स्तम्भ : आहा टक

अमितबाबु रोकाय

पेसाले कलाकार हुनुहुन्छ ?कसरी चल्दैछ कलाकारिता क्षेत्र?
अब दिन त जे होस कटेकै छ, यहि गीतसंगीत मै कहिले सिर्जना गर्दै, कहिले हार्मोनियममा बसेर भाका बनाउदै,कहिले स्टुडियो रेकर्डमा,कहिले भिडियो सुटिङमा गएर यस्तै यस्तै छ ।

कलाकारिता क्षेत्रमा लागेको झन्डै कति बर्ष भयो ?
सानै देखि गीतसंगीत मै रमे पनि औपचारिक रुपमा काठमाडौ गएर पहिलो गीत रेकर्ड गरेको चाहिँ झन्डै ६ बर्ष भयो

कलाकारिता क्षेत्रमा काम गरिरहदा कुनै बेला अल्छिपन आउँछ कि नाइ ?
सानै देखिको रुचि यहि क्षेत्रमै आकर्षित भएको कारण अल्छी चाइ हुदैन जति गीत संगीत रेकर्ड गर्यो जति काम गर्यो उति मजा आउँछ ।

हाल सम्म कति ओटा गीत बजारमा ल्याउनु भयो ?
सबैको माया साथ सपोर्ट कै कारण भन्नू पर्छ यो अबधि सम्म आइपुग्दा झन्डै ३०० माथी नै छन होला लय शब्द स्वरमा रहेका गीत अझै पेन्डिङ मै छ धेरै आउने माया गर्दिनु होला ।

तपाईको कलाकारिता छेत्रको अनुभव लाई कसरी समिक्षा गर्नु हुन्छ?
यो क्षेत्र निकै रमाइलो छेत्र हो । दुख सुखका कुरा हुन्छन उकाली ओराली भिर पाखा बनपाखाका कुरा हुन्छन अझ भन्दा माया गर्ने जोडिको प्रेम भाब चित्रण हुन्छ । दुखमा गीत संगीत भए त्यो दुख हराउन सक्ने यो क्षेत्रमा शक्ति छ ।

गायक संगीतकार तर्फको यात्रा कसरी मोडियो ?
सबै थोक गुमाउन राजी हुन्थे तर यो गीत गाउन बजाउन चाइ छोड्दैन थिए । यो क्षेत्रमा लाग्नै पर्छ गीत निकाल्नै पर्छ गायक बन्नै पर्छ भन्ने ढिपी थ्यो । यो मनमा घरमा पढ्नु पर्छ राम्रो मान्छे बन्नु पर्छ भन्ने गरेता पनि मेरो एकतर्फी मन यहि संगीत मै थियो । सायद त्यहि भएर यो क्षेत्रमा प्रबेश गरे ।

election adv.

अगाडि बढ्न प्रेरणा र साथ कस्को ?
प्रेरणा त मेरो एकतर्फी मन नै हो । अनि गाउन अझ हौसला थप्न साथमा हातमा एउटा रेडियो सधै हुने गर्दथ्यो । अरु विभिन्न अग्रजका गीतको कारण पनि हो ।
कलाकारिता क्षेत्रमा कस्ता कस्ता ब्यक्ति छन ?
यो क्षेत्रमा राम्रा नि छन नराम्रा नि छन । नया आउने नब सर्जक कलाकार सोच बिचार गरेर आउने गर्नु होला । नत्र टिक्न र व्यवसायिक रुपमा कलाकारिता गर्न निकै गाह्रो छ ।

हालसम्मको अनुभव कस्तो छ ?
म पनि रुकुम जिल्लाकै यहाकै छोरो चेलो यहि माटोमा जन्मियर रुकुम जिल्लाको थोरै भएनी नाम राख्दा खुसि लाग्छ । विभिन्न ठाउमा गैरहदा घर रुकुम भनेर आफ्नो जिल्लालाइ चिनाउदा अमीत बाबू रुकुमको भनेर अरुले प्रसंशा गरिरहदा निकै खुसी लाग्छ ।

तपाईको गीत संगीतले रुकुमको कलाकारितालाइ कसरी चिनाएको छ ?
म विशेष लोक तथा दोहोरी गीतहरु रेकर्ड गरेको छु । जस्तै निकै रुचाउनु भएका गीतहरु गुनासो, नरुने मन, हिसाब किताब, मनको दियो, पुरानो याद, प्रदेशी प्यारा, प्रदेशिको माया, प्रदेशिको प्रखाई ,दुखी रहने मन, आमा तिम्रो दुधको भारा, यसै हारी गए, बैरागिले गाउने गित खोटो भाग्य जस्ता ३ सय माथि धेरै गीत छन । अझ अब रुकुमको स्थानीय सिङ्गारु गितले नि मनोरञ्जन दिने प्रयास गर्दै छु एउटा सिङ्गारु त बजारमा छ “बैरागिले गाउने गित वा खोटो भाग्य युटुबमा सर्च गर्नु भो भने आउँछ ।

कति बर्षको हुनु भयो?
२३ पुगेर २४ बर्षको को यात्रामा छु । यो जीवन अब अर्धबैशेकाल तिर जाने बेला भयो

पछिल्लो चरणमा कलाकारिता छेत्रमा बिकृती फैलियको जस्तो छनी ?
हजुर हल्का बिकृती छ यो डिजिटल मार्केटले गर्दा हो अब बिस्तारै निराकरण हुने तरखरमै छ ।

पछिल्लो चरणमा के छ अबको तयारी ?
तयारी विभिन्न गीत रेकर्ड मै छन कति संगीत गरेका, कति गाएको छु कति शब्द कोरेको छु स्टुडियो मै काम जारी छ । यहाको माया साथले हो ।

अब बाकी जीवन कसरी बिताउने सोचमा हुनुहुन्छ ?
म हिजो देखि आज सम्म आज देखि भोलि सम्म यहि गीत संगीतमा हुने छु । तपाईं सम्पुर्ण कला प्रेमी लोक प्रेमी मनहरुको मायाको कारण यहि क्षेत्रमा केही गर्ने सोचमा छु । नया नया फरक सिर्जना ल्याउने गाउने प्रयास मै छु । मेरा धेरै जस्तो सेन्टिमेन्टल गीतहरु छन अब केही फास्ट केही संगीत र गाउने पनि सोच छ । अन्त्यमा, यो सुअबसरको लागि पत्रिका सम्पादक मेगराज खड्का, मेरो कुरा पत्रिकामा ल्याउनमा भुमिका खेल्ने तपाई सुबास बटाला लगायत आहा सञ्चार परियारलाई अन्यबाद दिन चाहान्छु । त्यसका साथै मेरो सबै सुबेच्छुक सबैलाइ सम्झेको छु । मेरा आउने धेरै गीत छन युट्युव तथा सामाजिक सन्जालमा सर्च गरि सुन्दै हेर्दै जानू होला । प्रस्तुती  : सुवास बटाला

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto