Home आहा बिचार यक्ष प्रश्नका बिषयमाथी मिडियाका साथी

यक्ष प्रश्नका बिषयमाथी मिडियाका साथी

587
0

उपेन्द्रलाल कामी

    हरेक क्षेत्रमा अहोरात्र क्रियाशिल मिडियाकर्मी साथिहरु ! आज म तपाइहरुसंग यस आलेखको माध्यमद्धारा छोटो छलफल चलाउन खोजिरहेको छु । तपाइहरु मध्ये कसैलाई चित्त बुझ्ला या नबुझ्ला तर तपाइहरुको चित्त दुखाउनु मेरो अभिप्राय होइन । समाज रुपान्तरणमा मिडियाकर्मीहरुले खेलेको भूमिका अतुलनीय त छ नै, त्यसमा पनि तपाइहरुले भोग्नुपरेका पिडाहरु त झन अकथनीय नै छन । म त्यतापट्टि गएर तपाइहरुको संवेगात्मक भावनामाथि खेल्न पनि चाहदैन । पत्रकारिता क्षेत्रमा देखिएका बिकृति र बिसंगतिका प्रबृत्तिगत कार्यशैलीले हाम्रो समाजलाई कति क्षति पु¥याइरहेको होला ? त्यतातिर कोट्याएर तपाइहरुका सकारात्मक भूमिकाहरुलाई ओझेलमा पार्न पनि चाहदैन । त्यसोभए यस आलेखको बिषय वा प्रसंग के हो त भन्ने प्रश्न उठ्न सक्छ जुन स्वभाभिकै छ ।
   हो, तपाइ हामी यसै समाजका उपज भएको नाताले समाजमा हुने हरेक घटना, प्रवृत्ति, राजनीति, संस्कार एवं संकृतिसंग अछुतो रहन सक्दैनौ । कुनै न कुनै पक्षसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएर आफ्नो पक्षधरता कायम गर्नैपर्ने हुन्छ । पत्रकारितामा निष्पक्षता भन्ने कुरा कम्युनिष्टहरुले करिव दुईसय बर्ष अघिदेखि गाउदै आएको समानताको गीत जस्तै हो, जुन सुन्दा अति मिठो लाग्ने तर जीवन ब्यवहारमा कहिल्यै पनि काम नलाग्ने भएको छ । समानता तथा निष्पक्षताको सिद्धान्त भन्न र सुन्न जति सजिलो छ जीवन ब्यवहारमा चाहेर पनि प्रयोमा आउन सक्दैन । यसको मतलव समानता र निष्पक्षताको बिरोधि बनेर भण्डाफोर गर्न खोजेको पनि होइन । मात्रै हामीले भट्याउने मिठा र राम्रा कुराहरु हाम्रो जीवन ब्यवहारमा किन लागु हुन सकिरहेका छैनन त ? जीवन ब्यवहारमा लागु हुन नसक्ने सिद्धान्तलाई भट्याउने मात्रै गर्ने हो या परिभाषा पनि सच्याउने हो ? एउटा मेरो छलफलको बिषय यहि हो । जसमा तपाइहरुसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बहस र संवाद गरिनै रहने छु । 
    अर्को बिषय, बिभिन्न क्षेत्रका बिषयगत खोज,अध्ययन र सही सूचना प्रवाह गर्ने पत्रकारिता पेशालाई मर्यादित बनाउने कुरा असाध्यै महत्वपूर्ण छ । पत्रकारिता क्षेत्रमा क्रियाशील भइ देश र जनताको हितप्रति ध्यान दिएर आफुलाई बफादार सिपाहीको रुपमा उभ्याउनुहुने मिडियाकर्मी साथिहरुप्रति त म संधै नतमस्तक नै छु । त्यसमा पनि समाजमा पछाडि पारिएका र पछाडि परेका आवाज बिहिनहरुको आवाज बन्ने मिडियाकर्मी साथिहरुप्रति त झन मेरो उच्च सम्मान नै हुने गर्दछ । यसको मतलब समाजमा राजनैतिक, सामाजिक, ब्यवसायिक वा अन्य कुनैपनि क्षेत्रबाट उच्च ओहदामा पुगेर समाजलाई महत्वपूर्ण योगदान पु¥याइरहेका ब्यक्तिहरुको पनि आवाज बन्न हुदैन भन्ने कुरा कदापि होइन । तर कसैप्रति पुर्वाग्रही भएर वा निहित स्वार्थपूर्ति गर्न अमूक ब्यक्तिलाई रिझाउनकै लागी गरिने खोज, अध्ययन र अनुसन्धानले जनतालाई सही सूचना दिएर सामाजिक दायित्व पुरा गर्न सकिन्छ र पेशागत मर्यादालाई पनि बचाउन सकिन्छ भन्ने कतिपयमा भ्रम अझैसम्म पनि कायमै रहनु भनेको आफ्नै लागी पनि दुर्भाग्य र अबको नयाँ कार्यभारमाथि पनि बिश्वासघात त हुदैन ? छलफलको सार्थक निष्कर्षमा पुग्न खोजेको दोश्रो बिषय यही हो । 
   
तेश्रो बिषय– आफ्नो रुचीलाई महत्व दिएर समाचार, लेख–रचनाहरु पाठक,श्रोता तथा दर्शक समक्ष सम्प्रेशन गर्ने हो या समय, परिस्थिति र समाजको गति तथा आवश्यकतालाई महत्व दिने हो भन्ने बिषय पनि पत्रकारिता क्षेत्रको लागी यक्ष प्रश्न नै हो । कुनै मिडियाकर्मीको एक शब्द, वाक्य र शैलीले पाठक, श्रोता तथा  दर्शकहरुलाई कति प्रभाव र असर पु¥याइरहेको हुन्छ भन्ने कुरा कुनै पेशेवर मिडियाकर्मीलाई सिकाइरहनुपर्ने बिषय होइन । मान्छे हो, सर्तकता अपनाउदा अपनाउदै पनि कहिलेकाँही गल्ती भैहाल्छ तर आफ्नो रुचीलाई महत्व दिएर समय र समाजलाई आफ्नो स्वार्थ अनुकुल उपयोग गर्न खोज्ने र समय तथा समाजको गतिलाई पकड्न नचाहने चिन्तनगत प्रवृत्तिले आफैलाई नै कति हानी पु¥याउछ भन्ने कुरा बुझेर पनि बुझ पचाउन खोज्नु बिडम्वना नै हो । यो पंक्तिकार पनि कुनैबेला कुनै मिडियाको असाध्यै चर्चाको पात्र थियो । यतिमात्र होइन मलाइ ति मिडियाले आवश्यकता भन्दा बढि महत्व नदिए पनि हुनेथियो भन्ने कुरा आफैलाई पनि लागेको थियो । कुनै बेला मलाइ चर्चाको शिखरमा पु¥याउन खोज्ने मिडियाले अहिले गुमनाम बनाउन योजनाबद्ध रुपले लागीरहेको अनुभूति हुन्छ । मैले बिगत र वर्तमानको सामाजिक योगदानलाई आत्मसमिक्षा गर्दा आफ्नो भूमिकामा कमी हुन दिएको छैन बरु मात्रात्मक रुपमा बढाएकै छु । यसको मतलव आफुलाई मिडियाको चर्चाको पात्र बनाइराख्न खोजेको किमार्थ होइन । मात्रै म प्रति केहि मिडियाले गरेको ब्यवहारलाई उदाहरण दिएर पुष्टी गर्न खोजेको मात्रै हो । हरेक मान्छेमा आफ्ना रुचीहरु त हुन्छन् नै तर ति रुचीको दास बनेर समय र समाजको गति तथा आवश्यकतालाई वेवास्ता गर्ने चिन्तनगत प्रवृत्तिहरुलाई अझैसम्म पनि किन निरुत्साहित गर्न सकिएको छैन ? भन्ने प्रश्नलाई पनि छलफल, बहसको बिषय बनाउन खोजिएको हो । 
    चौथो बिषय– हामीले समाजमा स्थापित गर्नुपर्ने पहँुचवाला ठुलो मान्छेलाई हो या सोंचवाला असल मान्छेलाई हो भन्ने कुरा पनि छनौट गर्नुपर्ने भइसक्यो । मेरो बिचारमा ठुलो मान्छेको अर्थ ठु= ठुङ्ने र लो= लोकाचारी हो भने असलको अर्थ अ= अनुशासित, स= सरल र ल= लगनशील हो । ठुलो मान्छेमा पद, पैसा र प्रतिष्ठाको भोक अनि शक्तिको दम्भ र अहंकार हावी हुन्छ भने असल मान्छेमा ज्ञानको भोक अनि विवेक र विनयशीलता हुन्छ ।  ठुलो मान्छेले आफु स्थापित हुन मिडियामा सबथोक लगानी गरेर आफ्नो प्रभाव र पहँुच बढाएको हुन्छ भने असल मान्छेले आफ्नो ज्ञान, अनुभव र कर्मबाट समाजलाई अमूल्य योगदान गरेको भएपनि मिडियाको नजरमा खासै पर्न सकेको हुदैन । त्यसैले अब मिडियाकर्मीहरुले पहुँचवाला ठुलो मान्छेको वरिपरि घुमेर भक्तिभाव गर्दै रिझाउनेमै समय बिताउने हो या असल मान्छेका बिचार, अनुभव र योगदानहरुलाई स्थापित गर्दै समाजलाई असल मार्गतिर डो¥याउन दीपज्योतिको भूमिका खेल्ने भन्ने बिषयमाथि पनि गम्भीर मनन गर्नुपर्ने देखिन्छ ।
     पाँचौ बिषय– हरेक मान्छे भित्र रहेको स्वाभिमानलाई जगाउने हो या दवाउने हो भन्ने सवालमा पनि आफ्नो पक्षधरता सहित भूमिका  खेल्नुपर्ने आवश्यकता देखिएको छ । स्वाभिमानको परिभाषा जानी वा नजानी यहाँ दूरुपयोग भइरहेको छ । कसैले आफ्नो अभिमानलाई नै स्वाभिमानको रुपमा बुझ्ने गरेको पाइन्छ भने कसैले हरेक ब्यक्तिको स्वत्वलाई नै स्वाभिमानको रुपमा अथ्र्याउने गरेको पाइन्छ । स्वाभिमान भनेको आत्मगौरव हो । आत्मगौरव गर्न लायक नागरिक बन्नका लागी स्वाभिमानका मूलतः ८ स आयामहरु स्वविवेकी, स्वावलम्वी, स्वतन्त्र, सहयोगी, सहनशील, समालोचक, संघर्षशील र साहसी हुन । स्वाभिमानका  यि ८ स सूचकमा पहिला आफैलाई मापन नगरी अरुको स्वाभिमान बारे मूल्याङ्कन गर्ने अधिकार कसैलाई पनि छैन । आफै भित्रको स्वाभिमानलाई जगाउन र बचाउन सक्ने हो भने हरेक ब्यक्ति, परिवार, समाज र राष्ट्रको बिकास तथा सम्बृद्धिका लागी बर्षौं समय गुजार्नुपर्ने हुनेछैन । अरुको आलोचना या प्रसंसा गर्नमै समय खेर फाल्ने तर आफुचाँही कस्तो बन्ने भन्नेतिर ध्यान नदिने प्रबृत्तिले हामी, हाम्रो समाज र राष्ट्रलाई पछाडि पारिरहेको छ । कसैबाट सित्तैमा लिन पाउदा आनन्दको अनुभूति गर्ने र कसैलाई सित्तैमा दिनुपर्दा सर्वश्व गुमेको जस्तै ठान्ने मगन्ते मानसिकताको रोगले हाम्रो समाजलाई ग्रस्त बनाएको छ । 

