Home आहा बिचार ह्याँती गर्ने कुरा : दर्रो

ह्याँती गर्ने कुरा : दर्रो

86
0

एमएल ओली
हजुरलाई पोष्लो खान्कि ख्वाउन पल्क्याउ ता भइयो, हमेसा आइरहन्छ भन्नु हुन्च । एक्कान ताक्नु मँइलाहरूले मार्तै एकलौटी कच्काउत्या गरे । आच्काल्नु ता क्यार्न भन्दान र ? पुर्षाहरू सीमेत आस्सिकन राल्लै छार्न लाइया छन् हेर्ने । त्यसैले आमा चेल्लीया दया, धर्मा र मायाले गर्दारी दर्रो, नाच्चो र गान्नानु साम्मेल गराकै छिन् । उइछारी, विशेष दर्रो भोज्नु “पुर्षा पनि नाच्नैपर्च बीच्च बीच्चमा” यस्ता भाक्का सुन्दारी माउपुर्सा बीचौं समानतामा फाट्टो ल्याउन खोज्नेहरू कम्क्या छन् । यति नाम्रो र मत्वपूर्ण चारपर्व भिर्ताउने को हुन ? भन्कन खुल्दुली मान्नेहरूले यो खिस्सा सुन्नेल्नोई ः यो पर्व हरतालिका तीज्जा रुपमा स्थापित भ्याउछ । उइलैका सत्या जुक्नु विष्णुसित विहेबारी नहोई भन्कन सङनीद्वारा जङ्ल्नु पु¥याइएकी मात्ता पार्भतीले आरद्यदेव मादेउतालाई पोई पाउन बस्ने वर्तलाई तीजवर्त भन्न थाल्लियो छ हेर्ने । प्रायः जस्सो नेपाली सद्वा नारीहरूले पोईबड्डाउ दीर्घायु बराउने र कन्याकुमारीहरूले सौभाग्यमानी मादेउतास्ता पोई फेला परुन भन्कन वर्त बस्ने रिवाजा आइयोछ हेर्ने । “अइचेल्ला हाम्मी सप्पै लोन्छराहरू मादेउकै पुर्त हौं । उनी बड्डा कैलास पर्वत्नु मार्तै डुल्त्या गरे । कुर्रै गर्ने हो भन्या हाम्ले पृथीम्मीयौं कुनै पनि ठाउँ बाँकी राछैनौं । यस्ता इमान्दार, बल्याबाङ्ङा, ख्वाइलाक्दा, देशविदेशै हल्लाउने मर्द हुँदाहुँदै मादेउ जस्तो पोई पाउ भन्न स्वाँउदै स्वाँन्न ।” केही सचेत तन्नेरीया यस्ता भावनाहरू सुन्दारी साँच्चै होई जस्तो पनि लाइन्च भन्नु हुन्च ।
तीज्जा अघिल्ला रात्नु स्त्रीहरूले खाने, अरिल्लो दह्ल्लिो विशेष भोजनलाई दर्रो खाने भन्दारैचन् । यस्तोरी त्याकतपस्या गरकन वर्त बस्दारी घरबा¥या र बेघरबा¥या दुब्बै थर्रीया माङ्हरू पुरा हुनेई ठर्च । आन्दोलन, धर्नाधर्नी र बन्दबुन्द गर्नै नपर्ने हेर्ने । विशेष दर्रो खानेहरू मद्या पच्नेले मासुहार, नपच्नेले सक्काहार, त्यो नपच्नेले फल्लाहार र त्यो पनि नपच्नेले जल्लाहार भक्नुपर्च गरे । यो भन्दा आँज नाम्रो ता विशेष दर्रो भोजौं आयोजना गर्कन, निराहार वर्त बस्कन र पार्टीप्यालिस तथा होटलहाटल्नु पस्कन सेक्वाहार, भुट्वाहार, घोट्वाहार, चौपाइहार, दोपाइहारसित्तै जाँर–रक्सि, खैनी–चुरोट, गाँज्जा–भाङ मच्काउदारी उनी बड्डाजी ता नहुँनै खुश्शीयान्चन गरे । उइला जुक्नु हजुरको तीजवर्तौ दर्रो थोरै हुँनाले तीज्जौ अघिल्लो राती मार्तै खान्त्या गरे । अइल ता क्यार्न भन्ने हो र ? तलमाथ्थि, देशविदेश लगाइत चारैतिरमाँट्ट खेरबोट्टल भ्याउ अठिल्लो, अरिल्लो, दरिल्लो, कर्रो र जर्रो ता भइयो । तेई भइकिन अढाई मइनदेखि त्यो खाने रिवाजा टुस्साउ ठर्च । हजुरको खाने कुरा ता जत्ति आउच त्यत्ति नाम्रो हेर्ने । यल्लाई जार्दो मान्ने को बेल्थरो होला र ? तीजौं औसरनु काम्ना गरौं “कामकाच केई नआवई मीठ्ठो तर आइरहोई । भोक्का पेट्ले जुग्गै भरी दर खाइरहोई ।” यस्तो खान्किपिन्क ता रातदिनै आइरहोई । यस्तो दर्रो अचाउने र पचाउने सप्को जप्फत्ति भाँरो छँदैछ, क्याहर्जा भो र ?
पइला पइला हजुरको तीजौं वर्त मङ्ङो मान्या पन्तै अइल ता सङ्याकै छ भन्नु हुन्च । उइल दुज्जा साँज्जौ दर चाट्कन तीज्जौं रात्तीया नाइट्नु एक दुइटा टुक्की सुनाउदारीयौं तीज र अइलौं तीजमा अक्कास पत्तालौं फरक पाइन्च । उइल ता हजुरको गीत्तैको अनिकाल, नाच्चैको अनिकाल हेर्ने । अइल ता क्याच्चम भो ? निस्सेई पनि वत्र्याउ कठोरं तपस्याले गर्दारी हुनुपर्च । मइनौसम्मन पनि गाइनसक्किने गीत गाइयाउछ, नाँच्ची नसक्किने नाँच्चो नाच्याउछ र खाई नसक्किे दर खाइयाउछ भन्नु हुन्च । यस्तै गरिकिन भोल्यिा दिन्नु वर्ष हुँदै जुग्गैभरी पाइयान्चई क्या हो ? हजुरको दर पनि चानचुने हो र ? यल्लाई पनि गीतैमाँट्ट पोख्दारी ः “उइलको तीज्जैमा दई र केरा गिज्जैमा, अइलको तीज्जैमा मास्सु चिउरा सित्तैमा ।” उइल फुर्नु तीज्जौं गीत जुन रुपमा गाइन्त्योे तर आज त्यसरी गाइन्न हेर्ने । तीजलाई नेपाली हिन्दु मात्रै नभई अहिन्दु, नारी, अनारी तथा सप्पै जानपरिवाहरूले मिलिजुली मनाउदारी खुप्पै स्वाँउने रइच भन्नु हुन्च । आफ्ना मन्न्वा पीड्डा र बेद्ना पोख्ने माद्यामको रुपमा यल्लाई लिने गरिन्छ हेर्ने । त्यस्ता पीडा र मर्मलाई गीतको ट्याकमाँट्ट यस्तोरी पोख्खिन्छ ः “जत्ति छोरा भए पनि बाउकै घर्नु बुर्याउने, एउटै छोरी मात्र पनि भाइरै हुर्याउने ।”

आजकाल्नु तीजले चेल्लीयौं मात्रै नभइकिन चेल्लामान्सौं समस्या पनि बोल्लास्तो छ हेर्ने । तेई हुन्नाले हजुरका लोन्छराहरू सिमेत ढल्कि ढक्की नाच्नै लाइया छन् । “उइल तीजको दर चाख्न माइतै जान्ने रहरमा, अइल सस्तै दर पाइन्च गाउँ शहरमा । दिदीबैना जुट्न थाले दर पकाउन जात्रामा, पाउनालाई त्यो लाक्दैन रे थोरै मात्रामा ।” आग्गौ सालदेखि यस्तो भाक्काले सप्पैको रोकभोक टार्लास्तो छ । हजुरको दिनदिनै दर चाट्न पाइयाच्ची न घर्नु कुइरीधुइरी गर्नु प¥यो न ता हजुरलाई भोक्कै बस्नु पर्च ? ह्याँ, रोज्जै दर चल्दारी हजुरौं चुल्लै चिस्यान्चई भन्नु हुन्च । तीज्जा दिन्नु पुर्सालाई पनि बिदा मिल्दारी कोइकोई इस्र्यालु माउलाई पिरबादा पर्न सक्ने असर बाइक अरु साइट इफेक्टै नहँुने हेर्ने । यस्तो नगर्दारी हजुरका उफ्रयापाप्¥या लोन्छराहरू सप्पै भाइन्चन कि भन्नु हुन्च ? जब्बरजस्ति पेल्दारी पनि अकन्या ठर्यान्च होला । “मेरी खाप्चीय महिलालाई मार्त लद्दाउने ? पुर्षाहरू त्यस्सै फद्दाउने ? हाई हाई हाई ?” भन्कन चेलीबेट्यिौं आन्दोलन नहोई क्यारै । ह्याँ “क्या निउ पाउ र भुस बुक्काउ ?” भन्ने मद्यालाई मलजल पुग्ला होई पुग्ला ? ह्याँत्ती गर्न कुरो, हजुरौं आप्नो मौलिक संस्कृतिया झाँङ्नु पल्लाउ ऐजेरुलाई चिन्न नसक्दारी र पछिल्लो चरणमा देख्यास्ता सिन्टिमले भोल्लिया पिर्रीलाई आफ्नो मौलिक सांस्कृति फिल्लङ्ङाले खोज्नेस्तो होइन्चई भन्नु हुन्च ? समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here