Home मुख्य समाचार आठविसकोट नगरप्रहरी थपिएपछि झन चोरी बढ्यो !

आठविसकोट नगरप्रहरी थपिएपछि झन चोरी बढ्यो !

270
0


आहा सञ्चार संबाददाता
रुकुम पश्चिमको आठविसकोट राडीबजारमा चोरी तथा लुटपाटको समस्या जटिल बन्दै गएको छ । सदरमुकाम पछि आठविसकोट नगरपालिका मात्रै त्यस्तो स्थानीय तह हो, जहाँ जनपद प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ । तर यहि नगरपालिकामा महिनौँ पिच्छे चोरी तथा लुटपाटका घटना हुने गरेका छन ।
गएराती मात्रै दुई वटा मोबाइल पसलामा चोरी भएको छ । वडा नम्बर ११ सिमबजारको पुल छेउको चोकमै रहेका दुई वटा मोबाइल तथा इलेक्ट्रोनिक्स पसलमा चोरी भएको हो ।
दुई वटा पसल बाट करिव डेढ लाख बराबरको सामान चोरी भएको इलाका प्रहरी कार्यालय आठविसकोटका नायब प्रहरी निरिक्षक सन्तोश खनालले जानकारी दिए । प्रहरीकाअनुसार बसन्त इलेक्ट्रनिक्स र भिमराज इलेक्ट्रोनिक्समा चोरी भएको हो । बसन्त इलेक्ट्रोनिक्सबाट विभिन्न कम्पनीका ७ वटा मोबाइलन फोनहरु लगाएत अन्य इलेक्नट्रोनिक्स सामानहरु चोरी भएका छन । यस्तै चार वटा घडी, जब्रा ओरजीनल, ब्युटुथ र राइनो एक÷एक वटा, १० वटा एरफोन, ३ वटा पेनड्राइभ सहित ४ हजार नगत पनि चोरी भएको पसलका प्रोप्राइटर सुनिल कुमार रसाइलीले बताए ।
यस्तै अर्काे भिम इलेक्ट्रोनिक्स पसल बाट दुई वटा सामसुङ मोबाइल, एक÷एक वटा भिभो र जिवनी सहित अन्य इलेक्ट्रोनिक्स सामानहरु चोरी भएको बताइएको छ ।
यति सानो क्षेत्रमा जनपद, सशस्त्र र नगर प्रहरी परिचालन गरिएपनि उनिहरुले प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै नागरिकहरु आक्रोसित भएका छन । रातीको समयमा गस्ती नगरी प्रहरी सुतेकाले चोरहरुले बाटो पाएको नागरिक गुणासो छ ।
यता, इलाका प्रहरी कार्यालय आठविसकोटका निमित्त प्रमुख नायब प्रहरी निरिक्षक खनालले प्रहरीले आफ्नो काम गरिहेको भन्दै कुन बेला चोरले पसलमा चोरी गर्छ भन्ने पत्ता लाग्न नसकेको बताए । घटना बारे अनुसन्धान भैरहेको उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here