आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको त्रिबेणी गाउँपालिकामा रहेको स्रिमुत स्वास्थ्य चौकीमा संचालित स्वच्छता परियोजनाको सोमबार सामाजिक लेखा परिक्षण गरिएको छ । स्वास्थ्य चौकीको खानेपानी, सरसफाई तथा अन्य क्षेत्रको सुधारको लागि स्वास्थ्य चौकीमा स्वच्छता परियोजना संचालनमा रहेको थियो । जसअनुसार स्वास्थ्य चौकीको बिभिन्न क्षेत्रको सुधारको लागि जम्मा १३ लाख ४० हजार ९ सय ४३ रुपैयाँ खर्च भएको छ ।

election adv.

कार्यक्रममा सार्बजनिक गरिएको लेखाबिवरण अनुसार स्वच्छता परियोजनाको लागत ९ लाख ९ हजार ५ सय र त्रिबेणी गाउँपालिकाको ४ लाख रुपैयाँ खर्च भएको छ । गाउँपालिको र परियोजनाको भन्दा ३१ हजार ४ सय ४३ रुपैयाँ बढी रकम अपुग समेत भएको स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बिसीले बताए । आर्थिक बिवरण र सहभागीबाट उठेको प्रश्नको जवाफ स्वास्थ्य चौकी अहेव रेशम ओलीले दिएका थिए । कार्यक्रममा परियोजनाका जिल्ला अधिकृत बमबहादुर खड्का, स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष शोभाराम बोहरा, त्रिबेणी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख महोनकिशोर ओली, कार्यपालिका सदस्यहरु सोजर्ना पुन, पुस्पा बिसी लगायत सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto