Home कला/साहित्य धैर्य गर प्रिय (कबिता) : छबिलाल बिष्ट

धैर्य गर प्रिय (कबिता) : छबिलाल बिष्ट

2543
0

धैर्य गर प्रिय
तिमी जित्दै जाने छौ
म हार्दै जाने छु
यो एउटा अन्तिम चरणको लडाई हो
अन्तिम चरणको लडाईमा
म पुर्णरुपमा अशक्त र अपाङ भको छु ।
तिमि आफ्नो तयारी घनिभुत रुपमा गर्दै छौ।

तिमि बिजयको संघारमा म था छैन खै कस्तो अवस्थामा तिमि आउने छौ
आधी तुफान झै वगवान गतीमा।


मेरा दील भित्रका अटुट सम्झनाका प्रखालहरुका जन्जिर तोड्न
तिमी धैर्य गरे हुन्छ बिजयको टिका लगाउन।
मलाई नजर बन्द बनाएर
पिण्डामा मस्त सग निदाउन देउ।
तिम्रो बिजय अवश्य हुनेछ
रातो टिका निधार भरी हुनेछ।
खुसी संग डिन्दगी जिउन
गत्तीशिल जिन्दगी बदल्न
छिया छिया पारेका मेरा आला घाउहरुबाट
रगत बगिरहने छ।

भिषण पिडा र छटपटिले
म यता मुत्यु संग लडिरहदा।
तिमी चाही
बिजयको सुनौलो भविश्य र
सुन्दर संसारको खोजीमा
अर्कै युद्धको थालनी गर्नेछौ।

छविलाल बिष्ट

सानिभेरी 3 रुकुम पश्चिम हाल काठमाण्डौ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here