Home आहा बिचार पहिचान : ह्याँती गर्ने कुरा

पहिचान : ह्याँती गर्ने कुरा

114
0

एमएल ओली
माँजो होला र आँपूmलाई भन्नु पर्दारी अल्तै खरखर लाग्दो र ? “अरुले तमाँई भनोई नभनोई आँफै आँफमपाँई” भन्दाइनी ता भइयो क्यार्दान र ? स्याँनो तलतललाग्ने भया क्यामान्दाउ ? कुरै गर्न पनि बैराकौंमर्नु । तमाँइको बाँक्को कोक्याइनिता भइयो हेर्नोई । नसाँप्नो, ठूल्ठाल्लुसित क्यार्न साँप्पिने हो र ? स्यानतिन्नैले बिर्सिन लाइया भन्नु हुन्च । तवाँइको अनुमान जस्तै हनुमानकै सन्तान भ्यापनि क्याला र ? तमाँई, हाम्रा साकासन्तानले टिष्टा, काँग्डा र नालापान्नीया खैराहरूलाई बैरा बनाउ इतिहास सुन्नेलाई ताज्जै छ । उनेरुसित लर्दारी छाक काट्किन दानापानी ख्वाउनेहरूलाई र्वाउनुपर्छ कि हाँसाउनुपर्च ? त्यो ता अरुले चालपाउने कुरै भइन । होइन्तो ?
बिचरा शत्रुसित गर्जिदै मायुद्धनु रगत र पसिना पोख्ने त्यत्रा वीरौं पैचानले गर्दारी आच्कल दुनियायौं मुटु चिस्किन्छ होला । पहिलो र दोस्रो विश्वयुद्धमा संसारलाई चकित र बैरीलाई थकित बनाउने पनि हाम्रै पूर्खा ता हुन क्यारै । एैले झन संसारै भरीया देस्नु श्रम र पसिना बगाउनेहरूले क्या कम्ता पैचान गरा छन् र ? उइछारी तेई पैचान गराउनलाई ता होला आजभोली मुल्कलाई ताउली खोप्याले नभ्याइकिन डिब्बीनु कोच्चाकोच ग¥याउ देखिन्च । अरुवा देश्नु बेकामी जमिर्दा हाम्रो देशले काम्दार मात्रै जर्माउच । यो देख्कन कोइकोई ता हुक्कै भइयाई क्या हो लाई । जर्मिन जान्याले ऐरीया झाङ्नु प¥याता पनि तमाँइको घरपरेल, परिवार, छर, छिमेक, गाउँसमाज र देश विदेस्नु सिमेत नाउ चम्काल्चन् । जर्मिन नजान्यालाई कमासैनु सुाता पनि क्या लाक्च र ? चिनाउन र चिनिन मान्न्या सितापीले जत्तामाँट्ट जस्सरी पन्तै चिनाल्च, चिनाउन नमान्ने फर्दङीले “ऊ ल्या भन्दा गुँ ल्याउन” बेर लाँन्न हेर्नोई ।
फ्वाँस्या तमाँई हाम्रो नाउ बेच्कन लाव र फाइदा कल्ले लक्चन् ? लग्ने मद्या उनैले जानुन । “ओटीमा बोटी बाइक अधिकांशले फाइदा लैया छन गरे” भन्नेहरू पनि भेट्यान्चन् । कोइले केई कोइले केई उदिङबिङ गर्कन् नाउचलाउन सक्यान्च क्यारै । नाम्रोसित भन्दा ननाम्रोरोसित भ्याउ पैचान अलि चोटिलो हुँदोई भन्नु हुन्च । तेई भइकिन ता सप्पैले चिन्निा पत्ता हस्याङ्फस्याङ, धुइपत्ताल र खरङधरङ गर्दा हुन बाल । तँमाँइका शत्रुर बैरीहरूले पनि उपल्लाँ उच्चा भन्दा तल्लाँ निच्चालाई बर्ता वाच गर्चन गरे । त्यो भन्दा पनि आँज मुख्ले ठिक्क पेट्ले दिक्क पार्चन गरे । तेई हुनाले “तल्लो घट्ट गुर्गु¥याइलो उपल्लो पालपाइन, साइका मन्नु बार भाँती त्यो मइले चाल पाइन ।” भाका उब्ज्याउहोला । तँर्माइको कम्पनीया सरकारी वा असरकारीया मापदण्डलाई उछिन्दारी झन अच्चमै होइन्च हेन्र्नोई । त्याँ प्रवेशौं निमलाई मिच्दारी ता झन क्यार्न भन्ने हो र ? पैचानौ ता कुरै नगर्नोई भन्दा पनि हुन्च । अरु ता क्यार्दो र ? कइलै तमाँइको छट्क्याले भेट्दारी मात्रै कर्रो पर्ला भन्ने हो । तेल्ले भेट्या एक पच्क्या पारेल्च भन्नु हुन्च । त्यो बैरीलाई छल्ने बित्तिकै तवमाँइको नौ गरगौंराहरू हरन्त होइन्चन् हेर्नोई । “म भन्दा ठूल्लो कोई नाई” भन्कन घमन्न गर्नेउ बेट्टै भेट्यान्च ।
विश्वका सामु हाम्रो देशले कत्रो पैचान ग¥याउछ । ह्याँ, बारैमास, बारैमैना, आइरह्ने तमाँई हाम्रा चाडपर्वले कति रसिलो, हँसिलो र ससिलो पा¥या छन् । हाम्रो संस्कृतिले मुल्कलाई चकित मात्रै नभइकिन थकित पनि पा¥याउ हुनुपर्च । बहुभाषी, बहुजाति, बहुधार्मिक र बहुसंस्कतिले जगरतैमा नाम चल्याउछ । तमाँई हामी भाग्यमानी हौं हेर्नोई । यस्तो भाग्यमानी भइकिन पनि आफ्नो मत्व था नपाउदा “माल पाइकिन चाल नपास्तो” भइन र ? आफ्नो देशौं संस्कार र संस्कृतियौं पैचान गराउन सप्पैले ध्यान दिनैपर्च । संस्कृति जोगाउने नाउँमा आफ्नो औकात भने कोइले पनि बिर्सिन हुँन्न हेर्नोई । नत्र भन्या “घाँटी हेरी हाड निल्नुपर्च नि ?” भन्ने आहानले धिर्काच होई । अरुऔं देखासिकीले हाम्रो संस्कृति थला पर्नसक्छ । ह्याँत्ती गर्ने कुरा, सप्पैले आफ्नो घरा आङ्नैनु आउनलाउ तिहारलाई बिखुशी नबनाइकिन राजीखुशीसित बिदाबारी गर्न नबिर्सिनु । रुस्साबासी नगराइकिन नाम्रोसित पठाइपुठाई पारेल्नु क्यारै । दाजुभाइ, दिदीबैना लगाइत जम्मैलाई शुभदीपावली तथा छठ पर्व २०७६ को औसरमा हार्दिक मंगलमय शुभकामना छ । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here