Home आहा बिचार ह्याँती गर्ने कुरा : डर

ह्याँती गर्ने कुरा : डर

263
0

एमएल ओली
हेर्दारी दुई अक्षरे भयता पनि यल्ले मुल्कलैलाई तर्साल्च । “तर्साउने, भयाउने र छल्नेछाम्नेले भेट्च एक्लै रातबिरात्नु नहर्नु । साँज्जौं बेला अर्काउ, ब्याँनौं बेला आफ्नो ।” उइलै चेत पाउने ताक्नु ठूल्ठाल्या मुख्नुमाँट्ट सुन्नित्या यस्ता ज्ञानगुणका कुराकानीहरू । यिनी कुराकानीहरू तमाँइको डिम्याकमा सेप्या हुन्रैचन हेर्नोई । कोइदिन हर्दाहर्दै दिन बुरिकिन डाँरा पल्नाँपट्टि गइन्त्या चाँरै । जत्ति तन्क्यिा पन्तै तमाँइको हर्ने बाटो छोट्टिया भन्नु । “आँपूmत्ता भौतिकवादी पर्रियो” भन्दै तमाँइको ठूल्लैमान्नाउ मुटु बनाइकिन हर्दारी पनि क्या ला र ? त्यस्ता ठाउँठर्नु पुग्दारी तमाइँको भौतिकवादी टाउकी फुल्लिकिन अजङक्को होइन्च भन्नु हुन्च । आखिरीमा यस्तो क्यार्न हुन्च ? भन्ने खुल्दुल्लि लाग्नु स्वभाबिक्कै हो । तमाँईको मनुख्या चोला डरौं पोक्को ल्याइकिन जम्र्याउ ता भइयो हेर्नोई । डर बिन्नाउ गन्तव्यई नाई, जाँत्ती पुग्या पनि डरैडर । तमाँइको डर भन्याउ क्या जात रइच भन्नेहरूलाई यस्को मानिक्या खोल्दारी नाम्रै होलास्तो लायो । डर तमाँइका मन्नु उत्पन्न हुने त्यस्तो संवेक हो जल्ले वीर तथा मावीरहरूलाई सिमेत थल्याल्च क्यारै । डर कुनै भयङ्कर वस्तु देखेर वा खराबीको आशङ्काले मन्नु उत्पन्न हुने भाव, भय, त्रास आदि हो । यस्तैउस्ले गर्दारी कोइकोइले डरछेरुवासम्मन भनिमाङेल्च ।

डरले कसैलाई फाइदा गर्च भन्या कसैलाई अफाइदा गर्च । नडर्नेले जबरजस्ती डर भकाल्च हेर्नोई । डर्नेहरूलाई डराउने स्वभावको, साह्रै काँतर र भीरु भन्नियान्च । डरौं पजपट्टि पन्तै भाँतीभाँतीयौं हुन्रैच हेर्नोई । तेल्ले गर्दारी तमाइका हाकिमी पिउनदेखि डराउने, मर्दहरू स्त्रीदेखि डराउने, मान्स मान्सदेखि डराउने, बन्दुक बन्दुकखेखि डराउने, आग्गो पानीदेखि डराउने ठर्राे । कोइखो ज्यानै डरलाग्दो हुन्च । तामाँइको जिउदै मुस्सो छोप्नेस्तो मान्सदेखि मान्स तर्सनेई भो । जम्र्या दिनदेखि नम¥या दिनसम्म डरौं कुटिरो हराँन्न क्यारै । डरलाग्दो, डराउने, भइयाउने, तर्साउनेस्ता तमाँइका डरका लक्षिण हुन । ह्याँ डर कल्लाई छैन र ? जर्मिने, जर्माउने, बाँच्ने बजाउने, पिट्ने पिटाउने, कुट्ने कुटाउने, फुट्ने फुटाउने, जुटेने जुटाउने, लुट्ने लुटाउन, भुट्ने भुटाउने, लर्ने लराँउने, भाग्ने भगाउने, फस्ने फसाउने, घस्ने घसाउने, कस्ने कस्साउने कत्ति हो कत्ति ? यत्तिका लक्षिण हुने यो डर कइल जर्मियो होला भन्ने खर्दाल खुर्दुल लाग्नु पनि स्वभाविक्कै नहोला र ? डर्रा ज्ञाताहरू भन्चन “प्राण्ीयौं जर्मसँङै तमाँइको डर पनि जम्र्यान्च हो गरै ।” आँज नपत्याउने भया कम्पनिलाई सोद्धा पनि क्या फरक पर्ला । उइल फुर्नुभन्दा अइलौं डर अल्लि कर्रो मान्निन्च हेर्नोई । हाम्लाई हाम्री जेइले घाँसकाट्ता काट्तै जर्माल्तिन । अचेल जर्मिनेहरूलाई पनि त्यस्तै गरी जर्मिनुपर्च भन्नु ता भइन क्यारै । जोहोस् अइचेल जर्मिने र जर्माउनेहरू सिमेतलाई डरै छ तेइभइकिन ता वर्थिङ घर्नु नगइकिन करै छ ।
घर्नु आउने अतिथि तमाँइका पाउनापाछीहरू ख्वाउनेलाई पनि डरै छ । मिठ्ठोमस्नो ख्वाउदारी छेरपात्तिले भेट्ला भन्ने डर, नमिठ्ठो ख्वाउदारी खर्चपर्र्च उफ्रेला भन्ने डर । माज्जो होला र ? डरले शुख्ख मन्ले हुन्ना खान दिन्च र ? अल्लि ढुक्कसित्त डर नलाग्नेरी खाने मद्याउ खान्की तमाँइको घुसपिस्सै ता थ्यो र । आच्चिकाल तेइलाई सिमेत डर लाग्न लाइयो छ भन्नु हुन्च । अइला कान्मुनले घुसपिस खानेखिलाउने दुइटैलाई गराचारी मान्नेल्च । हो तेइहुनाले ता तमाँइको सर्वाबर्वा हुँदारी राज्जीखुशीसित्त चापानी चखाउन पनि थरथर्याई लाइन्च गरै । पार्नेलाई डरै, परउनेलाई डरै छ । यस्सो हेरी गुनी ल्याउदारी डर बिन्नाउ संसार कतै नभ्यास्तो छ । सुन्ने, सुनाउने, भन्ने भनाउने, बोल्ने, बोलाउने, चल्ने चलाउने, ढल्ने ढलाउने, गल्ने गलाउने, छार्ने छराउने, उच्चिने उचाल्ने, लर्ने लराउने सप्पैलाई डरै छ । डरलाई तमाँइका गाइकले गीतैमाँट्टै यस्तोरी पोख्खेल्चन “सर्ताङ गर्च सुर्तुङ गर्च त्यो ता तर्साउनेई हो, घरको मालिक निसापीले लौरो बर्साउनेई हो ।” मायाप्रीती गाँस्न पनि डरै, माँस्न पनि डरै, सुक्कसित जिउन पनि डरै, हिसाप, पिसाप र निस्साप छिन्न पनि डरै । जा माँज्जा अच्चमए नि ?

