Input your search keywords and press Enter.

राप्ती समाज अस्पतालद्धारा बिद्यालयमा स्वास्थ्य शिबिर

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम मुसिकोट नगरपालिका २, अवस्थित पशुपति माध्यामिक बिद्यालयमा स्वास्थ्य शिबिर आयोजना गरिएको छ । राप्ती समाज स्वास्थ्य सहकारी सस्था बाट संचालित राप्ती समाज अस्पतालको प्राविधिक सहयोगमा १ दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । जसमा बिद्यार्थी, शिक्षक र अभिभावकहरुले स्वास्थ्य चेक जाँच गराएका थिए । शिबिरमा १ सय ७ जनाको स्वास्थ्य परिक्षण तथा उपचार जाच गरिएको थियो भने ५३ जना विधार्थीहरुको रगत समुह समेत छुट्याईएको अस्पतालमा प्रबन्धक गणेश गौतमले जानकारी दिए । सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यका साथ बिद्यालयमा शिबिरको आयेजना गरिएको बतार्ईएको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *