Home मुख्य समाचार क्रान्तिकारी र समाजबादी बिद्यार्थीको सयुक्त माग

क्रान्तिकारी र समाजबादी बिद्यार्थीको सयुक्त माग

270
0

आहा सञ्चार संबाददाता
अखिल क्रान्तिकारी रुकुम पश्चिम र समाजबादी बिद्यार्थी युनियन रुकुम पश्चिम रुकुमेली शिक्षा क्षेत्रको समस्यका मुद्धामा एकमत भएका छन । शिक्षा क्षेत्रमा बिकृति देखिएको भन्दै तत्काल सुधार गर्न सयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरि आह्वान गरेका छन । पत्रकार सम्मेलन मार्फत अखिल क्रान्तिकारीका संयोजक प्रेम प्रशान्त बोहरा र समाजबादीका संयोजक नबराज बुढाको संयुक्त सयुक्त हस्ताक्षर भएको प्रेस बिज्ञप्ती पनि जारी गरिएको छ । जसमा रुकुमको शैक्षिक क्षेत्रमा देखिएको बिकृतिहरुको उल्लेख गर्दै सुधारका लागि चरणबद्ध आन्दोलनका कार्यक्रमहरु पनि घोषणा गरिएको छ । अखिल (क्रान्तिकारी ) रुकुम (पश्चिम)ले यसअघि पनि विभिन्न ११ बुदे माग सहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो ।

त्यसका सम्बन्धीत सरोकारवाला निकायहरुले खासै चासो नदेखाएकोमा गम्भीर ध्यानकर्षण गर्दै उक्त विज्ञप्तीको मर्म र भावनालाई पकड्दै बिभिन्न माग र संघर्षका कार्यक्रमहरु सहित अखिल (क्रान्तिकारी) रुकुम (पश्चिम) र समाजवादी विद्यार्थी युनियन रुकुम (पश्चिम) संयुक्त रुपमो विज्ञप्ती सार्वजनिक गरिएको उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरुमा रहेको चर्को शुल्क बन्द गर्न, प्रक्रिया पुरा नगरि खोलिएका कलेज, इन्स्टिच्यूट, ट्युशन सेन्टर तथा शैक्षिक माफियाहरुलाई सामाजिक तथा कानुनी कारबाहि गर्न, शिक्षा बैज्ञानिक र गुणस्तरीय बनाउन र चाड पर्व नजिकिदै गर्दा बजारमा हुने महंगी , कालोबजारी र अनियमिततालाई रोक्न प्रत्येक पसलहरुमा मुल्यसूची राख्न पनि सरोकारवालालाई अनुरोध गरिएको छ । जसको दवाब दिन बिभिन्न संघर्षका कार्यक्रमहरु घोषणा समेत गरेको थियो ।

हेर्नुहोस बिस्तृत जारी गरिएको प्रेस नोट

संयुक्त प्रेस विज्ञप्ती
मिति ः– २०७६÷०५÷२५
प्रिय पत्रकार बन्धुहरु,
विगत लामो समय देखि नेपाली जनताले ठुलठुला क्रान्ती, जनसंघर्ष, जनयुद्ध र जनआन्दोलन गर्दै आइरहेका छन । भने त्यक्तिकै मात्रामा नेपाली जनताले धोका गद्यारी र प्रतिक्रान्ती पनि ब्यहोर्नु परेको छ । फलस्वरुप युगिन रुपान्तरणको सननिकट पुगेका आन्दोलन तथा क्रान्ती असफल भै देश र जनताहरु यथास्थिथती र प्रतिगमनमै रुलमुलिनु परेको छ । त्यस्तै सात दशक लामो विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र आन्दोलनलाई थप उचाई प्रदान गर्न प्रगतिशिल, देशभक्त, क्रान्तीकारी तथा जनतान्त्रीक विद्यार्थीहरु अनवरत रुपमा अविचलित ढंगले निरन्तर संघर्षको मैदानमा संघर्षरत भैरहेको कुरा अवगत नै छ ।
मिति २०७६ साल भाद्र १३ गते अखिल (क्रान्तिकारी ) रुकुम (पश्चिम)ले विभिन्न ११ बुदे माग सहित प्रेस विज्ञप्ती सार्वजनिक गरेको थियो । त्यसका सम्बन्धीत सरोकारवाला निकायहरुले खासै चासो नदेखाएकोमा गम्भीर ध्यानकर्षण गर्दै उक्त विज्ञप्तीको मर्म र भावनालाई पकड्दै तपशिलका माग र संघर्षका कार्यक्रमहरु सहित अखिल (क्रान्तिकारी) रुकुम (पश्चिम) र समाजवादी विद्यार्थी युनियन रुकुम (पश्चिम) संयुक्त रुपमा यो विज्ञप्ती सार्वजनिक गर्दछौ । साथै यी मागहरुको कार्यन्वयनमा सहयोग गर्नको लागि सम्पूर्ण बुद्धिजीवि, शिक्षक, अभिभावक, कर्मचारी, पत्रकार र विद्यार्थी लगाएत सबै जनसमुदायलाई आर्दिक अपिल गर्दछौ ।

