Home मुख्य समाचार चट्याङबाट रुकुममा एकजनाको मृत्यु, दुई घाईते

चट्याङबाट रुकुममा एकजनाको मृत्यु, दुई घाईते

924
0


आहा सञ्चार संबाददाता
रुकुम पश्चिममा मंगरबार बेलुका परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम त्रिबेणी गाउँपालिका १०, स्थायी घर भएका ३६ बर्षिय केशरबहादुर खत्री रहेका छन । मुसिकोट नगरपालिका १३, मा रहेको अस्थायी बसोबास गर्दै आएको आफ्नै घर नजिक काठ चिरानी गरिरहेको बेला परेको चट्याङबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरिक्षक सुमित खड्काले जानकारी दिए ।
उनका अनुसार चट्याङबाट अन्य २ जना पनि घाईते भएका छन । घाईते हुनेहरुमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का नैनसिंह खत्री र आसिराम रोका रहेका छन । घाईतेहरुलाई उपचारको लागि अस्पताल ल्याईदै छ । घाईतेहरुको अवस्था जटिल नरहेको बताईएको छ । तिनै जना घर नजिक काठ चिरानीको काम गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here