जयमान बुढा मगर
रुकुमपूर्व भूमे गाउँपालिकामा समुदाय–प्रहरी पालिका समितिको समीक्षा कार्यक्रम गरिएको छ । बिहिबार पालिकाका स्तरीय समितिको समीक्षा कार्यक्रम भूमे गाउँपालिकाको बैठक हलमा बसेको हो ।
जस समितिले अहिले गरिरहेको काम तथा गतिविधि प्रस्तुत गरिएकोमा त्यसलाई थप आगामी दिनमा गाउँगाउँमा कसरी प्रभावकारी शान्ति सुरक्षा कायम राख्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय समेत गरिएको छ ।
समीक्षा कार्यक्रममा चालू आर्थिक वर्षमा भएका गतिविधि र प्रहरीले गरेको कार्यक्रम तथा कामबारे प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका सूचना अधिकारी वीरबहादुर सुनारले प्रस्तुतीकरण सहितको जानकारी गराएको थिए । समुदाय–प्रहरी भूमे गाउँपालिका स्तरीय समितिद्वारा आफ्नो काम कर्तव्य र जिम्मेवारी अनुसार काम हुन नसकेको जनाइएको छ । समितिले कार्यन्वयन गर्नुपर्ने कामको योजना, अनुगमन, मूल्याङ्कन, मासिक बैठक, नागरिकसँग अन्तरक्रिया त्यसैगरी सचेतना कार्यक्रम र टोल–टोलका विकृति विसंगतिका गतिविधि लगायत कामका अपडेट खबर जानकारी हुन नसकेको समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
आगामी दिनमा उक्त समितिले समितिले गर्नु पर्ने काम कर्तव्य र जिम्मेवार अनुसार काम गर्नु पर्नेमा सहभागीले जोडदिएका छन् । भूमे गाउँपालिकाको समसामयिक गतिविधिको जानकार गराइएको थियो ।
समुदाय–प्रहरी समिति नागरिकको घरआगनको दैनिकीय पहरेदार हुने भएकोले उक्त समिति सक्रिय हुनु पर्ने आवश्यक रहेको प्रहरी निरीक्षक सुनारले बताए । टोल–टोलमा समिति गठन गरिएको जानकारी गर्दै भने सुनारले हरेक नागरिकको शान्ति सुरक्षा कायम गरेर सुन्दर र सभ्य समुदाय निर्माण गर्नमा उक्त समितिको मुख्या भूमिका रहने गरेको प्रहरी निरीक्षक सुनारले भनाइ राखे ।
भूमे गाउँपालिकाका उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) को अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठ लगायत वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto