मेगराज खड्का
रुकुम

ल्याण्डलाईन टेलिफोन जडान गरेर लामो समय सम्म रकम नतिर्ने ग्राहकहरुलाई नेपाल टेलिकम रुकुम पश्चिमले पत्र काट्न शुरु गरेको छ । पहिलो चरणमा ८२ जना ग्राहकहरुलाई चिठि काटेको कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उक्त ग्राहक बिवरणमा नयाँ देखि २ बर्ष सम्म टेलिफोन शुल्क नतिर्ने ग्राहकहरु रहेका छन । टेलिफोन जडान गरेर लामो समय सम्म रकम नतिर्नेमा प्रतिष्ठित ब्यक्ति देखि चल्तीका गैरसरकारी संघसंस्था र जिल्ला स्थित केहि संचार माध्याम पनि छन । टेलिफोन शुल्क रकम नबुझाउनेलाई शुरुमा पत्र काटेर जानकारी दिने, घरदैलो कार्यक्रम गर्ने र त्यस गरेर पनि रकम अशुल नभए कानुन अनुसार प्रकृया अगाडि बढाउने कार्यालय प्रमुख शर्माले बताए । ‘८२ वटा ग्राहकबाट हाम्रो कार्यालयले १० लाख बढी रकम लिन बाँकी छ’ उनले भने ।

फोन नगरे पनि मासिक लाग्छ शुल्क :
ल्याण्डलाईन टेलिफोन जडान गरेपछि टेलिफोन नगरेपनि न्यूनतम मासिक शुल्क तिर्नुपर्ने हुन्छ । ल्यान्डलाईन टेलिफोनको मासिक न्यूनतम शुल्क २ सय ५६ रुपैयाँ हो । यो रकम कुनै नम्बरमा एक कल फोन नगरेपनि ग्राहकले मासिक तिर्नुपर्ने हुन्छ । शुल्क नबुझाउनेमा केहि यस्तै निस्कृय ग्राहकहरु पनि छन । ‘जसले टेलिफोन लाईन जडान गरेपनि आफुलेहरुले कतै फोन गरेका छैनौं, के शुल्क लागेको होलार भन्ने धेरै ग्राहकले सोच्दा रहेछन’ प्रमुख शर्माले भने, ‘फोन नरेपनि न्यूनतम शुल्क त तिर्नु नै पर्छ, यदि कुनै ब्यक्ति तथा संस्था टेलिफोन लाईन बन्द नगरेर त्यतिकै छाड्यो भने पनि मासिक रकम थपिरहन्छ ।’

election adv.

आवश्कता छैन भने पत्र लेखेर लाईन काट्नुहोस :
प्रयोग नगरेर यदि फोन थन्काएको भए पत्र लेखेर लाईन काट्न कार्यालयले अनुरोध गरेको छ । बाँकी रकम तिरेर लाईन काटे मासिक तिर्नुपर्ने न्यूनतम शुल्कबाट बचिने कार्यालयको भनाई छ । तर धेरै ब्यक्ति तथा संस्थाले टेलिफोन जडान गर्ने तर प्रयोग बिहिन हुदा पनि लाईन काट्न पत्र नलेखेका कारण नयाँ ग्राहकहरुलाई समेत बिस्तार गर्न समस्या भएको छ ।

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto