आहा संचार संबाददाता
धनमाया स्मृति प्रतिष्ठान नेपाल रुकुमको पहिलो साधरण सभा मुसिकोट नगरपालिकामा सुरु भएको छ । प्रदेश नम्वर ५ कि प्रदेश सभा सदस्य आशा स्वर्णकारले साधरण सभाको उद्घाटन गरिन । साधारण सभामा बोल्दै प्रदेश सभा सदस्य आशा स्वर्णकारले प्रतिष्ठानको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । महिलाको अधिकारको लागि प्रतिष्ठानले महत्वपुर्ण काम गर्दै आएको र बाँकि दिनमा पनि महिला अधिकारको लागि काम गर्नेमा आफु बिश्वस्थ रहेको बताईन । २०७४ साल भदौमा स्थापना भएको प्रतिष्ठानले रुकुम (पश्चिम) र रुकुम(पुर्व) दुबै जिल्लामा स्थानीयतहमा शाखा बिस्तार गरेको प्रतिष्ठानले बताएको छ । सधारणसभामा प्रतिष्ठानले आफ्नो आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ ।

election adv.

प्रतिष्ठानले ३५ हजार आय, ५५ हजार ७ सय ५५ व्यय र २० हजार ७ सय ५५ ऋण रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको छ । साथै संस्थाको बार्षिक प्रतिबेदन संस्थाकि संस्थापक अध्यक्ष मिलन खड्काले प्रस्तुत गरेकी थिईन । प्रतिष्ठानकी सस्थापक अध्यक्ष मिलन खड्काको अध्यक्षतामा भएको साधारणसभामा ५ नम्वर प्रदेशकी सदस्य आशा स्वार्णकार, जिल्ला समन्वय समिति सदस्य टेकबहादुर ओली, कोष लेखा तथा नियन्त्रण कार्यलयका प्रमुख ईस्वरिप्रशाद ढकाल, जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । प्रतिष्ठानकी उपाध्यक्ष कमला रोकाको स्वागत मन्तव्य रहेको साधारणसभाको संचालन सचिव ईन्द्रिरा बिएमले गरिन थिईन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto