नेपालगञ्जका राठौर फस्ट रनरअप

Byआहा सञ्चार

२०७६ कार्तिक २०, बुधबार १७:००

दिबश पोखरेल
नेपालगंज

बजाज मोटरसाइकल इस्किल कन्टेस्ट (मास्टर मेक) २०१९ को क्षेत्रीय सस्करणमा नेपालगन्जका भुवनेश्वरसिह राठौर (प्रकाश) फस्ट रनर अप भएका छन । नेपाल ट्रेड च्यानल नेपालगन्जमा बिगत १५ बर्ष देखि कार्यरत राठौर गएको ५ बर्ष देखि बजाज सर्भिस सेन्टर नेपालगन्जमा हेड मेकानिकका रुपमा कार्यरत छ्न । सोमबार नवलपरासीको हुलास अटो क्राफ्टमा सम्पन्न इस्किल कन्टेस्टमा बुटवल जोन तर्फका अन्य २० प्रतिस्पर्धीलाई पछि पार्दै फस्ट रनर अप भएका हुन।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले हरेक वर्ष आयोजना गर्ने सो प्रतियोगितामा यो बर्ष पनि बजाज मोटरसाइकलको मर्मत तथा फिटिङ्गमा मेकानिकको निपुणताका साथै सैद्धान्तिक ज्ञानको समेत परिक्षण गरिएको कम्पनिका मेकानिकल इन्जिनियर सन्तोस सुबेदीले जानकारी दिए । मेकानिकल वीच इस्किल कन्टेस्ट आयोजना गर्दे आईरहेको छ । कम्पनीको पश्चिम क्षेत्र (बुटवल जोन) प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश अन्तर्गतका आधिकारिक डिलरका २२ मेकानिकले सो इस्किल कन्टेस्ट सहभागीता जनाएका थिए ।
मास्टर मेक रिजनल २०१९ मा कुल सहभागि २२ जना प्रतिस्पर्धी मध्ये कावासोतिका बिजय तिवारीले प्रथम र सुर्खेतका धनबहादुर ढेङ्गामगरले तेस्रो स्थान हात पारेका छ्न, बिजेताहरुलाई कम्पनीका मेकानिकल ईन्जिनियर सन्तोष सुवेदीले सम्मान पत्रसहित ट्रफि प्रदान गर्दै अघिल्लो राउण्डको लागि शुभकामना दिएका छ्न,
बाके,बर्दिया र आसपासका क्षेत्रमा बजाज मोटरसाइकल मर्मतका लागि बर्षौ देखि चिर परिचित नाम हो प्रकाश राठौर । धेरैले आफुलाई प्रकाशको नामले चिन्दा पनि खुसी लाग्ने बताउछ्न, आगामी दिनमा अझ राम्रो कोसिस गर्ने प्रतिबद्धता जनाएका प्रकाश जानकी गाउँपालिका बाकेका स्थायी निवासी हुन।

election adv.

मास्टर मेक २०१८ को नेशनल इस्किल कन्टेस्टमा पनि फस्ट रनर अप भएका भुवनेश्वर को हरेक पल्टका सफलताले हामीलाई खुसी बनाउने गरेको छ, नेपाल ट्रेड च्यानल नेपालगन्जका प्रबन्ध निर्देशक पुरुषोत्तम नेपालले बताए । एक कार्यक्रमको आयोजना गरि नेपाल ट्रेड च्यानलका सम्पुर्ण कर्मचारी र मेकानिकको तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम नेपालले फस्ट रनर अप राठौरलाई दोसल्ला ओडाएर सम्मान गर्दै आगामी प्रतिस्पर्धाको लागि शुभकामना दिए । विभिन्न जोन बाट छानिएका उत्कृष्ट मेकानिकहरु को नेशनल कम्पिटिसन (मास्टर मेक २०१९) चाहिँ यहीं कार्तिक २७ गते काठमाडौंमा सम्पन्न हुने आयोजक बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीका असिस्टेन्ट मेनेजर मुकेश मिश्राले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto