ज्ञानु गौतम
रुकुम २१, असार : भोली देखि शुरु हुने रुकुम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आ–आफ्नो प्यानले घोषणा गरेर दुवै समुहले प्रचार प्रसारलाई तिब्रता पारेका छन । नयाँ नेतृत्वका लागि वर्तमान महासचिव नबराज गिरी र कोषाध्यक्ष राजन पुनले दलबलका साथ विभिन्न बजार क्षेत्रमा पुगेर आफ्नो समुहलाई मत मागिरहेका छन । प्रगतिशिल प्यानलले मुसीकोट नगरपालिकाको खलंगा, सल्ले, बागबजार, सोलावाङ, बैगारीठाटी, सानीभेरी गाउपालिकाको सिम्ली, लगाएका ठाउँमा प्रचार प्रसार अभियान सकेको प्रगतिशिल प्यानलका महासचिव पदका उम्मेदवार धनबहादुर खड्का वसन्तले जानकारी दिए । पुनको उक्त प्यानमा प्रथम उपाध्यक्षमा कर्णबहादुर ओली, द्धितिय उपाध्यक्ष तुलसीराम बुढाथोकी, महासचिव धनबादुर खड्का बसन्त, सचिव शुशिल गौतम र कोषाध्यक्षमा दिलिप थापाले उम्मेदवार छन ।

election adv.

यस्तै गिरीको समुहले छुट्टै प्रचार समिति गठन गरेर सबै बजार क्षेत्रमा प्रचार प्रचारप्रसार गरेको प्रचार विभाग प्रमुख समिरजड्ड मल्लले जानकारी दिए । आफुहरुले व्यापारीहरुसंग आफ्नो समुहको एजेण्डा बारे जानकारी गराउने र मत माग्ने काम भइरहेको बताएका छन । रुकुम उद्योग वाणिज्य संघको निर्वाचका लागि जिल्लाभर एक हजार दुई सय ७४ मतदाता रहेका छन । तर रुकुम उद्योग वाणिज्य संघको १२ औं अधिवेशनको लागि चुनाव प्रचार प्रसारमा रहेको सयुंक्त प्यानललाई झट्का लागेको छ । नवराज गिरी नेतृत्वको सयुक्त प्यानलको तर्फबाट प्रथम उपाध्यक्षका उम्मेदवार भाने विष्टले आफु उक्त प्यानलमा नरहेको घोषणा गरेका छन । आफूनो इच्छा नहुदाहुदै पनि जवरजस्ती प्रथम उपाध्यक्षको उम्मेदवार बनाइदिएकाले आफ्नो उम्मेरद्धारी फिर्ता लिएर राजनकुमार पुन नेतृत्वको प्रगतिशिल उद्योगी व्यवसायिक प्यानललाई समर्थन गरेको बताएका छन । विष्टले सयुक्त प्यानलको भ्रममा नपर्न सबै उद्योगी, व्यवसायी तथा व्यापारीहरुलाई अनुरोध समेत गरेका छन ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto