Home आहा बिचार राष्ट्रियता, देशभक्ति र स्वाभिमान

राष्ट्रियता, देशभक्ति र स्वाभिमान

225
0

उपेन्द्रलाल कामी
बिषय प्रवेश
करिव ..देखि ….औं शताब्दीमा किराँतकाल, लिच्छिवीकाल, मल्लकाल हुुदै शाहकालसम्म आइपुग्दा नेपाल राष्ट्र निर्माणको क्रम बिकाससंगै पृथ्वी नारायण शाहको नेतृत्वमा भएको नेपाल राष्ट्रको एकीकरण अभियानको सफल समापन भयो । तत पश्चात लोकतान्त्रिक ब्यवस्था स्थापनार्थ भएका बि.सं. १९९६ सालदेखि यता २००७, २०३६, २०४६, २०५२(६२, र २०६२(६३ देखि २०७२ सम्मका जनक्रान्ति, जनयुद्ध, जनआन्दोलन, मधेश, जनजाती, दलित, महिला लगायत पहिचान र अधिकारमा आधारित बिभिन्न वर्ग, जाती, क्षेत्र, लिङ्ग र समुदायका आन्दोलनहरुको समुच्च रुपको प्रतिफल स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्रको संबिधान निर्माण तथा राज्यको पुर्नसंरचना हो । यद्देपी यस ब्यवस्थाभित्र सम्बोधन हुन नसकेका महत्वपूर्ण मुद्दाहरु र पुरानै प्रवृत्तिका बिकृति एवं बिसंगतिहरुले गर्दा हजारौंको वलिदानीबाट प्राप्त गरेका उपलब्धीहरुमाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।
बिगतदेखि आजसम्म हाम्रो नियति भनौं या बिडम्बना के भएको छ भने राजनैतिक तथा सामाजिक परिवर्तनको आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरुको रक्षा, प्रयोग र बिकास गर्ने सन्दर्भमा गम्भीर त्रुटीहरु हुँदै आएका छन् । राजनैतिक ब्यवस्था परिर्वनमा महत्वपूर्ण भूमिका खेलेका मान्छेहरुलाई पाखा लगाउने र परिवर्तन बिरोधीहरुले नै पुनः अवसर लुट्ने खालको दुष्चक्रबाट नेपालको राजनीतिले फड्को मार्न सकेन । जसले गर्दा कामगर्ने कालु र मकै खाने भालुको नेपाली उखान राजनीतिमा चरितार्थ भएको छ । राज्य ब्यवस्था परिवर्तन भएपनि जननिर्वाचित शासकहरुको कामगर्ने शैली, क्षमता र इमान्दारीताको अभावमा उत्कृष्ट प्रणाली भनिएको संघीय लोकतान्त्रिक गणतन्त्र नै बाँदरको हातमा नरिवल जस्तै भएको छ भने राजनीतिक ब्यवस्था परिवर्तनसंगै जनताको सर्वाङ्गिन अवस्थामा परिवर्तन नहुँदा कागलाई बेल पाक्यो हर्ष न बिस्मात जस्तै भएको छ । हाम्रा बीर पुर्खाहरुले निकै ठुलो त्याग, तपस्या र वलिदान गरेर आर्जेका उपलब्धीहरुमाथि किन मुभिर मान्छेहरुको मात्र रजाइ हुनेगर्छ ? कसैको लागी यो देश स्वर्ग जस्तो र कसैको लागी यो देश नर्क जस्तो किन भइरहेको छ ? सबै जाती, भाषा, धर्म, संस्कृतिको फूलवारी भनिएता पनि ब्यवहारतः किन एकल जातीको भाषा, धर्म, संस्कृति लादिएको हुन्छ ? राष्ट्रिय, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, देशभक्त र स्वाभिमानको परिभाषा कसैका लागी सस्तो, कसैका लागी जटील र कसैका लागी अज्ञेय किन भइरहेको छ ? यसकै जवाफ खोज्न र आफैबाट शुरु गर्नको लागी स्वाभिमानको सोधकर्ताको हैसियतले बिषय बस्तुको उठान गरिएको छ ।

(क) के हो राष्ट्रिय र राष्ट्रियता ?
हाम्रो समाजका विद्वान, राजनैतिक बिचारक तथा बिश्लेशकहरुले राष्ट्र र राष्ट्रियताको बारेमा धेरै चर्चा परिचर्चा गरिसकेको बिषय हो । तथ्यलाई तन्काएर धेरै ब्याख्या बिश्लेशन गर्न आवश्यक पनि छैन । मात्र यसलाई सरलीकृत गर्न खोजीएको कुरा के भने कुनैपनि देशको भुगोलभित्र मानव जातीको बसोवास नभइ त्यो राष्ट्र हुदैन । एउटा देशभित्र बिभिन्न भुभागमा बसोवास गर्ने मानिसहरु मध्ये आफ्नै खालको साझा भुगोल, भाषा, धर्म, संस्कृति, अर्थप्रणाली र सामुहिक मनोबिज्ञान भएका मानव जातीको समुहलाई राष्ट्र अर्थात जाति भनिन्छ । जसलाई अंग्रेजीमा Nation पनि भनिन्छ । यो सब्दको ब्यापक प्रयोग लेनिनको नेतृत्वमा भएको अक्टोवर क्रान्तिपछि बिभिन्न मनोबिज्ञानबाट बिभक्त भएका स साना राष्ट्रहरुलाई आत्मनिर्णयको अधिकार (अर्थात छुट्टिन समेत पाउने अधिकार) सहित रुसमा मिलाएर सोभियत संघ निर्माण गरेपछि ब्यवहारिक अभ्यासबाट स्थापित भएको मान्यतासंगै बिस्तार भएको सब्द हो ।
एउटा देशको भु भाग भित्र आफ्नै खालको भुगोल, मौलिक भाषा, धर्म, संस्कृति, अर्थप्रणाली र मनोबिज्ञान भएका जातिहरुको अवस्था तथा ब्यवस्थालाई राष्ट्र (जाति) को रुपमा परिभाषित गरिसकेपछि एक जातिले अर्को जाति÷समुहको सह(अस्तित्व स्वीकार एवं सम्मान गर्दै परस्पर सहयोग, सद्भाव र भावनात्मक एकता कायम गर्ने बिषय नै राष्टूीयता हो । राष्टू र राष्टूीयता मौलिक पहिचान सहितको स्वशासन, स्वायत्तता र आत्मनिर्णयको अधिकारमा आधारित हुन्छ । त्यो भनेको ठाऊँ, समय र परिस्थिती बिशेषमा मात्र लागु हुन्छ । अन्धराष्टूवाद अर्थात अन्धजातिवादमा आधारित भएर हुबहु लागु गर्न खोजियो भने राष्टू र राष्टूीयता नै धरापमा पर्दछ । तसर्थ यो राष्टू र राष्टूीयताको सवाल अत्यन्तै सम्वेदनशील भएर बुद्धिमतापूर्ण ढंगले उठान गरेर उचित ब्यवस्थापन गर्नुपर्ने बिषय पनि हो ।

(ख) देशभक्तिका सूचक के(लाई मान्ने ?
देशभक्ति राष्टूीयता भन्दा अझै माथि उठेको चेतना हो । यसको मतलव राष्टूीयताको मर्मलाई छोडेको भन्ने होइन । सच्चा देशभक्तिले मात्र राष्टूीयताको रक्षाका लागी महत्वपूर्ण भूमिका खेल्न सक्छ । देशभक्तिलाई बहुरंंगी फूलवारीको मालीको रुपमा पनि परिभाषित गर्न सकिन्छ । बहुरंगी फूलवारी राष्टूीयता हो भने फूलवारीको रक्षक देशभक्ति हो । सच्चा देशभक्तिले मात्र देशभित्रको बहु जाति, भाषा, धर्म, संस्कृतिको विविधतालाई स्वीकार एवं सम्मान गर्दै अनेकतालाई एकताको शुत्रमा जोडेर सुन्दर देश निर्माणको लागी महत्वपूर्ण भूमिका खेल्छ । समाजमा हुने असमानता, बिभेद, अन्याय, अत्याचारका बिरुद्धमा मात्र होइन बैदेशिक हस्तक्षेपका बिरुद्धमा र राष्टूीय स्वाधीनताको पक्षमा देशभक्तिपूर्ण भावले मात्र आफुलाई द¥होसंग उभ्याउन सक्छ । देशभक्तिपूर्ण चेतनाले मात्र राष्टूीय हितलाई सर्वोपरी मानेर छिमेकी देशहरुसंग सह(अस्तित्वको आधारमा समदुरीको मित्रताको सम्बन्ध कायम गर्नसक्छ ।
देशभक्तिको परिभाषा र ब्यवहार सापेक्ष हुन्छ, निरपेक्ष हुदैन । सापेक्षता हुन्छ भन्ने नाममा देशभक्तिका आधारभूत मूल्य(मान्यताहरुलाई कुल्चेर पनि अगाडि बढ्न सकिदैन । बिविध जात(जाति, भाषा, संस्कृति र राजनैतिक पार्टीको बिचारभन्दा माथि उठेर राष्टूीय एकता, अखण्डता र सार्वभौमसत्ता सम्पन्न स्वाधीन राष्टू निर्माणको सोंच र कार्यशैली नै देशभक्तिपूर्ण भावको सूचक हो । देशभक्तिपूर्ण भावले आफ्नै देशभित्र हुने बिविध खाले असमानता, बिभेद, अन्याय, अत्याचारका बिरुद्ध संघर्ष गर्ने मात्र नभइ समता, भातृत्व, सामाजिक सद्भाव र राष्टूीय एकतालाई मजबुत पार्न ब्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिएको हुन्छ । राष्ट्रको उन्नती एवं प्रगतिका लागी देशभक्ति सदा चिन्तनशील र क्रियाशील भइरहेको हुन्छ राष्टिय हित बिपरितका देशी बिदेशी अराष्ट्रिय तत्वहरुको चलखेलप्रति सधैं चनाखो भएर देशभक्तिपूर्ण भावले सच्चा पहरेदारको भूमिका खेलिरहेको हुन्छ । आर्थिक सम्बृद्धि र दीगो बिकासका लागी प्राकृतिक श्रोत साधनहरुको दोहन गर्ने मात्र होइन, उचित संंरक्षण र सदुपयोग गर्नमा बिशेष जोड दिनु पर्दछ भन्ने मान्यता देशभक्तिपूर्ण भावमा अन्तरनिहित हुन्छ । बिदेशी सामान,संस्कृति र प्रबिधिको आयात गरेर देशको पूँजीलाई बाहिर पठाउने मात्र होइन राष्ट्रिय उत्पादनमा बृद्धि गरेर मौलिक पहिचान सहितको बस्तुहरु निर्यात गरि बिदेशी डलर भित्र्याउनु पर्दछ भन्ने मान्यता देशभक्तिपूर्ण भावमा हुन्छ । आफ्नो देशको हित अनुकुल काम गर्दै जाँदा अन्य देशको सार्वभौम सत्तामाथि आँच पु¥याउने काम देशभक्तिपूर्ण भावले कदापि गर्दैन । किन कि सबै देशका नागरिकहरुलाई आफ्नो देश उत्तिकै प्यारो लाग्छ भन्ने कुरालाई राम्ररी मनन गरेको हुन्छ ।

(ग) राष्ट्रिय र देशभक्तिसंगै स्वाभिमानको अपरिहार्यता
राष्ट्रिय र देशभक्ति भाव भन्दा अझै माथि उठेको र यि दुवैलाई जोड्न गतिशिल पुलको भूमिका निर्वाह गर्ने समुन्नत चेतना नै स्वाभिमान हो । देशमा स्वाभिमानी नागरिकहरुको संख्यामा गुणात्मक बृद्धि भए राष्ट्रिय स्वाधीनताको रक्षा गर्न र सार्वभौमसत्ता सम्पन्न राष्ट्र निर्माण गर्नका लागी कुनै दशक पर्खेर बस्नुपर्ने अवस्था हुदैन । हामीले चाहेको सुशासन, समावेशीता, सम्बृद्धि र समाजवाद स्वाभिमानको चेतनास्तर बृद्धिबाट मात्रै प्राप्त गर्न सकिन्छ ।

