Home आहा बिचार नाराज: ह्याँती गर्ने कुरा

नाराज: ह्याँती गर्ने कुरा

263
0

एमएल ओली
जइलै पनि तमाँइका बराँङ उठाइकिन सुक्कसित दिनबार गुर्जान दिन्न पापीस्टले । कइलै कठ्याउच, कइलै टक्स्याउच, कइलै डुबाउच, कइलै बगाउच र कइलै ता तोप्पेल्च । चेताउने मात्रै काँ हो र ? मार्ने, बिपत्ता बनाउने र अखज्जा सिमेत पार्रेल्च । यस्ता अस्सत्तिसित दोरी खेल्नु भन्दा एख्लै लोरी गाउँनु कइयौं खन्ना जात्ति । रात्ती सुताई दिन चुठाई हुन्न ग्यारै । ह्याँनु, यस्तो बिपत्ति देख्नुसुन्नुभन्दा डिब्बी नपरेता पन्तै गोप्यामाँट ताउलीखोप्या पार्न पात्ता अन्न्वारपन्न्वार लुकाइकिन कल्लाई क्यार्न क्यापत्ता गन्निदो र ? त्यो पाप्पीस्ट ता लाक्च–लाक्च सक्यात आफ्नै भनाउदा अरू पनि लाक्कन सुक्कमन तमाँइको गास्सै निल्न पाइन्न ग्यारै । चाप पर्दारी “खेरी खाउँको बास केई छैइन भण्डार्नु, केले थाम्ने सास ?” यै धर्मी टुक्काले सुर्तवृत टार्दिन्च र मात्रै । नै तो भन्या हुक्रिदै डुक्रिन पठाल्नेथ्यो भन्चौं ।
मान्सा ज्यानलाई कइकत्तै गयापन्तै सुक्क सुविस्ता छैन । कोई ट्याम्मा हो र हुक्किमर्नु त्यो चुन्नै छार्रेल्च । त्यामाँट्ट अनेक विदिवाच्चा र उट्पट्याङ गर्नै पठाल्च र प तो । भजन गाउने तमाँइका सन्यासी भ्याउतादेखि ब्रहमाचारी कुक्रौंं व्यास्या ग¥या मात्रै पर्ने गरे । कइलै हो र क्याङ चर्च ? दुन्यिा घर्नु पसिकिन आसन गर्दै रासन सिमेत तोप्पेल्नुपर्ने । माँजा अच्मए नि, अलिकन दयामया आपनि क्यार्दो तो ? हुन ता एकहिस्सापले जार्दो नग¥यास्तो पनि लाक्च । त्यख्खो हर्ने बाटो थुन्ने, छेक्ने, चाप्ने, मिच्नेहरूलाई क्यारोस्तो ? त्यल्ले नियानिसाप माङ्ने, उजुरबाज्जुर गर्नेस्तो ठावई नाई । तेई भइकिन तमाँइका लाट्टा झोक उठाइकिन भन्नु हुन्च । भलबगाई, पैरोलराई, घरबार पुरी, असिनो बर्साई, आँदी हाली, हिउतुसारो छारी, चिर्को बजङ्ङो हानी, भुइचालो मच्चाई गर्ने नगर्ने उल्वाङ गर्रेल्च क्यारै । यसका रिस, राग र बराङ नाम्रा छैन हेर्नोई । तेइभइकिन सप्पैले त्यसको रिसौं करक मार्ने उपाँया खोज्जेल्नुपर्छ होई ? नै तो भन्या उइता हो नि ? आप्फैजान्ने भन्याउ मान्नेस्ता, ठुल्ठाली, धनीमानी, गुनीबैगुनी कल्ट्याले बग्रैदेखि सग्रैसम्मौं विर्ताले अघाँन्न क्यारै । ह्वाँमच्ची बराठ त्यल्ले पनि नउठाइकिन क्यारोई । हँुइन्तो ? यैइबेला कोइलाई र्वाकल्ली, कोइलाई रामरमित्या, खती भोक्नेलाई आहत, नभोक्नेलाई राहत तमाँइका बिचौल्यालाई ता झन क्यार्न भन्ने हो र ?