मागहरु ः
१. शिक्षा नागरिकको मौलिक तथा नैसर्गिक अधिकार भएकोले कुनै पनि बाहानामा शिक्षा बाट बञ्चीत गर्न पाईदैन । नेपालको संविधान २०७२ को धारा ३४ को उपधारा (१) र (२) मा समेत उल्लेख भए अनुशार प्रा.वि तह देखी माध्यामिक तह सम्मको निशुल्क शिक्षाको ब्यबस्थाको खिलाफमा सामुदायीक विद्यालयहरुमा मनपरि विद्यार्थीहरुबाट यो या त्यो बाहानामा चर्काे शुल्क असुल गरिरहेका छन । संविधान जारी भएको ४ वर्ष वितिसक्दा पनि भविष्यका कर्णाधार विद्यार्थीहरुको मौलिक हकको हनन् गर्ने कथित दुई तिहाईको कम्यूनिष्ट नामधारी सरकार(स्थानिय) र शैक्षिक संस्थाहरुलाई विद्यार्थीहरुको भविष्यसंग खेलवाड नगर्न गम्भीर ध्यानकर्षण गर्दछौ ।
२.भर्ना शुल्क, कोचिङ शुल्क, मासिक शुल्क, बार्षिक अभिभावक शुल्क, परिक्षा शुल्क, स्टेशनरी शुल्क, संगित शुल्क, खाजा शुल्क, यातायात शुल्क, अतिरिक्त क्रियाकलाप शुल्क आदि ईत्यादि शिर्षक –उपशिर्षकमा एकिकृत चर्काे शुल्क असुल गरि विद्यार्थी तथा अभिभावकलाई चन्दा दाता बनाईएको छ । यसले गर्दा गरीविका कारण शुल्क बुझाउन सकेन वा केहि ढिला भयो भने कुनै पनि मानविय भावना समेत नराखी विद्यालयमा जानबाट रोक्ने, परिक्षा शुल्क नतिरेको रहेछ भने परिक्षा अबधिभर विद्यार्थीहरुलाई मानसिक टचर दिने तथा परिक्षा दिन रोक्ने, परिक्षा दिइसकेको रहेछ भने रिजल्ट रोक्ने जस्ता क्रुद्ध ब्यबहारको शिकार सुन्दर भविष्य बोकेका विद्यार्थीहरुलाई बनाउन पाईदैन । त्यस्ता हर्कतहरु तत्काल रोकियोस ।
३. प्रक्रिया पुरा नगरि खोलिएका कलेज, इन्स्टिच्यूट, ट्युशन सेन्टर तथा संस्थागत विद्यालय नामधारी पसलहरु बन्द गरियोस । साथै शैक्षिक दलाल तथा माफियाहरुलाई सामाजीक तथा कानुनी कारबाहि गरियोस ।
४. सामुदायीक विद्यालयको शिक्षालाई गुणस्तरिय, वैज्ञानिक, रोजगारमूलक, व्यबसायीक, उत्पादन मुखी तथा प्रभाबकारी बनाउनको साथै सामुदायीक विद्यालयहरुमा रहेका सम्पूर्ण विकृती विसंगतीहरुको अन्त्य गरियोस ।
५. प्राविधिक शिक्षा अध्यन हुने सामुदायीक विद्यालयहरुमा शुल्कमा एक रुपता ल्याउनुको साथै वैज्ञानिक शुल्क निर्धारण, मापदण्ड अनुरुप प्रयोगात्मक सामाग्रीहरु तथा पुस्तकालयको व्यबस्थानि गरियोस ।
६. शिक्षा, स्वास्थ्य, मनोरञ्जन, यातायात तथा पेट्रोलियम पदार्थमा विद्यार्थीहरुलाई दिइनु पर्ने सहुलियत तत्काल कार्यन्वयन गरियोस ।
७. २१ औ शदाब्दीको विज्ञान र प्रविधिको दु्रत विकास तथा युगको आवश्यकता अनुशार समाजवादी शिक्षा नीति तथा खाका तयार गर्दै तत्काल शिक्षालाई समान, निशुल्क र सर्वसुलभ बनाईयोस ।
८. सार्वजनिक शिक्षाको स्तर उन्नती गुणस्तर बृद्धि र आम जनताको विश्वसनियता सहितको आकर्षणका लागि सरकारी तथा सार्वजनिक पद धारण गरेका जुनसुकै तह र तप्काका पदाधिकारीका परिवारका सदस्य तथा सन्तानलाई अनिवार्य सामुदायीक विद्यालयहरुमा पठनपाठन गराउनु पर्ने बाध्यात्मक नीति निर्माण गरि अविलम्ब लागु गरियोस ।
९. सामुदायीक विद्यालयको सम्पत्ती सार्वजनिक गरि यदि सामुदायीक विद्यालयको सम्पत्ती हिनामिना भएको भए १५ दिन भित्र विशेष छानविन गरि सामाजीक तथा कानुनी कारबाहि गरियोस ।
१०.नीतिगत रुपमै व्यवस्था गरिएको संस्थागत विद्यालयहरुले विद्यार्थी संख्याको आधारमा (५०० सम्म विद्यार्थी हुनेले १० प्रतिशत, ५०० देखी ८०० सम्म हुनेले १२ प्रतिशत, ८०० भन्दा माथी हुनेले १५ प्रतिशत) उपलब्ध बनाउनु पर्ने छात्राबृत्ती उपलब्ध गराएका छैनन् । छात्रावृत्तीको नाममा आफ्नै छोराछोरी वा स्टाफका छोराछोरी वा राजनैतीक आस्थाका नेताहरुका छोराछोरीहरुलाई राखेर छात्राबृत्तीको मापदण्ड पुरा गरेको भन्न मिल्दैन । छात्रावृत्ती वितरण गरेको छ भने स्थापना काल देखी हाल सम्मको वितरण गरेको सूची तत्काल सार्वजनिक गरियोस ।
११. कुनै पनि देशको संमृद्धिको मुल आधार शिक्षा नै हो । कुनै देशको संमृद्धि कस्तो छ भन्ने कुरा त्यस देशको शिक्षा प्रणालीमा भर पर्दछ । त्यसकारण नेपालको शिक्षा प्रणाली परम्परागत तथा अब्यबहारिक छ । राज्यले शिक्षामा लगानी गरेर शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गर्ने परम्परागत प्रणाली तथा प्रकृयालाई सुधार गरेर दक्ष, सक्षम, जनशक्ति उत्पादन गर्ने स्वरोगजारमुलक शिक्षा प्रणालीको विकास गर्न ठोस नीति तथा कार्यक्रम बनाई स्थानिय तह देखि नै लागु गरियोस ।
१२. शिक्षा क्षेत्रको विकृती विसंगतीको मुल कारण शिक्षामा दलालिकरण, राजनीतिकरण र भ्रष्ट्रीकरण नै हो । जसको कारणले शिक्षा जस्तो संबेदनशिल क्षेत्रमा राजनैतीक आस्थाका आधारमा अयोग्य शिक्षक नियुक्त गर्ने, आस्थाकै आधारमा विद्यालय प्रधानाध्यापक, वि.व्य.स अध्यक्ष नियुक्त गर्ने, विद्यार्थीहरुलाई परिक्षा केन्द्रित अध्यापन गराउने, आस्थाका आधारमा विद्यार्थीहरुको मुल्याङ्कन गर्ने जस्ता क्रियाकलाहरु अविलम्ब बन्द गरियोस ।
१३. चाड पर्व नजिकिदै गर्दा बजारमा हुने महंगी , कालोबजारी र अनियमिततालाई रोक्न प्रत्येक पसलहरुमा मुल्यसूची राखीयोस र सरोकारवाला निकायहरुले नियमित रुपमा ब्यबस्थित अनुगमन गर्ने गरियोस ।
१४. हाल सम्म विद्यार्थी संगठनहरु र राज्य पक्ष विच भएका सहमति र सम्झौताहरुको खोज गरि अक्षरशःकार्यन्वयन गरियोस ।

संघर्षका कार्यक्रमहरु
१. २०७६ भाद्र २५ गते पत्रकार सम्मेलन
२. २०७६ भाद्र २६ र २७ गते पर्चा वितरण
३. २०७६ भाद्र २८ गते जि.प्र.का, जि.शि.इ.स.का, गा.पा÷न.पा शि.शा कार्यालयहरुमा सचेत पत्र बुझाउने ।
४. २०७६ भाद्र २९ गते प्रश्नपत्र बुझाउने ।
५. २०७६ भाद्र ३० गते सरोकारवालाहरु वीच अन्तरक्रिया कार्यक्रम ।
६. २०७६ भाद्र ३१ गते जिल्लामा सभा गर्ने ।

उल्लेखित मागहरु पुरा नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गरि मागहरु कार्यन्वयन गराउन अविचलित रुपमा आन्दोलित रहनेछौ ।
……………….
संयोजक
नवराज बुढा
समाजवादी विद्यार्थी युनियन रुकुम (पश्चिम)

………………
संयोजक
प्रेम प्रशान्त बोहरा
अखिल (क्रान्तिकारी ) रुकुम(पश्चिम)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here