Home आहा बिचार अर्ति : ह्याँती गर्ने कुरा

अर्ति : ह्याँती गर्ने कुरा

1079
0

एमएल ओली

अइल त्यसको खुप्पै महत्वछ । कुनै बेला घृणा, तृष्कार र अपमानित भइ माङ्थ्यो, बिचरा त्यल्ले । उइल घरका छाउनाछाउनीदेखि पाउनापाछीलाई भनेर सामाधामा गर्ने चलन थ्योे । ठूल्ठालीले मात्र भक्ने जात भनिन्थ्यो । मुख फेर्नेस मान्नेहरूले चाडपर्व मात्र पर्खिनुपथ्र्यो । दशैंका दिन मैन खाँमो र चाँदोमा टाँस्ने जुटाउन समेत मुस्किल पथ्र्यो । समयले कोल्टो फेरेपचि रोक्न खोज्दा पनि मिच्चि ल्याल्दो रैछ र ? अइल को ठूलो को स्यानो सबैका घर, आङन र रछ्यानमा फालाफाल । चल्लैले च्याउन छार्रेल्या ।


उइल दुनियाऔं प्राण धान्ने धनिया दरबारमा मात्रै बास बस्ने अन्नौं राजा अइचेल काँ र कस्तो अवस्थामा होला ? त्यसको खोजतल्लास गर्न मान्यालाई पुनरुथानवादी पाख्याऔंं तक्मा पाइयान्चई भन्नु हुन्च । केई पाउनलाई केई गुमाउनुपर्छ झैं वाथ लाओस् या गाथ, नट मत्लव । अर्ति दिने पाकापुरानाहरूले यस्तो भन्छन् “कलि जुगले सिकाल्यो । कत्नाम्रो इज्यतहालो ज्यानफालो त्यो भक्न र भकाउन ह्वाँपछि फकाउन र फक्किन वाध्यता छ ।”
पहिलेका कहानी सुन्दा “आफ्नै माटानु पौरखी हातले उबाजीकन ख्वाको र खाको पवित्र अनाजको नाउ कार्न सिमेत लाज मान्नुपर्ने भो हेर लख्यौ ।” उइला कुरा खुइल्या भन्दाइनी त्यो इतिहास बन्लास्तो छ । हाम्रा पुर्खाले रोप्ने र फलाउने पाख्या धान, घोगा, गौंजौं, कोदोफापर, उवा, कागुनो, मास मुसुरो, सिमीबोडी, भाङोभट्ट, सिल्टिङ, गुराँस, माट्या, लट्या, भातेबेत्तो, बेथे, सम्पुधनियाँ, लगायतका परिकार अइल सम्झिदा यता मुख रसाउला जस्तो गर्छ । उता चुक सम्जिदा मुख भक्रेलास्तो छ । यी शब्दहरू नौलो ठान्नेले “कस्तो पाख्या रैछ यस्ता पाख्या शब्द खोज्दो रैछ” भनाइले फसाउला भन्दा हँसाउलास्तो छ । ज्याहोस् म पाखामा बस्ने मान्सौ सन्तान हुँ । म पाखामै बस्छु । बृद्धबृद्धाका कहानी सुन्छु । मलाई पाखे भनी सम्बोधन गरेको असाध्यै मनपर्छ । मेरो पाखापखेरीमा उब्जिने वस्तुले मलाई स्वस्थ बनाल्छन् । साग, सिस्नो, बेथे, लट्टे, बाँको, प्याक्सो, जिब्रे, लिउरी, डौंरे, सिल्पु, सागिनो, कोइराल मेरै पाखामा पाइन्छन् । यहाँ सिजन अनुसार विभिन्न फलफल्लारहरू पाक्छन् । आरु, बेरु, ऐसेलु, चुथ्रा, काफल, किमु, खन्या, तिमिला, बेरुला, तुथो, घुँयला आदि ।

हाम्रो लागि अम्रिका ह्याँर्ई, बेलायत ह्याँर्ई, जापानजर्मन ह्याँर्ई, चाइना हङकङ याँई, साउदी कतार याँई सप्पैतन्त्र ह्याँई, सप्पैमन्त्र ह्याँई किन गर्ने क्याँई ? ह्याँ, स्याना खुर्रीयालाई मट्टीटार मात्रै हो र ? बाल्वाटारले अरल्ल्याल्च क्यारै । गिट्टिटार र ढुङटार झन कस्ता हुनन् ? यी टारहरूमा टरा ठर्याउँदा कइलेकाँई मित्रशत्रु भइकन पोल खुइल्या पनि केई उपति नछर्रेला । हदै भइया दुईचार दिन सञ्चार तात्तेला, भोको मात्तेला, थुत्नी आत्तेला, केई दिन वहस चल्ला । यल्ले कोइकसैलाई पनि छेराउने, छदाउने र लदाउने कुरै नै । दुन्या राजी भइकिन यस्ता भाक घन्किन थाल्याछन् “सक्छौ भन्या खाउ ज्वाँनौं सक्छौं भन्या खाउँ, दाँतवालाले फल चट्काउ, थोता हाड मस्काउ ।” जानमान भन्छन् “जकचेत गरी ओटमुख चलाउ । आच्कल, अक्त्यारा आँखाकान तिख्र्या छन् । तेल्ले सँुइया नातीबाटै च्याल्च । भ्रष्टाचारीया पज्जपट्टीले जस्क्यालोबाट उप्किने सुइना नदेख्या भइयो ।”

बिचरा जेठाबाठाले उपदेश दिन्छन् “जुक, जमाना र दिनबार छिप्दिैछन् । देखाउनेले भन्दा लुकाउनेले लाज मान्नु पर्ने जुक आउनन् जस्ता छन् । अर्वा पाइता कोट्याउनेले आफ्ना पाइता मेट्न सक्नुपर्छ । नत्र मुट्कियौ घुस्सि चाख्न बेर नहोला र ?” यल्ले पचाउन सक्नेलाई फाइदै गर्ला । नपच्नेलाई उल्टिबिल्टि, छाद्दछेर्र, वाक्तीव्याक्तीले हत्तो हैराँन गराल्च । यस्ता नाम्रा ताज्जा, यथार्थ, र ज्ञानवर्धक अर्तिउपदेशले पेट नलरा हुँन्थ्यो । होइन र ? अरु क्या, अर्ति र उपदेशहरू गुइया घर्नु हुल्लिनन् र बर्बाद होला । लौतो भने चित्त बुजाउनलाई “सुती दिन काटौं उठी रात काटौं, बसी तर चाटौं उठी तर चाटौं” गीत गाउदै खानेले कति खान्च र ? खाप्चो मिठ्याई थुक निल्दै ओटा माम्रा टोक्न पठायो भन्या हुक्किमर्नु बनाल्ला । ह्याँती गर्ने कुरा, वक्ता र भोक्ता दुइटैले चाल पाउन आवश्यक हुँदोरैछ । आँपूm ता उइता हो बोल्ने चानस पाउँदा घट्टैले छिराइनी, सुन्ने ट्याम पर्दा चुपचाप कानभन्दा मुख सक्रिय बनाई सिम्टालै कराइनी । बोक्नुपर्दा उइला हनुमानलाई जित्यान्च । रोक्नुपर्दा असारे भल र साउन्या पैराउ रेल्लै रोक्यिान्च । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here