दिबश पोखरेल
कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरी गङ्गा नगरपालिका छिन्चुमा यहि जेठ १७ देखि २७ गते सम्म “भेरीगंङ्गा उपत्यका महोत्सब २०७६“ संचालन हुने भएको छ, ‘कला सस्कृती कृषि पर्यटन उद्योग ब्यापार, समृद्द कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ संचालन हुने उक्त महोत्सव को आयोजना रुकुमेली युवाहरुको समूह कला सस्कृती पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले गर्ने भएको हो । उद्योग बाणिज्य संघ भेरी सह आयोजक रहने छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरी गङ्गा नगरपालिका कर्णाली प्रदेशकै प्रबेशद्वारको रुपमा लिने गरिन्छ ।

साथै बहुचर्चित भेरी बबई डाईभर्सन आयोजना समेत यहि नपा भित्र पर्दछ । स्थानीय भाषा, कला सस्कृती जगेर्ना र तीनको उत्थान एवम छिन्चु र आसपासका पर्यटकीय क्षेत्रहरु को प्रचारप्रसारका साथै स्थानीय उत्पादनको बजारीकरणमा कोशेढुङ्गा साबित हुने महोत्सव आयोजक समितिका सयोजक बालकृष्ण बुढाथोकीले जानकारी दिए । स्थानीय ब्यापार ब्याबसाय र स्थानीय उत्पादनको प्रवद्र्धन गर्नुका साथ साथै अन्य १ सय ५० विभिन्न स्टलहरु रहने बताईएको छ । उक्त महोत्सवमा ५० हजार भन्दा धेरै दर्शकले अबलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा पर्यटकिय क्षेत्रका फोटो प्रदर्शनी, बाल उद्यान, कृषि र स्वास्थ सम्बन्धी स्टलहरु पनि आकर्षणका रुपमा रहने छन ।

election adv.

महोत्सबमा प्रबेश शुल्क एक सय मात्र राखिएको तर अशक्त, बिद्यार्थी र वृद्ध बृदालाई विशेष ब्यबस्था रहेको कुरा महोत्सवका सास्कृतिक सयोजक एलबि कटुवालले बताए । दश दिन सम्म संचालन हुने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको धमाकेदार प्रस्तुती रहनुका साथै हरेक दिन कलाकारहरु संग लाईभ दोहोरी समेत हुने सयोजक कटुवालले बताए ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto