Home मुख्य समाचार मदिरा व्यवसायी र सरकारबिच जुहारी, बिक्रि रोक्न र खुलाउन आआफ्नै बिज्ञप्ती

मदिरा व्यवसायी र सरकारबिच जुहारी, बिक्रि रोक्न र खुलाउन आआफ्नै बिज्ञप्ती

296
0

आहा सञ्चार संबाददाता
अदालतको फैसला अनुसार मदिरा बिक्रिबितरण गर्न जिल्ला मदिरा व्यवसायी संघले आह्वान गरेको केहि दिन पछि फेरी व्यवसायीहरुलाई मदिरा व्यवसाय स्थगन गर्न अर्को बिज्ञप्ती जारी गरिएको छ । जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख ईन्दिरा बिएम नाथ संयोजक रहेको मदिराजन्य पदार्थ व्यवस्थित गर्ने सम्बन्धी प्रतिबेदन तयारी समितिले यस्तो अपिल गरेको हो ।
उक्त समितिमा जिल्ला स्थित प्रहरी प्रशासनका प्रतिनिधी, व्यवसायी, कानुनका जानकार र समाजसेबीहरुको पनि प्रतिनिधत्व गरिएको छ । मंगलबार जिल्ला समन्वय समिति रुकुम पश्चिममा पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी सार्वजनिक गरिएको हो । उक्त समितिले जतिसक्दो छिटो मदिरा व्यवस्थापन सम्बन्धी प्रतिबेदन तयार पारेर बुझाउने छ भने त्यस अनुसार जिल्ला समन्वय समिति रुकुम पश्चिमले मदिरा व्यवस्थापनको नयाँ नीति बनाउने छ । ‘मदिरा जन्य कार्यलाई व्यवस्थित गर्ने प्रकृया अगाडि बढिसकेको अवस्थालाई ध्यान दिई मदिरा जन्य पदार्थको व्यवस्थापन सम्बन्धी सम्पुर्ण निर्णय नहोउञ्जेल सम्मको लागि आफ्नो व्यवसाय स्थगन गरि व्यवस्थापन कार्यमा आवश्यक सहयोग गर्न सम्पुर्ण मदिरा व्यवसायीहरुलाई हार्दिक अनुरोध गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ । उता मदिरा व्यवसायी संघ रुकुम पश्चिमले मदिरा बिक्रि बितरणको लागि सहज वातारण बनाउन स्थानीय सरकार र सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ । शुक्रबार एक प्रेस बिज्ञप्ती जारी गर्दै अदालतले मदिरा बिक्रि बितरण नरोक्नु भनी फैसला गर्दा पनि जिल्ल स्थित सरोकारवाला निकायहरु महिला दिन पछि सम्म पनि चासो नदिनु दुखत कुरा भएको उल्लेख गरेको छ ।
संघका अध्यक्ष नबिन कुमार खड्काको हस्ताक्षर रहेको उक्त बिज्ञप्तीमा अदालतको फैसला कार्यन्वयन गर्न जिलला स्थित स्थानीय सरकार र प्रहरी प्रशासनलाई अनुरोध गरेको छ । त्यस्तै जिल्लाका बिभिन्न ठाउँबाट गैरकानुनी रुपमा जफत गरिएको मदिरा व्यवसायीहरुलाई फिर्ता गर्न पनि माग गरिएको छ । ‘लामो समय देखि अस्तव्यस्त अवस्थामा रहेको जिल्लाको व्यवसायलाई कानुन बमोजिम पुन संचालनका लागि जिल्ला स्थित मदिरा व्यवसायीहरुसंग अनुरोध गर्दै उच्च मनोबलका साथ पेशागत हक, हित, अधिकार र व्यवसायिक सुरक्षाको लागि सक्रिय भुमिका खेल्न सबैमा अपिल गर्दछौं’ बिज्ञप्तीमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here