Home आहा बिचार औकात : ह्याँती गर्ने कुरा

औकात : ह्याँती गर्ने कुरा

117
0

एमएल ओली
तमाँई हाम्रा पुर्खा वीरा साकासन्तानौं रगत र पसिना काँ काँसम्म पुग्याउ छ ? त्यो ता चिन्न्या, जान्न्या, गन्न्या, मान्न्या र सुन्न्यास्ताले भन्दा बर्ता भोग्याले चाल पा हुनन क्यारै । अन्ता मुल्कले मुखभन्दा ज्यास्ता हात खुट्टा चलाइकिन काँ–काँसम्म पुग्या छन् ? त्यो पनि सुन्ने भन्दा कँजाई लाउनेलाई था होला होइन्तो ? “बस्सि–बस्सि नेपाल देख्छु उठ्या कस्तो होला ?” भन्दाइनी मुख्ले ठिक्कै पा¥यान्च, उस्तै प¥या लिख्खाउ छालै का¥यान्च, जत्रा–जत्रा शत्रुबैरीलाई पन्तै साक्कै पा¥यान्च, दुखीदर्दीया सामुन्ने तुरुक्कै आँशु झा¥यान्च, आफ्नै पुत्र कि नहोई आगोपानी सिमेत बा¥यान्च, मन नमिल्दारी पाइलोपलाँस मात्रै होइन तमाँइको छ्यालै काट्यान्च भन्नु हुन्च ।

ह्याँ आफ्नो देश्न्वाउ विगास–सिगास ता जइल ग¥या पनि भो बाल । ह्वाँ, भाइरौं प चाइयाउछ क्यारै पइला प्रथम ता । भिक्सा लाइन हुन्चई डिब्बी पारकिन हुन्च फिलालमा भाइरैको गर्ने हो हेन्नोई । तँमाई हाम्रो औकात आफ्नो गाउँघर, सरसमाज, छरछिमेक्नु भन्दा परपाई गर्ने डौलौं छ क्यारै । घरबारी बाँज्या पनि खेतबारी गाँज्या पनि चाइने उतैको हो । क्या फरक प¥यो नै ? आच्कल तमाँइको बारीया भाज्जीया भन्दा पारिया पाज्जीयौं बर्ता माया लाक्च भन्नु हुन्च । सुइना, सपना, सुर्तबिर्त, तप्नाजप्ना सप्पै उतैको आउने हेन्नोई । औकात झाँङ्याउ होई कर्म भाँङ्याउ हो ? ह्याँको केई पनि नचल्ने भन्नु हुन्च । झ्वाँई पार्नेदेखि स्वाँई पार्नेसम्म जम्मै अन्तैको मात्रै चल्ने हेन्नोई । तमाँइको ऊन अन्तैको, खुन अन्तैको, गुन अन्तैको, घुन अन्तैको, चुन अन्तैको, जुन अन्तैको, धुन अन्तैको, नुन अन्तैको, फुन अन्तैको, सुन अन्तैको । यत्रो औकात्याले जोसुकैलाई टेरपुच्छर लाउने ता कुरै आइन क्यारै । तेई हुनाले हुक्याउ कुरा चित्त बुजाउनलाई औकात अनुसार यस्तो भाका उबाज्याउ ठर्च हेन्नोई “सुनार दाइको दोकानैमा, सुन जोख्ने सुनै छ । सुखीलाई सुन्नेसै लाक्च, दुखीलाई रुनै छ ।।”