उइलैका दिन्नु मान्स जर्माउने कम्पनिलाई सारै रर लाइछ ररसित्तै डर पनि सात्तै जर्मियोछ । त्याँमाँट्ट मर्चई भन्ने डरले अठ्याल्यो छ । डरकै बीचमाँट्ट हुर्कियाउ जवान तन्नेरीले जर्माउनेलाई सिमेत मारेल्चई भन्ने डरले हत्तो हैरान पार्रेल्यो छ गरे । तेई भइकिन उइलैमाँट्ट तमाँइको डरले नाल गाँस्कन आइयो छ । वास्तवमा भन्ने हो भन्या तमाँइको डर अज्जमरी भइयो छ । बाँच्नेलाई मात्रै होला र ? मर्नलाई पनि डरै हुन्च क्यारै । जित्नेलाई हारौं डर हार्नेलाई जितौं डर, साउलाई असामीयौं डर असाँमीलाई साउको डर र स्यानालाई ठूलाउ डर ठूल्लालाई स्यानाउ डर हेर्नोई । यो संसार डरैडरमा अर्याउछ । तमाँइको डरलाई हाम्रो संस्कार, संस्कृति र परम्परा हो भन्दारी पनि नफरक पर्ला । डर सम्बन्दमा एउटो किस्सा पनि सुन्नेलौं ः एक दिन एउटो शासी मान्स मर्ने भन्कन अँध्यारो रात्नु ठूल्लै काँक्को सल्काइकिन जंगलतिर लागि छ । बाट्नु बट्वासित जम्का भेट भइछ । “काँ जान ला को यस्तो चकमन्न अँध्यारोमा ?” बाँच्नेले प्रश्न सोदेछ । प्रति उत्तरमा मर्नेले भने छ “मर्न जाँदै छु ।” बाँच्नेले भनेछ “हैन मर्नलाई पनि क्यार्न यस्तो राँक्को चाइयो र तम्लाई ? बरु त्यो मलाई देउ होई ? म बाँच्न चान्चु घरसम्म पुग्न कस्तो डर लाक्च ?” यो कुरा सुन्कन मर्नेले भने छ “अँ द्यादेई हो यो तमीलाई । बाट्नु हर्दारी मङन बागभालु, साँपसप्पेउलो, मँइमसान, भूतप्रेत, काक्सोबोक्सोले मा¥यो भन्या क्यार्ने ?” तेई भइकिन “बाँच्नेलाई भन्दा मर्नेलाई डर” भन्ने आँन उब्ज्यिाउ ठर्च । ह्याँत्ती गर्ने कुरो, डर तमाँइको मित्र शक्ति र चाइरने भ्याउ हुँनाले धपाउने नभइकिन जोगाउने जुक्ति खोज्दारी कस्तो होला ? समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here