Home मुख्य समाचार सुत्केरीलाई रगतदान गरेर स्वास्थ्यकर्मीले बचाए ज्यान

सुत्केरीलाई रगतदान गरेर स्वास्थ्यकर्मीले बचाए ज्यान

176
0

सन्देश जैसी
रगत अभाब भएर छटपटाई रहेकी एक सुत्केसीलाई स्वास्थ्यकर्मीहरुले रगतदान गरेर ज्यान बचाएका छन । रुकुम पश्चिममा रहेको चौरजहारी अस्पतालमा सुत्केसी हुन आएकी जाजरकोट भेरी नगरपालिका ४ शान्तिचौतारा बस्ने बर्ष ३६ कि देबि खड्काको प्रसुती पछि रक्तस्राव भएर ज्यान जोखिममा भएपछि स्वास्थ्यकर्मीहरुले रगतदान गरेका हुन ।
जिल्ला ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरु पनि रगतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत एचए शिव लामिछाने र कर्मचारी दिनेश बिस्टले ए पोजिटिभ रगत दान गरेका हुन । यसअघि पनि जटिल र सुत्केसी समस्याको बेला रगतको अभाब हुने बिरामीहरुलाई अस्पतालका कर्मचारी तथा सुरक्षा निकायका ब्यक्तिहरुले रगत दान गरेर बिरामीहरुको ज्यान बचाउदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here