Home मुख्य समाचार रुकुमको बोरागाउँमा ट्याक्टर दुर्घटना, ३ जना घाईते

रुकुमको बोरागाउँमा ट्याक्टर दुर्घटना, ३ जना घाईते

5006
0

सुवास बटाला
रुकुम २१, असार : रुकुम पश्चिमको सदरमुकाम नजिकैको बोहरागाउँमा केहि बेरअघि ट्याक्टर दुर्घटना भएको छ । रुकुम खलंगाबाट सोलाबांग तर्फ गैरहेको लु ३ च, ८२१२ नम्बरको ट्याक्टर बोहरागाउँको दाउरीकाट्ने मोडमा दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाईते भएका छन । ट्याक्टर घाँसको बिरुवा र कुखुराको दाना लिएर सोलाबांग जाँदै गरेको थियो । प्रहरी टोली घटनास्थलमा जादै गरेकोले घाईतेहरुको बिवरण र घटनाबारे थप जानकारी आउन बाँकी छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here