हाम्रो औकातले यो जुकजमानमा आफ्नो स्थान्नु गर्न कात्न दिदै दिदैन हेन्नोई । बरु क्यारी हुन्च छिमेकीदेश भन्दा पनि सात समुद्र पारीया अम्रिकासम्म छिराउन पल्क्याउछ भन्नु हुन्च । ह्वाँ पुग्यालाई मस्तिछई सास्ती छ उनै जानुन क्यारै । सक्यासम्म डिब्बी पार्ने चिट्टाउ जुक्ति गर्किन हुन्चई क्यारी हुन्च मुल्कले उतै पस्नेस मान्याउछ । “जस्तोरी पनि जाने ता उतै हो । किलोदाउँलो उखेली, बारबन्देज नाङी, उफ्रिपाफ्री, उरीगुरी, घोप्टोचेप्टो ज्यारी भया पनि पस्ने ता उतै हो । ह्वाँ छि¥यापची ता जुनी सुध्रियो क्यारै ।” यस्तो भन्नेहरू कम्ता छैनन, गनि नसकिने हेन्नोई । उइछारी, अब ता बृद्धभत्ता खाने, वृद्धाश्रममा बस्ने र घरगोठ धरालो गर्ने बुराबुरीहरूलाई पनि उतै पठाउने होई भन्नु हुन्च ? क्या तरुण तरुनी, हुनेखाने, लिख्याप¥या, पेशाकर्मी, ठूलाठालु, बेपारी, व्यवसायीहरू मात्रै ह्वाँ कोच्चिनुपर्च भन्ने लेख्याउ छ र ? गरिपगुरुबा, माङ्नेजाङ्ने, भिकारीबिकारी, जोगीजर्लाती, सादुसन्त लगाइत जम्मैले उतैपाई जानेस मान्चन होला बराठै । विज्ञानप्रविदिले गर्दारी जो जाँ पुग्याता पनि गोठघर ग¥यास्तै बनाकै छ । “निम कान्मुन र विदीवाच्चा फेर्रफार्र पारिकिन सप्पैलाई सजिलो सित पस्ने गराइद्या सित्ति नाम्रो हुन्थेन कठ्ठैबरै ।” टिठलाग्दो दुनियाहरू अम्रिकानु छिर्दारी आस्यिाहरूऔं यस्तो आसले तमाँइको दिल कटक्कै चस्किन्च भन्नु हुन्च ।

हिँतिरै मात्रैं थोरा तिन्नौं कुरा हो र ? संसारमै सप्¥याउ यस्तो नाम्रो देशलाई बिर्सिन पठाउने, छँनाखाँनाउ रोजीरोटी र बासबसेउरो छारिकिन भाइरैपाई चाप्न पठाउने को असत्ति होला दात्तौं ? अन्ता दुनियाले हो र यैमाटो च्याउन नपाइकिन पच्छताउचन गरे । “माल भइकिन क्यार्ने ? चाल पा भन्नु ?” भन्दाइनि यो हविगत बनाउन पठाउने को बैरी होला ? त्यस्तोरी यस्ता सोज्जासाज्जी, परिश्रमी, इमानदार, मिलनसार, सज्जन हामी नेपाली जानमानौं मन भाँच्दिने को पाप्पी, पात्तकी र पर्लोकि हो दे ? तेख्खो भलो कइलै नहोई लाई । क्या तमाँई हाम्रो औकात दुनियालाई जताजता श्रम चाइयाउछ त्याँई–त्याँई गइकिन श्रमपसिना र रगत बगाउने मात्रै हो ? हुन पनि तमाँई हामी कति इमान्दार र उधारवादी छौं होई ? जोल्ले जत्ताजत्ता डाक्च उतैउतै कोच्चिन तँछामछार गर्चौं ।

सुद्धा र गुणीला देखकन आज, संसारैले तमाँई हाम्लाई चुस्नसम्म चुस्याउ थाइपाछैनौं । कति पुस्तासम्माले चुसाइमाङ्नु पर्ने लेख्याउछ ? त्यतिसम्म चुसाउनै पर्ने होला क्यारै । रस ता रसैथ्यो चुस्नेवालाले पनि तमाँइको हारखोरै बाँकी रहक्ने छैन हेन्नोई । दोबास्यालाई ता क्या फरक पर्ला ? एकबास्याले कतियौं चित्त बुजाउन पर्ने हो ? हुक्किमर्नु ता भइयो क्यार्दान र ? कतियौं आसपुरिस पु¥याउन र मानिक्या रहक्न सक्केला गोस्याँयौं ? यस्तो कइरमले गर्दारी तमाँइको ज्यान छिन्नाह भइकिन अखज्जा हुनेई ता भो क्यारै । यस्तै बैराकले गर्दारी ता “ वर्खा नदी सरवर हिउँद नदी सुइजा । जीउ नजा जोवनै नजा, यस्तै मलाई पुइजा ।।” यो भावना उब्ज्याउ होला क्यारै । ह्याँती गर्ने कुरा तमाँई हाम्रो औकातले कतिसम्म धान्ने हो ? अनि तमाँई हाम्ले कत्तियौं आशपुरिस पु¥याउने हौं ? आज, संसारैले आस मान्याउ मानेई छ छ गरे । तमाँई हाम्रा आत्तमाले पनि अम्रिकै छिर्ने मान्याउछ हेन्नोई । छिर्नेले छिर्नेस मान्याता पनि छिराउनेले छिर्न नद्या क्यार्ने होे ? भाराबैराकौंमर्नु ? समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here