जयमान बुढा मगर
रोल्पा थबाङ गाउँपालिका १ स्थ्ति वीर बलभद्र माध्यामिक विद्यालयले शिक्षालाई प्रबिधिमैत्री बनाउन गत भदौ १ गते देखि फ्रि वाइफाई र डिजिटल हाजिर सञ्चालनमा ल्याएको छ । साविकको जिल्ला शिक्षा कार्यालय रोल्पाको ६ लाख अनुदान रकमले डिजिटल हाजिर, डिजिटल बोर्ड २ ओटा, प्रोजेक्टर २ ओटा, साउण्ड सिस्टम १, ल्यापटप र इलाइबेरी लगाएतको सामाग्री खरिद गरिएको विद्यालयले जनाएको छ । नेपाल सरकार, नेपाल दूरसञ्चार प्राधिकरण ग्रामीण शाखाले दिएको जिम्मा अनुसार वल्ड लिंक कम्युनिकेशनले फ्रि वाईफाई २ बर्ष सम्म जडान गरिदिएको छ । बाल विज्ञान तर्फको प्रयोगात्मक शिक्षा र डिजिटल हाजिर, वाईफाईले विद्यालयलाई थप व्यवहारीतामा जोड्दिएको विद्यालयले जनाएको छ । उक्त विद्यालयमा कक्षा नर्सरी देखि १२ कक्षा सम्म पठनपाठन भै राखेको छ । यस विद्यालयमा कक्षा नर्सरी देखि १० कक्षा सम्ममा अंग्रेजी माध्याममा पढाई भैराखेकोमा विद्यार्थी संख्या ७ सय रहेका छन् । अभिभावकहरुको बोर्डिङ विद्यालयमा बढी खर्चमा पनि आष्र्कशन भै राखेकोेले कम खर्चमा नै पढाई दिने उद्देश्यले अंग्रेजी माध्यम गरिको प्राध्यानाध्यपक ओलीले बताए । यसै बिच विद्यालयले तरकारी तथा च्याउ खेती उत्पादन गरिराखेको छ । शिक्षालाई प्रयोगात्मक बनाउनुका साथै आयस्रोत बृद्धि गर्नका लागि उक्त कार्य सुरु गरिएको विद्यालयका प्राध्यानाध्यपक कुल बहादुर ओलीले जानकारी दिए । थप प्राविधिक शिक्षाको रुपमा सञ्चालित बाल विज्ञानमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रयोगात्मक कक्षाको रुपमा विद्यालयको जग्गामा च्याउ र तरकारी खेती गरेको हो ।
२०७३ साल देखि कक्षा ९ बाट सञ्चालित गरीएको बाल विज्ञान कक्षा अहिले कक्षा ११ सम्ममा पदाई भै राखेको छ । पहिलो बर्षमा २९ जना, दास्रो बर्षमा ३२ जना र अहिले तेस्रो बर्षमा २६ जना विद्यार्थीले अध्ययन गरि राखेको छन । गत जेष्ठ पहिलो हप्ता देखि प्रयोगात्मक शिक्षा विद्यार्थीलाई दिने उद्देश्यले च्याउ खेती सुरु गरिएको विद्यालयले जनाएको छ । अमेरिकी नागरिकले विद्यालयलाई ३ लाख रकम सहयोग गरेकोमा त्यस रकमले च्याउ खेती सुरु गरिएको छ । पहिलो पटक क्यान नामक च्याउ परालमा साढे ५ सय पोका च्याउ लगाएको थियो । २५ दिनमा तयार हुने र एक पटक लगाएको पोकामा ३ पटक सम्म उम्रीने गरेको ओलीले बताए । जसमा एक पटकको एक पोकामा ३ किलो सम्म च्याउ उत्पादन हुने गरेको छ । पहिलो पटकमा ३ हजार ५ सय किलो च्याउ उत्पादन भएको छ । जसमध्येमा १ हजार ५० किलो मात्र च्याउ बिक्री भएको छ । १ किलो च्याउलाई १ सय ५० रुपयाँमा बिक्री गरिएको छ । च्याउ उत्पादन गरिए पनि च्याउले बजार नपाएर कुहुएर गएकोमा प्राध्यानाध्यपक ओलीले गुणासो गरे । आउदो समयमा तराउट जातको माछा पाल्ने सोचमा विद्यालय रहेको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto