Home आहा बिचार सभ्यता : ह्याँती गर्ने कुरा

सभ्यता : ह्याँती गर्ने कुरा

189
0

एमएल ओली
ऊनताक्नु त्यसको खुप्पै चर्चा थ्यो । त्यो बेला समय, परिवेश र अवस्थाले प्राणी मध्येयौं श्रेष्ठ मानिन्त्यो । पइला पइला गाउँघर्नु, सरबजान्वा चोकचोकनु र गल्लीगल्लीनु, हल्लीहल्लीकिन ढुक्कसित हर्न मिल्त्यो हेन्नोई । सप्पैका मुख्नु “अतिथि देवो भव” मन्तर टाँस्याउ हुँन्त्योे । सप्पैमाँट्ट नीती, निम, रीतिथिति र संस्कारौं परिपाल्ना हुँन्त्यो । उन्ताक्नु अतिथि पाउनापाछी आउँदारी झेज्जिने, रिस्सिने, प्वाँक्किने, स्वाँक्किनेहरू पनि अल्ता त्योर्ने कुर्रै नाई । पाउनाहरूमाँट्ट पन्तै कुनै नाइनास्ति नहुँने गरे हेन्नोई । कन्जुस्याँई नमानीकन मन्वा बिलौना ओइरिन्ते गरे । यत्ति मात्रै काँ हो र ? ज्ञानगुण, आनव्यान तथा सिलुकशास्त्र सुन्न पाइन्त्यो । जुकजमाना पनि चानचुने भया भन्नु माज्जो होल्ला र ? कुन्नानु थुप्रो परिकन कति कन्दाऊ ।

अइल ता तमाँइको सव्यताले पनि फट्को मारेल्योछ भन्नु हुन्च ।
कोई ट्याम्नु इतिहास कोर्ने वीरपुरुषका गाथा सुन्ने सुनाउनेहरूऔं ताँत्ती हन्ुत्यो होला । त्यो ताँत्तीले वीरौ पाइलो खोज्ने कोशित पनि नग¥याउ भया भन्नु । कोशित गर्दागर्दै कोइखो धोत्ती टुप्पी ता कोइखो जाइन्या मोत्तीले ढुक्टी भर्रियो होला । रिसराक मान्कन क्यार्ने “तात्तो पान्ले घर जल्दैन रिस्सैले पुक्तैन ।” भन्दाइनी भयानभयाउ रिस रोप्कन शत्रुऔं सङ्क्या बराउन ता भइन ग्यारै । तेई चानसमा गाइक्कौंं नजरले टिप्पेल्यो भन्या ता क्यार्न भन्ने हो र ? गाउँघर, सरबज्जार, देशविदेश जत्तातत्तै घन्क्यान्त्योे क्यारै । तमाइँको गीद पनि उइमाँफ्फियौं हो र ? “चिर्याको धोत्तीले ढोक्याको, ढोक्या पनि पिर्यालाई देख्याको, बोल्नै नहुँने, दन्तै ताला लाया पन्तै ओट्ले टोक्याकोे ।” सव्यताले पाइरा छा¥यो माकुरी जालो भँैm भित्र भाइर जतातै ढोकने टालो नै । हेर्नेहरू भन्दा तमाँइका छेर्नेहरू दङ्ङै । अइलौं सव्यता प सव्यता उलौं सव्यता क्या सव्यता ? उन्ताक्न्वा कल्लाकार पनि कत्ति चन्नाल हेन्नोई । तमाँइका पौना देख्दारी उल्लै “तँ हान्यास्तो गर, म रुयास्तो गर्चु” होइजाने भन्चौं ।

गाउँगाउँनु तमाइँका पाइला टेक्दारी “भरान्नु उत्तानो पर्या काठ्या ठेक्की भराँनहरूले आँशुस्वा निवेदन दाखिला गर्चन्” हेन्नोई । “ह्याँ रप्ट्या र सिस्याहरूले हाम्लाई खेद्न लाइल्या । हाम्रो मर्कालाई मद्यनजर गर्दै दूदौं दूद र पानीयौं पानी छुट्याई पाउँ ।” भन्ने बेउराऔं निवेदनले न्याई परिषद्तलाई निस्साप फट्र्कानाउ साराबारी भन्चौं । शर बजार्नु तमाइँको पाउ टेक्तारी भाषा, साहित्य, कला र संस्कृतिले गुनासो पोक्छन् हेन्नोई । “सव्यता संस्कृति हाम्रो, सप्पैको साजा हो, गीतको टुक्का मीठो पार्ने गाजा र बाजा हो ।” गरिप्पा छोर्छोरीले दबे¥र्या थाङ्नाले इज्जेत राख्तारी सौका¥र्या साक्का सन्तानले विदेशी लत्ता च्यात्कन लाज्जा छेउती घिन्लाक्तो हेन्नोई । तमाइँको लाज मुस्साले ढोक्यास्तो भुन्नु हुन्च । गँवाले कुरा सुन्दारी तमाँइको मुहारले अच्चमै मान्नेल्च होला । “चिन्नु न जान्नु ढुङले हान्नु” भन्दाइनी खप्पेरो चिर्कने मार्त हेन्नोई । यो कुरो जान्क्यार कत्तै सव्यता भित्र पर्च पर्दैन खोई ? बिचारा जोग्गिया घरन्वा सन्यासी पाउनालाई क्या था ? सव्यता विरोदीले नौजाल्या बाइफसङ्ङाउ मान्क्या नहुँने भया भन्नु ।

सव्यता पनि कस्तो छट्टाउ हो गाँठ्यौ ? जुकजमाना, चालाचलन, भाषाभेष, रीतिरिवाज, संस्कार र संस्कृतिलाई सिमेत कराप्पेल्च हेन्नोई । तमाँइको सव्यतालाई क्या जातले मिच्यो ? ह्याँन्नु निम, कान्मुन, सव्यता, संस्कार, संस्कृति र मोल्यमान्नेता चाप्नेहरूलाई बादुर मानिन्च । यस्ता उट्पट्याङ्हरू आजभोली सुन्ने सुनाउने कोल्लाई कर छ र ? उजुरी गर्दारी उल्टो बाजुरी होला भन्ने डर हुइन्च भुन्नु हुन्च । निसाप निर्खादारी पिसाप थुन्नेला भन्ने सन्ताप हेन्नोई । तमाँइको नइयाँ भोटो लाइकिन पुरानो बाटो हर्दारी भित्रैमाँट्ट जुठ्ठोपिठ्ठो र कुचिलबिचिल वाटरले चोख्याइन्च । पपित्र जल्लले सिँन्चाइदारी ठिकठिक्याई र भिकभिक्याई लाक्ने कुर्रै भइन ग्यारै । अइचेल्ला धुपले न कइखो रुप सुक्ला न त कसैको कुर्ता जल्ला भन्ने सुर्ता हेन्नोई । बाट्नु वा सरक्नु कसेरपात र फोरमैला जत्ति फ्याँक्यो उत्ति तमाँइको पैचान हुँने रइच भुन्नु हुन्च । फुर उचाल्ने कर्मचारीयौं पनि रोचगार मिल्ने फुर फाल्नेलाई पन्तै सम्मान पाइने हेन्नोई । फुर पन्तै तात्तो याम्मा शिल्तास्तो चिस्सो याम्नु ताप्पस्तो प्यारो हेन्नोई । ह्यात्ती गर्ने कुरो, फोर्नु मोर मिस्सयाउ हुन्नाले अरुवा उल्का–बिल्का पच्छी लइकिन बौमूल्या मोर माँस्ने करामत नगर्दारी नाम्रो । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here