Home मुख्य समाचार मोवाईल पसलबाट समान चोरी गर्ने पक्राउ

मोवाईल पसलबाट समान चोरी गर्ने पक्राउ

1191
0


आहा सञ्चार संबाददाता
रुकुम पश्चिम सदरमुकाम खलंगाको एक मोवाईल पसलबाट सरसमान चोरी गर्नेलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले आज पत्रकार सम्मेलनको आयोजना गरि चोरी भएका समान र ब्यक्तिलाई सार्बजनिक गरिएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका १ तल्लो बजार स्थित करण मोवाईल सेन्टरको रातीमा ताला तोडफोड गरि चोरीगर्नेलाई पक्राउ गरिएको हो । १६ बर्ष मुनिको बालक रहेका कारण उनको नाम ठेगाना गोप्य राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काका अनुसार समान चोरी भएको २४ घण्टा भित्रै समान सहित ब्यक्तिलाई पक्राउ गरिएको बताए ।

चोरी गरेर रुकुम पूर्वमा गएर गुलिछिपि बसेका उनलाई प्रहरीको बिशेष टोलीले पक्राउ गरेर रुकुम पश्चिममा ल्याएको हो । उनले चोरी गरेका बिभिन्न ४० प्रकारका मोवाईल लगायतका अन्य बिभिन्न ईलेक्ट्रोनिक सामाग्रीहरुको अनुमानित मुल्य ३ लाख बढी रहेको ब्यापारीले बताएका छन । उनलाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गरेर थप अनुसन्धान भैरहेको बताईएको छ ।
हेर्नुहोस यस्तो छ यस सम्बन्धी प्रहरीले सार्बजनिक गरेको प्रेस नोट र चोरी भएका समानहरुको बिवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here