स्वाभिमानले कसैबाट सित्तैमा लिने र दिने कुरामा भन्दा पनि आवश्यकता अनुसार सहयोग आदान–प्रदान गर्ने कुरामा बढी जोड दिन्छ । एउटा हातले सहयोग मागेपछि अर्को हातले सहयोग दिन सक्नुपर्छ भन्ने मान्यता नै स्वाभिमानको मूल बिशेषता हो । दिनेको हात जहिले पनि माथि हुन्छ र माग्नेको हात तल हुन्छ । तसर्थ माग्नेले दिन पनि सक्यो भने मात्र हैसियत बराबर हुन्छ र त्यहाँ सहअस्तित्व कायम हुन्छ । यहाँनेर म अरुलाई बदल्ने ठेकेदार बन्नु भन्दा पनि पहिला आफैलाई बदल्ने इमान्दार स्वाभिमानी नागरिक बन्न सके मात्र समाज परिवर्तनमा धेरै योगदान गर्न सकिन्छ भन्ने मान्यतालाई स्थापित गर्न जरुरी छ । सत्ता, शक्तिको अहंकारले ग्रस्त भएका अभिमानी र शक्तिको पुजारी बनेर चाकडीमै भविश्य देख्ने स्वामीमानी दास मनोवृत्तिलाई ठुलो धक्का दिएर स्वाभिमानी नागरिक बन्ने र बनाउने अभियानलाई अगाडि बढाउन तथा अभियानको सहयोगी बन्न सक्छौं कि सक्दैनौं ? यस आलेखको क्रममा पाँचौं तर अति महत्वपूर्ण बिषय यहि हो । यिनै पाँच यक्ष प्रश्नमाथि एकपटक निधार खुम्च्याएर सोचौं र बिचार–बिमर्श गर्दै सार्थक निष्कर्षमा पुगेर ऐतिहासिक एवं युगान्तकारी भूमिका खेल्न सकौं भन्ने शभेच्छा सहित मिडियाका साथिहरुसंग गरिने छलफल बहसको बिषयलाई यहि बिट मार्न चाहन्छु । हवस त ।  धन्यवाद ! 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here