Home आहा बिचार सवैको असार

सवैको असार

330
0

शिवराम खत्री
नेपाली वि.स. को तेस्रो महिना असार, जव नयाँ वर्ष सँगै वैशाख सुरु हुन्छ सवैलाई प्रगाढ धुपको आवास जेठ लाग्यो त झनैं सवैलाई तताउने र अताउने अचुक गर्मी फेरी सवैको प्रतिक्षित भउको ह्ुन्छ असार । अघिल्लो वर्षको फाल्गुण चैत्र महिनामा नर्सरीमा घुटुघु पानी चाखी रहेका विरुवाका वेर्नाहरु पनि आफ्नो ठाउँसारेको लागि दिन गन्दै असार नै पर्खी रहेका हुन्छन् । सुख्खा खडेरी दोहनमा परी कच्पल्चीलो भई छिपेका मुहानहरु पनि असार लागेपछि भक्कानीर्दै निस्कउला भनी असार तिरै आसातित भैरहेका हुन्छन् । सुक्न लागेका रुखहरु पल्लवान्तित भई उधम गरौला, सारा पाखा पखेरा थर्काउला भन्ने खहरे खोलाहरु, सुख्खा वगर र खाट वनाइएका फेदीहरुलाई वढारर्दै हुत्याउने नदीहरु यी अनेक अनेक प्रकृतिका प्राकृतिक विविधताको पखाईमा रहेको असार । हाम्रो परम्परा सोच र प्रवृतिले असारलाई अति नै मानस पटलमा राख्दछ ।

कसैलाई आफ्नो कर्म सँगै काम गर्नलाई भ्याइ नभ्याई छ , त्यस मध्येका किसानहरुलाई असार लाग्यो भने त खेतिपातीको लागि उठी, बसी हात पाखुरा चलाउनु पर्ने, सिंचाई,मल, वीउ, कृषि औजारका लागि आफ्नो मन मष्तिस्क लगाउनु पर्ने तरु पनि किसानलाई असार आउनु र पठाउनलाई कुनै डर, धम्की, त्रास, चिन्ता र भए छैन । आफ्नो कर्ममा अडिक छ । कुनै पनि साहेवहरुलाई पर्खनु पर्ने विन्ती गर्नुपर्ने छैन ।सक्कली किसान, अनुदान विनाको किसान, राज्यको ढुकुटीको सुक्का दामको आसा अभिलाषा नवोकेको किसानलाई आफ्नो जीवनको दौरानमा सँगै आउने सक्कली असारमा रमाउदाको आनन्द अकै छ । नत कुने दिन वेरुजुको डर, नत सायवहरुलाई के पस्कौं भन्ने चिन्ता सक्कली किसानलाई सक्कलै असार छ । किसानलाई असार आयो त गयो के को पीर जो सधैं भरी माटो सँग पौठे जोरी खेलीरहेको किसानलाइृ असार गयो साउन पनि त आफ्ना लागि असारै हो । के को आराम के को विश्राम गर्ने आफ्नो अविरल गन्तव्य को कमृ छर्दै छ । तर नक्कली किसान,व्यमौसमी किसान, अनुदानमुखि किसानलाई अकै चटारो छ । अनुगमनका नाममा जाने साहेवहरुलाई फूलमाला अविर ग्रहण, भ्याट र पान विल कटाउन, दाहिने देव्रे हातका औलाहरु सेता कागजमा सकी नसकी थेच्न, विल भरपाइका दस्ताहर मिलाउन हतारै हतार छ ।

सडक तिरको पनि कुरा गरौं, एक वर्षका तिन सय पंसी दिनमा तिस दिनमै सडक तयार त्यो पनि असार मै सम्पन्न डोजर र मानछेले गरेको काम छुटे्याउन हत्त न पत्त हिसाव राख्न नै व्यस्त भै यो असार पनि पोहर साल जस्तै । असारको महत्व र यसलाई अपनत्व ग्रहन गर्ने आफ्नै परिपाटी छ । सवैले असारलाई मेरो भन्न कोही पछाडी छैन । व्यपारी, व्यवसायी हरुलाई करको हिसाव किताव मिलाउन, सरकारलाई बजेट सकाउन, उपभोक्ता समितिलाई सम्वन्धीत निकाएमा धाउन फकाउनमा वेफुर्सद, सरकारी विद्यालयपनि असार मै वन्द जंगल जलको विनाश गर्दै खनेको पोहर सालको सडक पनि असार म वन्द, चौमासीक पारिश्रमीक वुझ्ने शिक्षकहरुका लागि त असारम खाता नै वन्द । यस्तै यस्तै प्रकारका रुपवाट आ आफ्नै तवर तरिकाबाट असार चलाउने र चलिरहेको छ । अहिले असारको अन्तीम चरणमा छ । हरेक वर्ष आउने कमाउने धन्दा बादलाई त प्रोत्साहित नै छ, तर कमाएर खानेहरुका लागि अभिसाप छ ।

सम्भावित जोखिमले पनि यो असारर महिनालाई पनि पर्खेकै हुन्छ । बाढी पहिरो चट्याङ, डुवान, महामारी को लागि असारे मनसुन वर्ष सँगै सवैको ध्यान असारमै छ । संकटासंन्नता को जोखिम मोल्र्दै बसेका जनताहरुको जीवीका चलाउने कठीन पूर्ण भउको यो असार । गाउँमा गयो, शहर वजारमा गयो, जता हे¥यो जहाँ हे¥यो सवैतिर असारले वाकी राखेको छैन । सवैको ध्यान यस महिनामै छ । यो असारलाई यति धेरै सान, महत्व त छ नै यसले दिने सन्देश असार बाट उपलव्ध हुने जनताको प्रतिफल राज्य संचालनका दाताहरु जनता प्रतिको जिम्मेदार, वफादार आफ्नो सतचरित्रता पनि उत्तिकै महत्व हुने हुदा त्यसको उपलव्धीमा ध्यानाकर्षण भएको हेर्न बाँकी नै छ । जनताले गरेको अपेक्षा असारे विकासले कत्तिको विकास गर्दछ । यस तर्फ एउटा हेक्का राख्न जरुरी छ । यो साल वसाली आउने असार आउदैनथ्यो भने कमाएर खाने र कमाएको खाने हरुको विचको भिन्नता प्रष्ट हुन्थ्यो होला । तसर्थः यो असारलाई सँधै परम्परा वाध्ने परिपाटिको अन्तको आवश्यकता छ । यसको मुल परिवर्तनको आवश्यकता छ । अर्को वर्ष आउने असार गतिशिल वनोस उर्जाशिल वनोस सक्कली असार वनोस । जय असार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here