Home मुख्य समाचार स्यार्पुताल कृषि सहकारीको साधारणसभा सम्पन्न

स्यार्पुताल कृषि सहकारीको साधारणसभा सम्पन्न

245
0


आहा सञ्चार संबाददाता
स्यार्पुताल कृषि सहकारी संस्थाको ७ औ बर्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले बार्षिक आय, ब्यय प्रस्तुत गर्नुका साथै नयाँ नीति तथा कार्यक्रमहरु पनि पारित गरेको छ ।

कृषि सहकारी मार्फत आगामी दिनहरुमा पनि स्यार्पुतालमै माछाका भुरा उत्पादनलाई निरन्तरता दिने, डुंगा व्यवस्थित तरिकाले संचालन गर्ने, सहकारीको भवनलाई थप व्यवस्थित गर्दै आम्दानीको रकमबाट शेयर सदस्यलाई १ लाख सम्म ऋण दिने ब्यवस्था गर्ने बताएको छ । सहकारीले युएमएन रुकुम क्लष्टर र नेपाल जनजागरण मञ्चको सहयकोगमा माछापालन र भुरा उत्पादन लगायतका कार्यक्रमहरु अघिल्लो आर्थिक बर्षमा गरेको थियो । सहकारीका अध्यक्ष प्रकाश केसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here