Home मुख्य समाचार ह्याँती गर्ने कुरा : हकदार

ह्याँती गर्ने कुरा : हकदार

115
0

एमएल ओली
बराठै, सप्पैले जानी, सुनी र बुजी आको तेल्लाई नचिन्ने कोई थेन्त्या भन्चौं । तमाँइको नाम्रो ननाम्रो जस्तोसुक्कै भया पन्तै दार ता दारै थ्यो । कोबेला भिर्तभिर्तै ‘हक’ र ‘दार’ बीच्नु खपट भइयो छ भन्नु हुन्च । त्याँमाँट्ट ता क्यार्न भन्ने हो र ? एकापाई कोई रिस्सिने, कोई चिस्सिने, कोई पिस्सिने, कोई मिस्सिने, कोई बिस्सिने । कोइखा ता भुँइनु खुट्टै नाई । यत्तिसम्मन कि तमाईको धोत्ती हौसिकिन हउव्वानु उर्ने भन्चौं । बुड्डाबुड्डी हातहरूलाई तमाईको लाजौंमर्नु जोगाउन माधौ । अर्कापाई हेर्दारी मुल्कलाई बुज्न बुज्जाउनै मागारो भन्नु हुन्च । तमाँइको “हक” लाई गु छार्ने र “दार” लाई काटकसेर मार्तै भन्नु भो भन्या बरवात्तै होइन्च हेन्नोई । कान्मुनी कुरा वा नैतिक रुपमा प्राप्या न्यायोचित दाब्बी, स्वत्व, हक, अख्त्यिारलाई हकदार भन्दारैछन् । त्यस्सै अरी कब्जा अर्ने किल्लिलाई पन्तै हक्दा¥या भन्चन गरे । त्यत्ति मार्तै क्यार्न होला बाल, अर्का पट्टिमाँट्ट तमाँइको क्षमता, सामथ्र्य, ज्ञानविज्ञान र ल्याकतलाई सिमेत तेई भन्दारछन् हेन्नोई ।

माँज्जो होला र, अल्ता हुँदा खाने र ठूल्या परेलाई मान्नै प¥यो । खिरदारले मिठोमस्नो नचट्काइकिन छिरदारलाई चराउने कुर्रै आइन । फिरी तमाँइको छेर्वाले जो पायो त्यो कच्का पन्तै पचाउनै सक्तैन भन्चौं । नहुँनाउ ग्याँस फाल्कन बास्नाले गर्दारी मुल्कन अस्याउने मात्रै हेन्नोई । “तमाईको पावर नहुँन्याउ काम्मै छैन्” यस्तो भन्नेहरू अल्तै भ्या भन्नु । आफ्नो स्वत्व बाल्लाले नडकार्दासम्म अनाधिकारबालाले निक्लो थुक निन्नाउ बिकल्पै हुन्न हेन्नोई । कुरै गर्ने हो भन्या “हकदार” शब्दौं अर्थ सराबरी छ । त्यल्लाई चाया अगारीमाँट्ट हेर्नोई चाया पछारीमाँट्ट । तमाँइको पाथीले भर्नोई या तुल्लाले जोख्नोई दुइटैलाई जत्तामाँट्ट हेर्दारी पन्तै बहोत्तरी देख्खिने भन्नु हुन्च । कइलेकाँई हक्ले मै ठूल्लो र दारले मै ठूल्लो भन्कन गड्डि कस्दारी पम्पुरा तात्तिकिन पाख्खुरी आत्तियान्चन भन्नु हुन्च । कत्नाम्रो च्याट्टै प¥याउ त्यो, स्वाउ पनि त्यत्तिकै हेन्नोई । यस्तो मौका आका ताक्नु कोइकसैलाई नरुवाइकिन सप्पैको चित्त बुजाउन नपर्ला र ?
तमाँइको लाटुले ‘बाबै’ भन्दाइनी मै ठूलो भन्कन दिन बिताउने जुक्ता गइया ग्यारै । जम्मैले मान्नियाउ हकदारलाई खोट लाउने ठाउँ कतै छैन भन्नु हुन्च । आच्कल हकदारास्तो प्रशंसा, गुणगान, मानमर्यादा र आदरसत्कार कइखो छ र ? कुरास्ता कुर्रा अर्ने हो भन्या ह्याँ, जुकजमान्नाले गर्दारी पक्का र बल्योदार पाइयाउछ । बल्लै भन्न हुँन्न, यस्तो मौकानु चौका जइलै आँन्न हेर ज्वानौं । मौकाचानसलाई चिन्न नसक्दारी कोई ट्याम्नु आँपूm मार्तै नभइकिन अरुलाई सिमेत उत्तान्नो पार्चन् कि भन्ने सुर्ताले तमाँइको कुर्तालाई तर्साउछ हेन्नोई । तेल्ललाई लत्याइकिन “मेरा बल्लौं मार्तै ढक्किने जुर्रो” भन्दाइनी आपस्तरीमा मैठूलो भन्कन भिर ताक्ने मद्यालाई कुम थाप्ने ता पर्रै छ अइचेल्ला मुल्कले राम–राम सिमेत भन्ने छैन् । बरु त्यख्खो सट्टा ज्याम्राज–ज्याम्राज भन्नेल्चन हेन्नोई । तेई भइकिन कम्सैकम पछ्यिालाई पन्तै चाल पाउनु पर्ने हो ग्यारै । यदि यस्तै चाल्ला हो भन्या उई तमाँइका शत्रुर बैराले फत्तुर लाल्चन हेन्नोई । तेल्ले कोइलाई नपि¥याई र नबि¥याईकिन घरपरेल सब्बैलाई एउटै चस्माले च्याइद्याउछ ।

“आज कोइलेकोइलाई नर्टेर्ने, सोज्जो आँखाले नहेर्ने, वाटर बार्ने, क्वाटर सार्ने, द्वाँना फाल्ने, थारा पाल्ने, भित्रालाई भाइ¥याउने, भाइयरन्वालाई भित्¥याउनेस्ता लक्षिणले कुलक्षिनौं बास गराउचई भन्नु हुन्च । भन्कन चिन्ता गर्नेहरू पनि भेट्यिा छन् हेन्नोई । ‘अधि’ कारमा, ‘कार’ अधिमा बिल्लाइयो” क्वाँइक्वाँइले तेल्लाई यस्तै भन्कन चित्त बुजाउदारी बल्लै प्वारा नगर्या भइयो भन्नेहरू पनि भेट्यान्चन् । यास्तो खप्पर सुन्दारी “बुराबुरी जोत्तिने केराकेटी मोट्टिने, युवाहरू भाइरै घोट्टिने, लाज ढोक्ने लुगा हेर्दा झन्नै छोट्टिने, देख्ने सुन्ने आफन्तीले चित्त बुजाउने” तमाँइका खाप्चीमाँट्ट यस्तो भाका ओइरिनै ता पायो । होन्तो ? साँच्चै भन्दारी, तमाँइका लाट्टालाट्टीले सिमेत बुज्या छन् कि “अधि” र “कार” मा कुन ठूलो भन्कन । विभिन्न कालखण्ड र समय परिवेशले गर्दारी कइलै कोई कइलै कोई हुक्रिदै डुक्¥ियो होला । उइला आँशुहरूलाई अइल जोख्कन काम्मै छैन् भन्नु हुन्च । अइल मुल्ल्का उल्का सुन्कन कोई हस्किने कोई फस्किने क्यार्न गर्नु प¥यो र ? उइछारी ह्याँत्ती गर्ने कुरो, जल्ले ज्या भन्या पन्तै त्यल्ले कत्नाम्रो दूरगामी, दूरदर्शी जोज्ना बन्नाइकिन भोल्लिया पिर्रीले पूज्ने डौलौं काज्र्या गर्नैपर्ने हुन्च हेर । यदि त्यस्सो नगरियो भन्या दार्रा शिर्नु ‘ठक’ घुर्सिन बेर्रै हुन्न । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here