सत्य बटाला
बिपन्न बादि समुदायका बालबालिकाहरुलाई स्कुले झोला र ड्रेस बितरण गरिएको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिका भित्रका बिपन्न बादि समुदायका २४ जना बालबालिकाहरुलाई आज एक कार्यक्रमका बिच स्कुले झोला र ड्रेस बितरण गरिएको हो । सिमान्तकृत बादि समुदायको जिबिकोपार्जन परियोजना अन्र्तगतको कार्यक्रमबाट २५ हजार रकम बराबरका प्रत्येकलार्य एक/एक वटा स्कुले भोला र एक/एक जोर ड्रेस बितरण गरिएको नेपाल जनजागरण मञ्चका जिल्ला कार्यक्रम संयोजक शुसिल न्यौपानेले जानकारी दिए । उनका अनुसार उक्त समुदायका माथिल्लो कक्षामा पढ्ने २ जना बालबालिकाको ९ महिना सम्मको ट्यूसन शुल्क तिर्ने ब्यवस्था मिलाइने छ । जसअन्तर्गत कक्षा ६ मा पढ्ने झरना बादि र ८ कक्षा मा पढ्ने बिष्णु बादि को ९ महिना सम्मको ट्यूसन शुल्क तिर्ने ब्यवस्था मिलाउने उनको भनाई छ ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto