Home मुख्य समाचार समाजवादी पार्टी रुकुम पूर्वको अध्यक्षमा घर्ती

समाजवादी पार्टी रुकुम पूर्वको अध्यक्षमा घर्ती

881
0

आहा सञ्चार संबाददाता
समाजबादी पार्टीको रुकुम पूर्वमा नयाँ जिल्ला समिति बनेको छ । संघिय समाजबादी पार्टी र नयाँ शक्ति नेपाल बिच एकता भएपछि दुई वटा पार्टीहरुको जिल्ला समिति समायोजन भएर नयाँ समिति बनेको हो । केहि दिनअघि भएको भेलाले राखिमान घर्ती अध्यक्ष रहेको २५ सदस्यीय नयाँ समिति गठन गरिएको हो ।

जसको उपाध्यक्षहरुमा बदौन पुन, सुविका पुन,सतमान पुन, सचिबमा मरिचमान बुढा, उपसचिबमा पुर्ण जंग सिंह, कोषाध्यक्षमा धन प्रसाद घर्ती चयन भएका छन । जसको सदस्यहरुमा र्धम टेक घर्ति, फर्क बहादुर घर्ति, पृथ्वी बहादुर घर्ति, हर्क प्रसाद रोका, कवराज विक, बिश्वविवेक मल्ल र बल बहादुर छिनाल रहेका छन । त्यस्तै राम बहादुर बुढा, रामकुमार पुन, लक्ष्मण बुढा, हिरा बुढा, लोकेन्द्र बुढा, गोबिन्द बुढा, बिष्णु पुन, रमेश बुढा, संगिता घर्ति, रकम बुढा् र भिर बहादुर बुढा चयन भएका हुन् ।


समाजबादी पार्टीका प्रदेश नं. ५ का सह ईन्चार्ज चिनक कुर्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश नं. ५ का अध्यक्ष अशोक यादब, मुख्य सचिब यज्ञ पोखरेल, केन्द्रिय सदस्य कर्ण बुढा र संघिय परिषद् सदस्य सुर्य प्रकाश लगायत स्थानीय नेता कार्यकर्ताहरुको आथित्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here