प्रचण्ड खत्री
रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाको एक गाउँमा बर्सैपछि सिचाइ सुबिधा पुगेको छ । गाउपालिको वडा नम्बर ७ दुलिङ्गा गाउँमा स्थानीयले पहिलो पटक सिचाइ सुबिधा पुगेको हो । स्थानीयको माग अनुसार नेपाल जलबायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा गाउँमा सिचाइ सुबिधा पुगेको हो । गाउँ भन्दा छ सय मिटर टाढा हरेको खोला बाट गाउँमा सिचाइ पुर्याईएको सिचाइ निर्माण समितिका अध्यक्ष कर्णबहादुर अधिकारीले जानकमारी दिए । सिचाइ कुलो निर्माणका लागि नेपाल जलबायु परिबर्तन सहयोग कार्यक्रमले नौ लाख सहयोग गरेको कार्यक्रम सयोजक भक्त भण्डारी जानकारी दिए । उक्त सिचाइ निर्माण भएपछि त्यहाँका करिब ७० रोपनी भन्दा बढी क्षेत्रफलमा सिचाइ सुबिधा पुगेको हो ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto