Home मुख्य समाचार प्रशासनले छट्के गर्दा कुन कार्यालयमा के देखियो ?

प्रशासनले छट्के गर्दा कुन कार्यालयमा के देखियो ?

424
0

आहा सञ्चार संबाददाता
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले रुकुम पश्चिमका केहि सरकारी कार्यालयहरुमा छट्के अनुगमन गरेको छ । अनुगमनका क्रममा सरकारी कर्मचारीहरु कार्यालय आउने, नआउने र पोशाक लगाउने नलगाउनेमा पनि मनपरी देखिएको छ । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याले ५ वटा सरकारी कार्यालयमा गरिएको अनुगमनमा अधिकांस कार्यालयहरुमा कर्मचारीहरुको कमजोरी देखिएको बताए ।

‘जसमा कर्मचारीहरु कार्यालयनै नआउने, आएपनि ढिलो गरि आउने र पोशाक नलगाउने ठुलो समस्या देखियो’ प्रजिअ पौड्याले भने, ‘उनीहरुलाई ३ दिने स्पष्टिकरण सोधिएको छ र चित्त नबुझे बिभागिय कारबाहीका लागि पत्राचार हुन्छ ।’ जिल्लाको जिल्ला अस्पताल सल्ले, जिल्ला स्वास्थ्य कार्यालय, समशितोष्ण तरकारी बिउ उत्पादन केन्द्र, नापी कार्यालय र मालपोत कार्यालयमा छट्के अनुगमन गरिएको थियो । आगामी दिनहरुमा अनुगमनलाई थप बिस्तार र प्रभावकारी तरिकाले लैजाने प्रजिअ पौड्यालको भनाई रहेको छ । जिल्ला अस्पताल सल्लेमा सबै प्रकारका गरि ५३ जना कर्मचरी मध्य १५ जना कर्मचारीहरु अनुपस्थित तथा हाजिरी दुरुस्त नभएको पाईएको छ । उनीहरु सबैलाई स्पष्टिकरण सोधिएको छ । कार्यालयमा रहेका ६ जना कर्मचारीहरुले कार्यालयमा समयमा तोकिएको पोशाक नलाएर आएको पाईएको छ । स्वास्थ्य कार्यालय सल्लेमा १३ जना कर्मचरी मध्य तिन जनाले तोकिएको पोशाक नलाएको र हाजिरी विरण दुरुस्त नभएका २ जना कर्मचारीहरुलाई स्पष्टिकरण सोधिएको बताईएको छ ।

तर समशितोष्ण तरकारी चाँपामा १ जना कर्मचारी काजमा रहेको र अन्य सबै कार्यालयमा हाँजिर र तोकिएको पोशाक लगाएको पाईएको हो । त्यस्तै नापी कार्यालयमा १० जना कर्मचारी मध्य १ जनाको हाँजिरी नभएको र एक जनाले करार सम्झौता नै नगरि हाजिरी गरिरहेको पाईएको छ भने मालपोत कार्यालयमा ढिलो गरि ३ जना कर्मचारी कार्यालयमा उपस्थित रहेको छ । सेवाग्राहिहरुको भिडभाड हुने उक्त कार्यालयमा सेवाग्राहि साहयताको लागि नागरिक बडापत्र र उजुरी पेटिका नराखिएको र लेखापढी ब्यवसायहरु आफै सरकारी कर्मचारी सरह कामकाज गरिरहेको पाईएको प्रजिअ पौड्याले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here