जयमान बुढामगर
भूमे
रुकुम पूर्व भूमे गाउपालिकाले दोस्रो गाउँ सभा अधिबेशनले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि साढे ३१ करोड बराबरको बजेट सहितको नीती तथा कार्यक्रम पास भएको छ । १५ असार गाउँ सभा अधिबेशनमा पेस भएको नीति कार्यक्रम तथा बजेट मंगलबार बाट शुरु भएको दोस्रो गाउँ सभा अधिबेशन शुक्रबार पास गरेको हो ।
भूमे गाउपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा कृषिलाइ लिएको छ । अर्गानिक उत्पादन भूमेको पहिचान भन्ने नारालाइ सार्थकता दिई ७५ प्रतिशत बिउमा अनुदान दिने, अण्डा, मासु र दूधमा आत्मनिर्भर हुन पशुजन्य उत्पादन प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम लिईएको छ । संभाबित क्षेत्रहरुमा नमूना भेडा, बाख्रा कुखुरा, बंगुर, गाई्भैंसी फर्महरुलाइ प्रोत्साहन कार्यक्रम ल्याइने भूमे गाउपालिकाको नीति तथा कार्यक्रमा रहेको छ । निरन्तर शिक्षा सबैका लागि शिक्षा कार्यक्रम सहित वडाका बिद्यालयहरुलाइ उत्कृष्ट छनोट गरि शिक्षकलाइ प्रोत्साहन गरिने नीति तथा कार्यक्रमा ल्याएको छ । स्वास्थ्य, ग्रामिण सडक, खानेपानी, बिद्युत तथा सिचाइ नीति तथा कार्यक्रममा रहेको छ । दोस्रो गाउँ सभा अधिबेशनबात नै दुई बिधेयक पास गरेका छन । जसमा गाउपालिका विपत जोखिम न्युनिकरण बिधेयक २०७५ र अनाथ तथा जोखिममुक्त बालबालिकाहरुको लागि संरक्षण बिधेयक २०७५ रहेको छ ।
दोस्रो गाउँ सभा अधिबेशनमा बोल्दै गाउपालिकाका अध्यक्ष रामसुर बुढा मगरले वडाका निर्बाचित जनप्रतिधिहरुलाइ समृद्ध तथा नमुना भूमेको लागि आआफ्नो गाउँ ठाउका भैरहेका बिकासको सहि अनुगमन गरि आफ्नो काममा लाग्न जनप्रतिनिधिलाइ निर्देशन समेत गरेका छन ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto