Home आहा बिचार मानव वेचबिखन तथा ओसारपसार नियन्त्रणको अवस्था

मानव वेचबिखन तथा ओसारपसार नियन्त्रणको अवस्था

120
0

परिभाषा
मानव बेचबिखन तथा ओसारपसार एक बिश्वब्यापी समस्या हो । यसलाइ जघन्य अपराधको रुपमा लिइन्छ । कुनै पनिउदेश्यले मानिस किन्ने वा बेच्ने,कुनै प्रकारको फाइदा लिइ वा नलिइ वेश्या वृतिमा लगाउने वा अन्य मुलुकमाबिक्रि बितरण गर्ने प्रचलित कानुन बमोजिमबाहेक झुक्याएर अंगझिक्ने वा वेश्यागमन गर्ने कार्यलाइ मानव बेचबिखनर्काय भनिन्छ । भने मानव ओसारपसार भनेको मानव किन्ने बेच्ने उदेश्यले मानिसलाइ विदेशमा लैजाने, वेश्यावृतिमा लगाउने वा शोषण गर्ने उदेश्यले कुनै प्रकारले ललाइफकाइ प्रलोभनमापारी, झुक्याइ, करकाप गरी ,अपहरण गरि,शरिर बन्धक राखि, वेहोस पारी, डर,त्रास,धम्कीदिइ कसैलाइ वसिरहेको घर स्थानवा ब्यक्तिवाट छुटाइ लग्ने वा एक ठाउँ वाट अर्को ठाउँमा वाविदेशमा लैजाने वा कसैलाइदिने कार्यलाइ जनाउछ । सन २००२ मा काठमाण्डौमा सम्पन्न सार्कको एघारौ शिखर सम्मेलनवाटपारित महिला तथा वालवालिका बेचबिखन बिरुद्धको सार्क महासन्धी २००२ लाइ २०६३ भाद्र २० गतेका दिन तत्कालिन ब्यवस्थापिका संसदवाट अनुमोदन भएपछि सोहीदिनको स्मरणमा २०६४ सालभाद्र देखि प्रत्येक वर्ष भाद्र २० गते का दिन मनाउन लागिएको, यस वषर््ाको तेह्रौ राष्ट्रिय दिवसको नारा “सरकारको प्रतिवद्धता मानबबेचबिखनतथाओसार पसार नियन्त्रणमा हामी सवैको एक्यवद्धता”तय गरिएको छ ।
ऐतिहासिक पृष्ठभुमी
नेपालमा प्राचिन समयमा मानव बेचबिखन सम्वन्धी अपराध खासगरी राजा,महाराजाहरुले दरवारमा केटी सुसारे ढाइ आमाआदीको नाममा केटीहरुलाइ राख्ने र ल्याउने देखि बिकसित भएको अपराधको सुरुवात हो । २००७ सालको क्रान्ती पछि राणाहरुको बिघटनसँगै यो अपराधले भारतीय यौन वजारमा प्रवेश पायो । २०४७ सालभन्दा अगाडी राहदानीलिने दिने कडाइका कारणले गर्दा भारतीय यौनवजारमामात्रयसको फैलावट रहेकोमा २०४६ सालपछि राहदानी वितरणमा आएको खुकुलो पनको कारणले विदेशमामयानपारको रुपमा मान्छेहरु वाहिर पठाउने नाममा नेपाली चेलीवेटीहरु एसिया, अष्टेलियामा समेत विभिन्न वहानामा यौनवजार, यौनशोषण गर्ने समस्याले अन्तराष्टिय स्वरुपलिदै आएको छ । हाम्रै आन्तरिक एरियाहरुमा खुलेकाक्याविन रेष्टुरेन्ट, डान्स रेष्टुरेन्ट, डिस्को ,मसाजपालर,हरुमा चेलिहरुलाइ जवरजस्ती झुक्यानमापारी घुमाउरो पाराले यौनशोषण गराउने गरिन्छ । नेपालमा यस्तो किसीमको गम्भिर अपराधलइराज्यले प्रथम पटक मुलुकी ऐन १९१० वाट नै मानव बेचबिखनगर्ने कार्यलाइ रोक लगाएको थियो । तत्कालिन प्रधानमन्त्रीचन्द्र शमशेरको पालामा नेपालमा दास प्रथाउन्मुलनगर्ने घोषणा समेत भएको थियो ।त्यस्तै मुलुकीऐन २०२० जारी पश्चात उक्त ऐनमाछुट्टै महल खडा गरि जिउमास्ने बेच्नेको महलअन्र्तरगत दण्डनिय अपराधमानेको थियो । यस अपराध लाइअझ कडा कानुनी कारवाही गरि उपचार दिलाउनजिउमास्ने बेच्ने कार्य नियन्त्रण ऐन २०४३ निर्माण गरि यो अपराधलाइबिशेष अपराधको रुपमावर्गिकरण गरेको थियो । हालउक्त ऐनलाइखारेज गरि मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ लागु रहेको छ ।
मानव बेचबिखन तथा ओसारपसार हुनुका कारणहरु
गरीवी, बेरोजगारी, अशिक्षा, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, छोराछोरी विचको भेदभाव र वालविवाह, घरेलुहिसां हेला ज,अप्रयाप्त तथा फितलो कानुनी ब्यवस्था, खुला तथा अनियन्त्रित वजार, वढदो शहरीकरण, उच्चजिवनस्तरको चाहना र साथीसँगीहरुको प्रलोभन । हामीले तथ्याकंहरु हेर्ने हो भने प्रत्येक वर्ष नेपालवाट १० देखि १२ हजारको संख्यामा बेचविखनमा परेको देखिन्छ । दलालहरुले फकाउनको लागि चेलिवेटिका नजिकका नातेदार मार्फत लोभ लालचा देखाउनुको साथै घुम्ने रमाइलो गर्ने राम्रो रोजगारको आश्वासनदिने र धोकादिने मनसायले प्रेमविवाहगरि वेश्यालयमा पुरयाउने गरेको पाइन्छ । यस्ता वेचविखनका कारणले हजारौ युवायुवतिहरुले आत्महत्या गरेको सुनिन्छ ।
समाधानका उपायहरु
१, कानुनी कुरालाइ स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले मानव वेचविखनको वारेमा जनचेतनामुलक संचालनगर्ने र अपराध गर्नेलाइ कानुनी कठघारामा ल्याउन सहयोग गर्ने ।
२ ,बेचबिखन गर्ने दलाल । उनीहरुलाइ प्रोत्साहितगर्ने ब्यक्तिलाई सामाजिक वहिष्कार गर्ने
३, कामगर्ने ठाउँ कामलगाउने मानिस राम्रो छ वा छैन वुझेर मात्र कामगर्ने।
४,अरुको लहैलहैमा लागेर नहिडने
५, घरेलुहिसांको कानुनी उपचार खोज्ने
६,शंकास्पद ब्यक्तिमने सहयोग नमाग्ने कसैको करकापमा नपर्ने
७, आफुलाइ असुरक्षित महसुस हुनासाथ प्रहरी, छिमेकी, सामाजिक संघसंस्था, विभिन्नखाले समुहहरु आदीलाइ खवर गर्ने गर्नु पर्छ ।
८,त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल, भारतसँगजोडिएका सिमाना क्ष्ेत्रमा सुरक्षा निकायजवाफ देहि हुनुपर्छ ।
निष्कर्ष

