छ । सप्पैका जानकबिला जात्रामा जम्मा भइकिन रसरङ, नाचगान, हाँसोठट्टा, सुक्कन, दुख्खन गर्दै रमाउन पाउने मौका सिर्जाउने उनीहरू वास्तबमा दुरदर्शी नै हुन ।

मेलानु भेला भइकिन रोज्जिबिन्नि सम्मानपात किन्न, आफ्नो बिराँनो चिन्न, हिसापकिताप छिन्न पनि पाइयान्च क्यारै । कोई रमाउने, कोइले कमाउने, कोइले समाउने, कोइले जमाउने, कोइले फसाउने कोई फस्ने, कोईले जोर्ने, कोइले छोर्ने, कोइले फोर्ने, कोइले घोर्ने, कोइले सोर्ने, कोइले लोर्ने लगाइता विशेषता जात्रानु खेख्न पाइन्च । उइल थोरै दामले धेरै सरसमान किन्न पाइन्त्यो गरे । अचेल पनि ता धेरै पाइन्च क्यारै । नपाइने भया भन्नु ? पाइने ता पाइन्च तर थोरै काम र सरसमानले धेरै भन्दा भेरै दाम किन्न पाइन्च भन्चौं । यसैलाई कोई कसैले जमाना फेरिर्यो, धेरै चिजबिज हेरिर्यो भन्चन् । “चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाउ बीर” भन्दाइनी चिन्ने र जान्नेलाई जात्रा भन्याउ एउटा बगैचा हो जाँ सयौं थरीया रङ्ङीबिरङ्ङी पूmलहरू देख्न सकिन्छ । कला, साहित्य र संस्कृतियौं साउ हाम्रो भूमी कोभन्दा कम छ र ? दुई ठूला विशाल राष्ट्रका बीचमा फक्रियाउ सुन्दर एवम् वासनादार यो थुङ्गाले एकातिर दुनियालाई प्रभावित पा¥याउ छ भने अर्कोतर्पm पाउनाहरूलाई सुगन्धित वासना चखाउन पनि माहिरै छ ।

देशैभरी पूर्वपश्चिमदेखि उत्तरदख्निसम्म र गाउँघरदेखि सरबजारसम्म बारैमास लाग्ने विभिन्न मेला, जात्रा तथा उत्सपहरू निरन्तर आइरहन्चन् । हाम्लाई दुनियाले चियाइरह्न्चन् । कोइकोई ता आस्सिकिन राल्लै छारेल्चन गरे । हामीसित कुनै पनि चिजबिज्जौं हर्जा छैन क्यारै । ह्याँ ओख्तियौं खानी, चिसो, मीठो र स्वाँदिलो पानी, पिर्याखोर्सानी, मिलनसार राँनीवानी, अतिथि पाउनापाछीहरूलाई स्वागत सत्कार गर्ने मृदुभाषि र मिलनसार नानीहरूऔं व्यवहारले मख्खै पारेल्च हेर्ने । कोई गराचारी, दुराचारी र व्यवीचारी बन्न खोज्नेलाई भन्या उइता हो आँनी तमाँइको थाङ्नैनु सुताउने । यति मात्रै होला र ? अन्याय र अकन्या गर्नेहरू भूतखेदाई र मसान तोप्यास्तै होइन्चन् भन्चौं । तेई हुनाले ता हामी नेपालीहरूलाई देख्कन सारा विश्व जल्किन्च क्यारै । उस्तै माफ्यिा लोतीचाँम्¥यालाई हाम्रा गीतैले भन्काल्चन् “बाटैतीको मौल्या पङ्ङै, कान्छी बैना लै लै । जा¥या कुकुर भुक्या पनि, डराउदैनौं कै लै ।।” मेलाउ मेस्सो आयो भन्या असत्यमाथि सत्यको जिताउरी र शुभकाज्र्या पनि होइन्च । मेस्सो बिगरदारी अशुवकाज्र्या हुन पनि बेर लाँन्न क्यारै । मुख छ भन्दैमा प्याच्चै बोल्ने र ……छ भन्दैमा थ्वाच्चै बस्नु हुँदैन ख्याल गरेल्नु पर्र्च भन्चौं ?

कइलेकाँई “हाक्यो दाउ बोल्यो पचास” भइकिन मेल्लाउ मेस्सो सप्रिदारी मालामाल र फालाफाल पनि होइन्च क्यारै । उइछारी कोइकोई तम्रा हाम्रा धर्मी मेलाहरू पनि सस्तै छन भन्चौं । उइलफुर्नु थोरै पापहत्या हुन्त्यो गरे । ऊ बेला आक्कल–झुक्कल पाप भ्याता पनि देवीदेउता र भग्वतीहरू अल्तै भाकल, बिदिबाच्छा र थोरै दानद्रव्यले सोज्यान्त्या गरे । अइला ता क्यार्न भन्ने हो र ? अदिकांसौं हाइप्रियसर भइकिन भन्चौं पाप र अप्रादौं हिसाप्पै छैन । हो तेई कारणले गर्दारी अइला जुग्नु देवीदेउता र भग्वती मातमतारीहरू स्यान्तीना भाक्काकबुल र बाच्चाबन्दनले सोज्जिया भन्नु ? ह्वाँप्ची जोसुक्कैले उनीहरूलाई सोज्याउने पनि कुरै भइन क्यारै । लाट्टागट्टा, लुज्जालाज्जी, भोक्कानाङ्ङा र गरिपगुरबाउ केई मान्केई लाक्दैन गरे । अइचेल ता धर्मीहरू पनि धेरै भइयाछौं भन्चौं । अ–आफ्नो दुनोखोच्चो सोज्याउन चानेहरूवा आत्तमामाँट्ट गन्नाउने बोक्कोदेखि नाबी र और्या नझा¥र्या पाठ्ठाहरूव्वा निदोर्षी मन्टीहरूले चट्टाचट्ट पारिमाङ्ेल्चन् भन्चौं । त्याँमाँट्ट ता अइचेल्ला आधुनिक देवीदेउताहरू खुशी मात्रै हो र ? माहाशुखी हुनेई ता भया क्यारै । ह्वाँदेखि जिन्याउ हार, मासु र छाला लुुच्छनेहरूले कति छेरुन भन्चौ ? ह्याँती गर्ने कुरा, मेलाउ मेस्सो निकाल्न सक्नेहरू मात्रै जात्रानु हल्लिने हो । “घर्तियौं कुकुर बल्यो” भन्दाइनी माथ्थि उक्लिदारी डल्लिने, तल्थि ओर्लिदारी थल्लिने र वर्थीपर्थी गर्दारी मात्रै हुक्¥याउ क्या सार भो र ? हँइन्तो ? तेस्सो निकाल्न नसक्ने मध्याले “गोजीमा धन छैन, जात्रानु मन छैन, गोजीमा दाम नहुनेलाई मेलानु राम छैन” यै भाका सुन्दै मैरैनु चोच्किनु बेस होल्लाई भन्चौं ? समाप्त


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here