Home मुख्य समाचार मोराबाङ पूर्णसरसफाइ उन्मुख टोल घोषणा

मोराबाङ पूर्णसरसफाइ उन्मुख टोल घोषणा

478
0

जयमान बुढा मगर
रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर ३ मा पर्ने सीमा र मोराबाङ पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको छ । यो घोषणा जिल्लामा पहिलो पटक हो । नेपाल सरकारले लिएको पूर्ण सरसफाइ मार्गदर्शन अनुसार खानेपानी सरसफाइ तथा स्वच्छता रणनैतिक योजना कार्य अनुसार सरसफाइ युक्त नमूना टोल निर्माण गर्नमा सात वटा सुचक कार्यन्वयनमा रहेकोले उक्त टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो । साढे तीन वर्ष देखि उक्त दुई टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्नुको निम्ति सुआहारा कार्यक्रमको प्राविधिक सहयोग, रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको आयोजना रहेकोमा भूमे गाउँपालिकाको आर्थिक सहयोग र स्वच्छ सरसफाइ टोल विकास संस्था मोराबाङ हरियाली सरसफाइ टोल विकास संस्था सीमाको व्यवस्थानमा यी दुई टोललाई पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गरिएको हो ।

पूर्ण सरसफाइ उन्मुख टोल घोषणा गर्नुका लागि विभिन्न सात सुचक पूरा गर्नु पर्ने सुआहारा कार्यक्रमका जिल्ला संयोजक जगदिसराम लोहारले बताए । जसअनुसार सीमा र मोराबाङ टोलले त्यी सुचकलाई पूरा गरेका हुन् । पूरा गर्नु पर्ने सात सुचक भन्नाले, चर्पी गुणस्तर तथा प्रयोग भएको, जोखिमपूर्ण समयमा साबुन पानीले हात धुने अभ्यास भएको, महिनावारी सरसफाइमा व्यवस्थापन गरेको त्यसैगरी हात धुने स्थानको व्यवस्थापन गरेको, खानेपानीको सुरक्षाका लागि फिल्टरको प्रयोग गरेको, खानाको स्वच्ता एवं सुरक्षामा ध्यान दिएको र घर तथा आगंनको सरसफाइ भएको यी सुचकका आधारमा कार्य पूरा गरेपछि पूर्ण सरसफाइ युक्त टोल घोषणा योग्य भएको मापदण्डका अनुसार गरिने छ ।

पूर्ण सरसफाइ युक्त टोल घोषणाको लागि पालिकाले गुरुयोजना तयार बनाएर नै अगाडि काम बढाइ राखेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले भनाइ राखे । ‘सफा र हरियाली ः समृद्ध भूमे’ पालिकाको मुल नारा अनुसार पूर्ण सरसफाइ युक्त टोल निर्माणका लागि सबै क्षेत्रबाट योजना बढ भएर पालिकाले काम गरिराखेको छ’ अध्यक्ष बुढाले भने, ‘वस्ती निर्माण गर्दा आफ्ना मौलिकतामा आधारितमा रही वस्ती बनाउनु पर्दछ किनभने कम खर्च लाग्नुका साथै स्थानीय ढुङ्गा माटोलाई प्रयोग हुने छ भने एकातिर पर्यटक समेत आकर्षण हुने छन् ।’ मूल उद्देश्य भनेको स्थानीय स्रोत साधनलाई प्रयोगमा लिएर समृद्ध भूमे निर्माणमा सफल बनाउने उनले बताए ।

सीमा टोलमा १ सय ४० घरधुरी र मोराबाङ टोलमा ८६ घरधुरी गरी जम्मा २ सय २६ घरधुरी रहेको छ । यसपछि सोही वडाकै झुम्लाबाङ र क्याङ्सी टोललाई घोषणा गर्ने तयारी रहेको बताइएको छ । शहिद शुक्र माध्यमिक विद्यालय सीमाको प्रांगणमा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष दिलमान रोकाको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर, विशेष अतिथि उपाध्यक्ष मनकुमारी बुढा (विष्ट) रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपाली लगायतको आथित्यता रहेको थियो । विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधि स्थानीय तथा वडा नम्बर ३ का विद्यार्थीको उपस्थिति रहेकोमा सञ्चालन वडा नम्बर ३ का प्रशासन तथा लेखा सहायक ओमप्रकाश बिकले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here