Home मुख्य समाचार हत्याको आरोपमा ३ जना पक्राउ

हत्याको आरोपमा ३ जना पक्राउ

298
0


जयमान बुढामगर
रुकुम पूर्वमा हत्याको आरोपमा ३ जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका ८, गरालीका ७२ वर्षीय गंगे बोहराको हत्याका आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरु तिनै जना १८ वर्ष मुनिका रहेको प्रहरीको भनाई छ । भदौ ९ गते बोहराको शव आफ्नै घरमा चोटपटक लागेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार अदालतबाट ५ दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ । उनीहरुको १८ बर्ष मुनिका भएका कारण बाल इजलासबाट सुनुवाई हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here