Home आहा बिचार ह्याँती गर्ने कुरा : चटारो

ह्याँती गर्ने कुरा : चटारो

212
0

एमएल ओली
“अरुलाई क्याजत्या घर ज्वाँइलाई खानाउ हत्तारो” भन्दाइनी मान्सा जातलाई जैलै पनि चट्टारो पर्ने गत्र्यो भन्नु हुन्च । यो साल ता तमाँइको दशैंलाई पनि चट्टारो पर्रियोछ हेर्नोई । कति हत्तारिनु प¥याउ होला ? आदि वर्खामै आइकिन मुल्कलाई चट्टारोमैै मान्नु पर्लास्तो छ हजुर । ह्याँ, कतै पैरो झर्न, कतै गारी चर्न, कतै बेसीं झर्न हत्तारै हत्तार । त्याँमाँत्ति झन चाटपर्व मध्ये दशैंको आत्तुरी ता क्यार्न कुरा गर्ने हो र ? सगरलाई पानी झार्न, किसानीलाई धान झार्न, साधुलाई केश छार्न, मिस्त्रीलाई सुन खार्न, स्त्रीलाई भान्सा टार्न, हुट्हुटी हुँनाहुँनै मान्नुपर्ने वाध्यता आई लाक्च क्यारै । कोइलाई जोत्न, कोइलाई पोत्न, कोइलाई पुग्न, कोइलाई झुक्न, कोइलाई कमाउन, कोइलाई रमाउन, कोइलाई समाउन, कोइलाई आसिक दिन, कोइलाई आसिक लिन हत्तारो हेर्नोई । तमाँइको चट्टारोलाई गडबड्डी बाइक आत्तुरी, हत्तारो, आत्तुर, हड्बडी आदि भनिन्च गरे ।
“सा न कुसायो पिरालु टुसायो” भन्दाइनी यो बेलाँनु दशैंको चट्टारोलाई हेर्दारी अच्चम र उद्देक मान्नेहरू पनि हुनुपर्च । अइचेल जतातत्तै चराउने भन्दा चर्नेलाई हत्तारो हुने गर्च हेर्नेई । जम्मैलाई घर पुग्ना लागि गारी चर्न हत्तारो होला । बराठै कोइलाई माथ्थि चर्न कोइलाई तल झर्न चट्टारो होला । गरीपलाई भन्दा तमाँइका साउलाई ज्यादा हत्तारो देखिन्च । गारीलाई झन कति हत्तारो छ कति ? यल्ले मान्सहरू कोईलाई सिट्नु बसालिकन, कोइलाई उभ्याइकिन सकुशल सप्पैलाई घर घर पु¥याउन आत्तुरी हुन्च । कुरा ग¥यो कुरैको दुःख भन्दाइनी ता भइयो आँनी । ह्याँ यस्तै छ कोइलाई घाट्टैघाट्टा । कोइलाई हो र फाइदैफाइदा भन्नु हुन्च । हज्जारौं खर्च गर्कन सयौं दक्षिणा पाउनेले क्यार्न निको मान्लान । गारिभित्र मान्समात्ति मान्स कोच्चाकोच गर्कन साउलाई धनी बनाउन पनि चट्टारै छ दुन्यालाई । अच्चमौं मर्नु दुई सिट्नु चारले, चार्नु आठले र आठ्नु सोह्रले भर्यान्चन । तमाँइको गारी पनि कति बल्यो भयाउ हो ? जत्तिलाई पनि केई नमान्कन खुरुक्कै बोकेल्च भन्नु हुन्च । खइर त्यो जाब्बो रुप्यापैसो ता तमाँइका हात्तौं मयल ता हो । तेख्खो क्या भुटो हुँदो भुट्टो ता तमाँइको आसिकौं प हुन्च भन्नु हुन्च । चट्टारोमै काई कोइलाई चट्टारिनेस पनि लाइन्च होला । हत्तारो ता तमाँइको आसिकौं प हुन्च हेर्नोई ।