मानव बेचबिखन तथा ओसारपसार योजनावद्ध षडयन्त्रपुर्वक मनसायपुर्वक गरिने अपराध हो । अभियुक्तहरु योजनावद्धरुपमा सहभागी हुन्छन । यो अपराध अभियुक्तको लापरवाही र हेलचक्रयाइवाट घटाउन सकिदैन । त्यसैले राज्यले लडनुपर्छ । खाडी मुलुकहरुमा महिला तस्करीमा कुटनितिक तहको संलग्नता समेत देखिएको अवस्थामा नेपालझन वढि सर्तक हुन जरुरी छ । देह ब्यापार कार्यमा पिडीत भइफर्केका चेलीहरुलाइ ५० प्रतिशतलाई एचआइभी एडस संक्रमितभएको अवस्था छ । धेरै जसो बेचविखन पर्नेमा महिला तथा वालवालिका रहेको पाइन्छ यस्ता अपराधलाइ हटाउन ब्यक्तीवा संस्थावाट मात्र संम्भवनहुने हुदाचेलीवेटी भनेकाहाम्रा देशका गहना हुन भन्ने मुलमन्त्रलाई आत्मसातगर्दै सवै एकजुट भै वेचविखन विरुद्ध अभियान हरु संचालनगरि रेडियो टेलिभिजन पत्रपत्रिकाहरुले सन्देशमुलक कार्यक्रम प्रकाशन र प्रशारण गनुर्पछ । हालभएको कानुनको कार्यन्वयन र यसलाई समयसापेक्ष सुधार गरि अझ कडाईका साथ सामाजिक र कानुनी रुपले अपराधहो भन्ने ढंगवाट अघि वढन सकेमामात्र यस वर्षको नारा “सरकारको प्रतिवद्धता मानब बेचबिखनतथाओसार पसार नियन्त्रणमा हामी सवैको एक्यवद्धता”को अर्थ रहनेछ हामी सवैजनाआजै वाट लागी परयौ भने मात्र नारा ले पुर्णता पाउनेछ । अधिबक्ता मल्लले मानव वेचबिखन तथा ओसारपसार नियन्त्रणसम्वन्धी तेह्रौ राष्ट्रिय दिवसका अवसरमा रुकुम पश्चिमको मुसिकोट खलंगामा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्र ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here