स्वाभिमान भनेको यस्तो दृष्टिकोण हो जुन दृष्टिकोण सुक्ष्मदर्शी र दूरदर्शी दुवै हुन्छ । अर्थात स्वाभिमानले सबैभन्दा सुक्ष्म बिषयलाई पनि हेर्न र अध्ययन गर्न सक्छ भने सबैभन्दा सुदुर भविष्य पनि देख्नसक्ने क्षमता राख्दछ ।
स्वाभिमान बिना राष्ट्रीयता र देशभक्तिको कुनै औचित्य हुदैन । किन कि स्वाभिमानले मात्र राष्ट्रीयता र देशभक्तिको भावलाई जागृत गर्ने र जागृत भावनाको उर्जालाई विवेकपूर्ण ढंगले ब्यवस्थापन गर्ने क्षमता राख्दछ । स्वाभिमानले मानिसका सामुहिक जीवनपद्दतीलाई सम्मान गर्छ भने हरेक ब्यक्तिका नीजि इच्छा आकांक्षा, बिचार(भावना र स्वत्वमाथि कहिल्यै पनि हस्तक्षेप गर्दैन । अध्ययनमा अणु परमाणु, क्वार्क देखि पृथ्वी, अन्तरिक्ष, सौर्यमण्डल हुदै ब्रम्हाण्डसम्म पुग्ने कुरामा स्वाभिमानले अवरोध होइन उत्प्रेरणा प्रदान गर्छ । स्वाभिमानले तथ्यबाट सत्यको खोज गर्दा परिवार र समाजबाट मात्र होइन संंसारका मान्छेहरुबाटै एक्लै हिड्न परेपनि हिड्न तयार हुन्छ तर खोजबाट प्राप्त गरेको उपलब्धी कहिल्यै पनि एक्लै उपभोग गर्दैन । सत्यताको बाटोमा एक्लै हिड्दा स्वाभिमान कहिलेकाँही परिवार, समाज र राष्ट्रबिरोधी जस्तो देखिन सक्छ तर प्रकृति, बिज्ञान र मानवता बिरोधी स्वाभिमान कहिल्यै पनि हुनै सक्दैन । किन कि स्वाभिमानको सैद्धान्तिक आधार मानवतावाद हो । मानवतावाद विश्व मानवजातिको जीवन दर्शन हो । मानवतावादमा अहिंसा, शान्ति, सम्बृद्धि, समता, भातृत्व, सहअस्तित्व र स्वाभिमानका आयामहरु जोडिएका हुन्छन् । स्वाभिमान बिनाको राष्ट्रीयता र देशभक्ति अन्धराष्ट्रबाद या उग्रराष्ट्रवादमा परिणत हुन्छ । राष्ट्रीयता र देशभक्तिपूर्ण भावको बिकृत हुनु भनेको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि गम्भीर संकट सृजना गर्नु हो । तसर्थ स्वाभिमान राष्ट्रीयता र देशभक्तिपूर्ण भावको समुच्चता तथा अपरिहार्यताको अन्योन्याश्रित बिषय हो भन्दा अतिशयोक्ति नहोला ।

उपसंहार
राष्ट्रियता, देशभक्ति र स्वाभिमानलाई हाम्रो संवेग, भावना र बिचारसंग तुलना गरेर उदाहरण दिन सकिन्छ । राष्ट्रीयता हाम्रो संवेग जस्तै हो जुन समय, परिस्थिती र घट्ना बिशेषबाट स्वस्फुर्त रुपमा उत्पन्न हुन्छ । समय, परिस्थिती र घट्ना बिशेषले हाम्रो चेतनामाथि कस्तो प्रभाव पार्छ संवेगले त्यस्तै प्रतिक्रिया जनाउछ । जस्तै कसैले आफुलाई अपमान ग¥यो भने आक्रोसको संवेग उत्पन्न हुन्छ । बिभिन्न अवस्थाका घट्नाहरुबाट फरक(फरक संवेगहरु उत्पन्न भएका हुन्छन । त्यसैले राष्टूीयता उत्पन्न संवेगहरुको विविधता जस्तै हो । जुन अत्यन्तै संवेदनशील हुन्छ । देशभक्ति हाम्रो भावना जस्तै हो जसमा इच्छा, संवेग र अनुभूतिको संयोजन भएको हुन्छ । जस्तै राष्ट्रीयताको संंवेग उत्पन्न भयो भने देशभक्तिपूर्ण भावनाले गहिरो अनुभूति गर्छ र इच्छाले केही गर्नको लागी प्रतिबद्ध बनाउछ । स्वाभिमान बिचार जस्तै हो जुन असाध्यै गतिशील हुन्छ । बिचारले भावनात्मक संवेगहरुलाई ब्यवस्थापन गरे जस्तै स्वाभिमानले राष्टूीयता र देशभक्तिपूर्ण भावलाई समुचित ढंगले परिचालन एवं ब्यवस्थापन गर्नमा निर्णायक भूमिका खेल्दछ । त्यसकारण राष्ट्रीयता, देशभक्ति र स्वाभिमानलाई अलग थलग रुपमा होइन सिङ्गो शरीर संचालनको लागी मष्तिष्क र मुटुको रक्तसञ्चार प्रणालीको रुपमा बुझेर लागु गर्न जरुरी हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here