Home मुख्य समाचार छिनखेतमा ल्याब भबन निर्माण

छिनखेतमा ल्याब भबन निर्माण

342
0

प्रचण्ड खत्री
रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्बर चार छिनखेतमा ल्याप भबन निर्माण गरिएको छ । भदौको अन्तिम साता भबनको सबै काम सकिएको हो । ल्याप भबन निर्माणका लागि बाफिकोट गाउपालिकाले १३ लाख १५ हजार, गैरआबासिय नेपाली संघ सुईडेनले १० लाख, गैरआबासिय नेपाली संघ सुईडेनका उपाध्यक्ष अर्जुन श्रेष्ठ कि श्रीमती सगुन्तला श्रेष्ठले १ लाख ५ हजार, र जनश्रमदान ३ लाख ५९ हजार गरि जम्मा २५ लाख ८४ हजार ५ सय ६४ को लागतमा भबन निर्माण गरिएको भबन निर्माण उपभोक्त समितिका सचीव देबेन्द्र देबकोटा जानकारी दिए । भबनको तीन कोठा रहेका छन । ल्याप भबनलाई छिट्टै प्रयोगमा ल्याएर जनतालाई छिट्टै सेवा प्रदान गर्ने स्वास्थ संयोजक जानकी मल्लले बताईन ।

उनका अनुसार कमजोर आर्थिक अवस्था भएका परिबारलाई पहिलो प्राथमिकतामा सेवा दिईने छ । ल्याप भबन निर्माणको लागि सात जना स्थानीयहरुले १८ सय २० बर्गमिटर जग्गा गाउपालिकाको नाममा नामसारी गरिदिएका थिए । जग्गा उपलब्ध गराउनेमा गोपाल खड्का, देबेन्द्र देबकोटा, कलिभान खड्का, प्रेम केसि, ढोलेनी केसि, प्रचण्ड मल्ल र टेकजङ्ग मल्ल रहेका छन । ल्याब संचालनपछि बाफिकोट गाउपालिकाका १० वटै वडाका स्थानीय र मुसिकोट नगरपालिका १ छिङ र गिलबाङका स्थानीयले सेवा लिने छन । १५ दिन भित्र कर्मचारी ब्यबस्था गरि भबनबाटै सेवा लिने तयारी भैइरहेको स्वास्थ्य कार्यलयले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here