“काक् कराउदै गर्च पिना सुक्तै जान्च” भन्दाइनी प्रकृतिलाई खिज्याउ हुन्न भन्ने चेत्नाकोई कसैको आँन्न क्यारै । उल्टै कोतर्न, चिथोतर्न, जल्लाउन, कल्लाउन, गल्लाउन र ढल्लाउन पल्किनेहरुवा किल्लिले गर्दारी लाट्टासोज्जा, र दुखी दर्दीयौं उठीबास र र्वाकल्ली गराँउच । रिस उड्दारी डरभर, दयामाया, मोमोलाकाच, लाचसरम, गन्तिमन्ती ला प भन्नु ? एक मेस्सैमाँट्ट रह्ग्रग्गाट पार्नेलाई कल्ले क्यार्ने ? तेल्लाई ता न अक्त्यारले छाम्मोई, न प्रशासनले पक्रोई न ता न्यायलैले निस्साप छिन्नोई । सित्तिमित्ति नाउने आपच्ची बितन्नै मच्चाउने भन्चौं । यख्खो ताकत पन्तै थोरातिनौं होच्च र ? बराङै ता हुन, मुल्का रछ्याँन्नु वषैंसम्मन थुप्¥ियाउ फुरमैला एक्कै घर्रीया ख्वाल्लै लैन्च ग्यारै । यस्तासित जोरी खोज्नु बुद्धि भवल्लिया तमाँइका ठूलामान्सौं अन्नेरी हो । तेख्खा बराङले मास्सेल्च बरु मान्सा बराङले तर्रा लाल्च । उइछारी, माथ्लो घरौं चल्लोले तल्लो घरौं बारी गोर्दारी सिमेत मुद्धामाम्ला चल्जान्चन । भोक्का चरामुस्साले ज्यान पाल्दारी पास्सो, मुस्सरी, घप्र्याँसो थाप्पेल्ने । बाउबाज्याउ पुर्खेउली अंशबण्डा गर्दारी दाइभाइहरूले कचरी जोर्रेल्ने । “मुर्खी देखी दैब डरा” भन्दाइनी तेल्लाई हो र तमाँइको जिउधन, घरबारी, श्रीसम्पत्ति, आँन्नपात, लुगालत्ता जति लइया पनि छुट्टै छ । दोखीलाई कारबाई होला र निर्दोखीले न्याय निस्साप पाल्ला भन्ने कुर्रै नाई । बरु उल्टै सद्याहरूलाई जिउज्यान जोगाउन सारोगारो भन्चौं ।
त्यल्लाई ता न निमकान्मुन लाग्गोई न ता तमाँइको गालीगलौज र लागुभागु लागोई । कइबेला बराङ उठाँउच बितन्डा मच्चाई, हल्लीखल्ली र रुवाबासी बनाई छा¥याउच । “लोकलाई शोकमय बनाउने पाप्पी, अप्रादी, असत्ती ता भइयो । मान्सलाई यस्तोरी पापहत्या क्यार्न गराउँच ? तेख्खो हाम्ले खान्नुनखान्नु क्या खा थियौं ? गर्नु नगर्नु क्या ग¥या थियौं ? को हो त्यो पापीस्ट ? हाम्लाई यस्तो गराइकिन त्यल्ले क्या पाउँदो हँ ?” पइरोभित्र तोप्पिकिन बिपत्ता भयाले दुख्खेसो पोख्दारी “हाहाहा” अठ्ठास्या खित्का छार्दै प्रकृतिले सम्जाउच ः “बैइराले कान खोल्दै र अन्दाले आँखा उघार्दै सुन मन्न्वा, म चान्इजो प्राकृतिक प्रकोप हुँ । मलाई चाइन्जो कोइले नखिज्याउनु र रिस पनि नउठाउनु । म चाइन्जो विभिन्न रुपमा देखिन्छु भुइचालो, बाडीपैरो, चिर्कोबजङ्ङो, असिना, हिउँतुसारो र आँदीहुरीयौं रुप्मा । खिज्याउ मक्न कत्ति मन पर्दैन रिस मात्रै उठ्च । अइचेल्ला मन्न्वाले बाङ्ङोबाङ्ङो र टेर्रोटेर्रो मात्रै गर्चन । मेरो व्यवास्ता गर्दै काल्ना कँदेल्लाँनु डर्रामर्ना ठाउँनु घरबार बनाल्चन् । कुल्साँग्रो काट्ने, पानी तर्काउने जाब्बो स्यानो कुरा पनि चालपाउँदैन । यत्ति मात्रै भया क्या मान्दाउ र ? ह्याँ, जानमान र ठूलाबड्डाहरूले सिमेत अथल्लास्तो व्यवार गर्चन । कुरै गर्न पनि लाज्जौंमर्नु भन्चौं । पानी बग्ने नदीखोल्ला, ढलभलबग्ने खोल्लाखाल्सी, गारी गुर्ने बाट्नु सिमेत बङ्ङाला ठ¥र्याल्चन । नचाइने भाउँटा, आफ्नो घप्¥याँसो आफ्फै थाप्ने त्याँमाँट सार्रा दोखभरी अर्का पोल्ठानु फाल्न पाइन्न ।” यो सुन्दारी “हुन पनि हो दैव्य” बाइक अरु क्यार्न सकिन्च र ?
“त्यो भया योमाँट्ट जोग्गिने उपाँया केई छैन तो प्रकोपज्यू ?” बिपत्तावालाले प्रश्न्न तेस्र्याउचन । “हाहाहा छ मन्न्वा छ, चाइन्जो, योमाँट्ट बाँच्ने र जोग्गिने उपाँया धेरै छन् । चाइन्जो नदी, खोलानालाहरूलाई स्वतन्त्र ढङ्ङले बग्न दिने, प्रकृतिलाई नखिज्याँउने, अक¥या र बिक्क¥या ठाउँनु घरबार नहाल्ने, नाङ्ङा भिरपाख्खानु विरुवा रोप्ने, कुलो तर्काउने र तटबन्द गर्नुपर्च । नत्र पिठ्ठो पिस्तारी घुन पिस्सिने, मकार्दारी मौरी किच्चिने, साँ¥र्याराङ्ङा जुद्दारी पार्राबाच्छा मिच्चिने यो ता निम्मै छ । ह्याँ दोख्खी उम्क्यान्चन् । बिचारा निर्दोखीहरू शिक्कार हुँदारी मक्न पनि दुःख्ख ता लाक्च तर… ?” गभरी आँस्सु झार्दै प्रकोले सम्जाउँच । यस्तो कामलाक्ने कुरो नाम्राहरूले बुज्ने भइद्या सद्या हुन्थ्यो भन्चौं । त्यो माँज्जो गराचारी प्रकोप लबाक्याले पनि नेपाल र नेपालीलाई पिरोल्च । “उप्पाँ फट्क्यान्चन जौंराउ काल” भन्दाइनी तमाँइका जाक्ता बच्जान्चन । तेख्खो चाँर्रै चट्कापट्कै जाला र ? गरिब, दुखी र निर्दाहरूलाई र्वाउच । ह्याँती गर्ने कुरो, तमाँइको दैवी प्रकोप र बिपत नाराजिदारी धेरै नाँस्न लाइयो । यल्लाई टार्न कोइकसैले सक्तैन हेन्नोई । बरु तम्मीहाम्मीले बग्रनु र सग्रनु कोच्चिने कइरम छार्रेलौं, जङ्गीयौं करक मार्रेलौं, सप्पैजना जगचेत गर्दै, होस्यार हुँदै, चनाँख्खो बन्जाऔं । प्रकोप पीडितलाई उदारो राहत बार्रेलौं । नक्ती उद्धार गर्रेलौं । कस्ट्याहरूऔं ज्यान चाँर्रै निख्खो होस् भन्ने काम्ना पनि गर्रेलौं । त्याँमाँट्ट नाराजिने कस्का बाउका ताकत ?
समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here