“घर्नु कामकाजौं भर्ताल क्या कस्तो छ ? भन्नेहरू अइचेल धेरै भेटिन्न ।” भन्नेहरू पनि मस्तै हुन्चन हेर्नोई । अरुलाई द्या पन्तै कामौं चट्टारोलाई ज्यादा ध्यान दिनै हुन्न । किन तो भन्दारी तमाँइको शरील खियान्च गरे । कोइलाई ओक्याउने, कोइलाई झोक्याउने र कोइलाई जाइन्या कोक्याउने चट्टारो हुन्च गरे । यत्ति मात्रै क्यार्न होला र कोइलाई फद्दाउने, कोइलाई मत्ताउने, कोइलाई छट्टाउने, कोइलाई ठोक्काउने, कोइलाई बोक्काउने, कोइलाई हुत्याउने, कोइलाई भुत्याउने र कोइलाई लत्याउने, कोइलाई सत्याउने, कोइलाई डल्याउने, कोइलाई थल्याउनेस्ता लक्षिण देख्यापच्ची तमाँइको चट्टारो लाइयोछ भन्कन जान्दारी केई फरक नपर्च होला । हत्तारो पनि कत्ति हुनु प¥याउ होला दात्तौं ? कोइलाई लुकाउने, कोइलाई झुकाउने, कोइलाई चुकाउने, कोइलाई सुकाउने, कोइलाई ओक्काउनेउ हत्तारो हेर्नेई । कमाउने, कजाउने र जमाउने भन्दा तमाँइको रमाउने तथा समाउनेउ चट्टारो बर्ता हुन्चस्तो देख्याउछ पछिल्लो चरणन्नु । किसानीलाई बारीयौं, जोगीलाई दारीयौं, भैसीलाई पारीयौं, बेउलीलाई सारियौं, नेत्तालाई बोट्टौं, बेपारीलाई नोट्टौं, राज्जालाई कोट्टौं, रैतीलाई गोठ्ठौं चट्टारो हुन्च गरे । भोक्कालाई भुस्सौं, भ्रष्टलाई घुस्सौं, रोगीलाई जिउको, जोग्गीलाई घिउको अल्तै हत्तारो हुन्न भन्चन मुल्कले । जत्तन गर्ने नगर्ने सप्पैका आङ्नु घाम लाग्ने चट्टारो सूज्यलाई नभ्याउ काँ हो र बादल्लाई घाम छेक्ने हत्तारो नहुँने भया भन्नु । मिठो खाइकिन क्यार्ने छेर्नेउ हत्तारोले अत्याल्च क्यारै । मुस्सीलाई थैला काट्ने, साधुलाई टुप्पी बाट्ने हत्तार हुन्च गरे भन्चन हँइन्तो ? कोइलाई भोग्ने, कोइलाई टोक्ने, कोइलाई ठोक्ने, कोइलाई बोक्ने, कोइलाई त्याक्ने, कोइलाई जमाउने, कोइलाई थमाउनेउ हत्तारो होइन्च । क्यार्ने हो र ? कोइलाई लेख्ने, कोइलाई देख्ने र कोइलाई टेक्ने झट्टारो भइरन्च गरै । तेई भइकिन ता यस्तो गीत उब्ज्यिाउ हुनुपर्च ः “ढाँका टोप्पी शिर्रैमा ढल्कियो, थारो गोठ्नु ढारे पो पल्कियो ।” ह्याँत्ती गर्ने कुरा धेरैलाई धेरैको चट्टारो होला । जल्लाई ज्याको चट्टारो भएता पनि इमान, जमान र नैतिक जोगाउने चट्टारो कोइले नर्सिनु क्यारै । घाँटी हेरी हारछाला निल्ने कोशित गरेल्नु क्यारै । चटारोमै सप्पैलाई बडा दशैं लगाइता चाटपर्वौ शुवकामना छ । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here